कर कार्यालय खोटाङमा एक वर्षमा १७ करोड बढी राजस्व संकलन
खोटाङ, साउन १२ । करदाता सेवा कार्यालय खोटाङले एक वर्षमा १७ करोड बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा कार्यालयले १७ करोड ८८ लाख ४८ हजार ५ सय ५ रुपैयाँ २५ पैसा राजस्व संकलन गरेको हो ।
कार्यालय प्रमुख कर अधिकृत भिमसेन दाहालका अनुसार गत आर्थीक वर्षमा उक्त राजस्व संकलन भएको हो । आय कर, मूल्य अभिवृद्धि कर र अन्त शुल्क गरी तीन शीर्षकमा राजस्व संकलन हुने गरेको उहाँले बताउनुभयो । गत आर्थिक वर्षमा कार्यालयले १६ करोड ७५ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न कार्यालय सफल भएको उहाँले बताउनुभयो ।
२ हजार १ सय ८ नयाँ करदाता थपिए
करदाता सेवा कार्यालय खोटाङमा एक वर्षमा २ हजार १ सय ८ नयाँ करदाता थपिएका छन् । व्यक्तिगत पानमा १ हजार ३ सय ३२, मूल्य अभिवृद्धि करमा २९, आय करमा ६ सय ७८, सरकारी निकाय तथा सार्वजनिक संघ संस्था ४७ र अन्त शुल्क तर्फ २२ नयाँ क...









