Saturday, April 25News That Matters

समाचार

कांग्रेस खोटाङ : संगठन विस्तारमा तीव्रता दिदै, टोल कार्य समितिको समेत कार्यालय

कांग्रेस खोटाङ : संगठन विस्तारमा तीव्रता दिदै, टोल कार्य समितिको समेत कार्यालय

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, माघ १४ । नेपाली कांग्रेस खोटाङले संगठन निर्माण तीव्र पारेको छ । ७ औँ जिल्ला अधिवेशनपछि पार्टीले संगठन निर्माणको अभियानमा सक्रियता बढाएको हो । जिल्ला कार्य समितिको पहिलो बैठकबाट जिल्लाका ७९ वटै वडामा टोल समिति गठन गर्ने, सबै तहका समितिलाई पूर्णता दिने, भातृ तथा शुभेच्छुक संघ÷संस्थाहरूलाई पूर्ण रूपमा परिचालन गर्दै गतिशील बनाउने अभियानमा नेपाली पार्टी लागि परेको पार्टीले जनाएको छ । सोही अभियान अन्तर्गत टोल कार्य समिति गठनपछि आज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.–७ , दोर्पा चिउरीडाँडा अन्तर्गत तलेघर टोल कार्य समितिको टोल नं. १ को कार्यालय उद्घाटन गरिएको छ । कार्यालयको नेपाली कांग्रेस खोटाङका उपसभापति तीर्थराज भट्टराईले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि भट्टराईले अब हुने केन्द्र, प्रदेश र स्थानीय तहको ३ वटै निर्वाचनमा कांग्रेसको जित सुनिश...
ऐँसेलुखर्क वडा कार्यालय र एक विद्यालयमा तोडफोड

ऐँसेलुखर्क वडा कार्यालय र एक विद्यालयमा तोडफोड

Banner News 2, ताजा अपडेट, समाचार, समाज
खोटाङ, माघ १४ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकामा वडा कार्यालय र विद्यालयको ताला तोडफोड भएको छ । ३ नं. वडा कार्यालय ऐँसेलुखर्क र सोही वडाको भस्मे सिरानटोलस्थित त्रिभुवन माध्यमिक विद्यालयको ताला तोडफोड भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । गए राति अज्ञात समूहले वडा कार्यालय र विद्यालयको ताला तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभयो । वडा कार्यालयको घेराबाराको तालाचाबी, अध्यक्षको कार्यकक्ष, वडा सचिवको कोठा र सभाहलको चाबी तोडिएको छ । ढोका फोडेर भित्र प्रवेश गरेर कार्यालयभित्रका सबै घर्रा खोलेको पाइएको वडाध्यक्ष राजेशकुमार राजभण्डारीले बताउनुभयो । उहाँका अनुसार वडा कार्यालयको भौतिक सामानहरु भने सुरक्षित छन । वडा कार्यालयले अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय ऐँसेलुखर्कमा उजुरी दिएको छ । यस्तै विद्यालयको मूल ढोका र तीन वटा द...
खोटाङमा आज ३४ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या २ सय नाघ्यो

खोटाङमा आज ३४ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या २ सय नाघ्यो

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ १३ । खोटाङमा आज एकै दिन ३४ जना कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमित थपिएका छन । जिल्लाको बिभिन्न ठाउँमा ७५ जनाकाको एन्टिजेन परिक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय नाघेको छ । आज ८ जना कोरोना संक्रमण मुक्त भएर ३४ नयाँ संक्रमित थपिदा सक्रिय संक्रमिको संख्या २ सय ४ पुगेको छ । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेकाले उनिहरु सबै होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यलयका प्रमुख पुण्यप्रसाद सिक्देलले बताउनुभयो ।...
खोटाङ : अलैँची उत्पादनमा २५ प्रतिशतले गिरावट, मूल्य भने वृद्धि

खोटाङ : अलैँची उत्पादनमा २५ प्रतिशतले गिरावट, मूल्य भने वृद्धि

Banner News 3, अर्थ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ १३ । खोटाङमा अलैँची उत्पादनमा गिरावट आएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष जिल्लामा २५.२१ प्रतिशतले अलैँची उत्पादनमा गिरावट आएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । जिल्लामा अघिल्लो वर्ष ७८७.३६ मेट्रिकटन अलैँची उत्पादन भएको थियो । यो वर्ष १९८.५२ ले घटेर ५८८.८४ मेट्रिकटन उत्पादन भएको ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख हरिनारायण राईले जानकारी दिनुभयो । अलैँची फूल खेल्ने समयमा लगातार वर्षासँगै असिना पानी पर्दा उत्पादन घटेको कृषकको भनाइ छ । अलैँची उत्पादनमा गिरावट आएपनि अघिल्लो वर्षको तुलनामा यो वर्ष मूल्य वृद्धि हुँदा केही राहत मिलेको केपिलासगढी गाउँपालिका १ फेदीका अलैँची कृषक मनकुमार तामाङले बताउनुभयो । कृषक तामाङले भन्नुभयो, “चैत वैशाखको समयमा अलैँची फुल्छ, उचाइ अनुसार भदौदेखि कात्तिक महिनाभित्रमा अलैँची फल टिप्नुपर्ने हुन्छ । यो वर्ष फूल खेलेको समयमा असिना पानी परेर ...
१० बर्षमा खोटाङको जनसंख्या ३० हजारले घट्यो

१० बर्षमा खोटाङको जनसंख्या ३० हजारले घट्यो

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ १२ । खोटाङको जनसंख्या घटेको छ । केन्द्रीय तथ्यांक विभागको राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक विवरणले जिल्लाको जनसंख्या घटेको देखाएको हो । विभागका अनुसार २०६८ को जनणनामा २ लाख ६ हजार ३ सय १२ जनसंख्या रहेको थियो । २०७८ को गणना अनुसार जिल्लामा जनसंख्या १ लाख ७५ हजार ३ सय ४० रहेको छ । विभागको तथ्यांक अनुसार पछिल्लो १० वर्षमा जिल्लामा ३० हजार ९ सय ७२ जनसंख्या घटेको देखिन्छ । जिल्लाको जनसंख्या वृद्धिद्धर ऋणामत्क रहेको विभागले जनाएको छ । जसअनुसार जिल्लाको जनसंख्या वृद्धिद्धर माइनस १ दशमलव ५६ (–१.५६) प्रतिशत रेहको छ । विभागले खोटाङसहित देशका ५ जिल्लाको जनसंख्या वृद्धिद्धर ऋणात्मक रहेको विवरण सार्वजनिक गरेको छ । जसमा क्रमशः सबैभन्दा धेरै रामेछापको माइनस १.६५, खोटाङको माइनस १.५६, मनाङ र भोजपुरको समान माइनस १.३२ र तेह्रथुमको माइनस १.२६ प्रतिशत जनसंख्या वृद्धिदर ऋणात्मक रहेको विभागको प्र...
माओवादी केन्द्र खोटाङको अध्यक्षमा पाण्डे र सचिवमा राई

माओवादी केन्द्र खोटाङको अध्यक्षमा पाण्डे र सचिवमा राई

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, माघ ११ । नेकपा माओवादी केन्द्र खोटाङको जिल्ला समन्वय समितिको अध्यक्षमा दिपक पाण्डे (आकाश) चयन हुनुभएको छ । आज बसेको प्रदेश नम्बर एक समितिको बैठकले उहाँलाई अध्यक्षको जिम्मेवारी दिएको हो । यस्तै सचिवको जिम्मेवारी जीवन राई (संगिन) ले पाउनु भएको रावाबेसी गाउँपालिका माओवादी केन्द्र समिति सचिव उदिम चाम्लिङले जानकारी दिनुभयो । यसअघि जिल्ला अध्यक्षमा पृक्ष्वी किराती रहनु भएको थियो । उहाँ प्रदेश उपाध्यक्ष चुनिएपछि पाण्डेलाई खोटाङ जिल्ला अध्यक्षको जिम्मेवारी पार्टीले प्रदान गरेको हो । जिल्ला समन्वय समितिको अन्य सदस्यमा को–को रहने भन्ने यकिन भइसकेको छैन । यस्तै जिल्लाको सबै पालिकाको इञ्चार्ज र सह–इञ्चार्ज पनि भोली सम्ममा बैठकले तोकि सक्ने चाम्लिङले बताउनु भयो ।...
दुर्छिम मा.वि.को व्यवस्थापन समिति सदस्यमा दमाई र राई विजयी

दुर्छिम मा.वि.को व्यवस्थापन समिति सदस्यमा दमाई र राई विजयी

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ १० । दुर्छिम माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन भएको छ । सर्वसम्मत हुन नसकेपछि आज निर्वाचन मार्फत नयाँ समिति गठन भएको हो । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम स्थीत सो विद्यालयका नयाँ समितिका लागि १ सय ८३ जना अभिभावकले मदतान गरेका थिए । जसमा ११ मत बदर भएको विद्यालयले जनाएको छ । दुई जना सदस्यको लागि ३ जना चुनावी मैदानमा उत्रिएका थिए । जसमा रामबहादुर दमाई ९८ र दीपबहादुर राई ९६ मतका साथ विजयी हुँदा रोमबहादुर राई ८६ मत प्राप्त गरेर पराजित हुुनुभएको छ । एक जना महिला सदस्यमा भने चन्द्रकला राउत निर्विरोध निर्वाचित हुनुभएको छ । नगरपालिकाको शिक्षा ऐन अनुसार विद्यालयको व्यवस्थापन समितिमा ९ जना रहने व्यवस्था छ । जसमा ३ जना सदस्य अभिभावकले चुन्ने, चार जना सदस्य नगरपालिका प्रमुख र वडाध्यक्षले मनोनय गर्नेछन् भने एक जना शिक्षक प्रतिनिधि र समितिको सदस्य सचिवको रुपमा स्वयं विद्यालयका...
खोटाङमा कोरोनाका सक्रिय संक्रमितको सङ्ख्या एक सय नाघ्यो

खोटाङमा कोरोनाका सक्रिय संक्रमितको सङ्ख्या एक सय नाघ्यो

Banner News 1, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ १० । खोटाङमा कोरोनाका भाइरस (कोभिड–१९) का सक्रिय संक्रमितको सङ्ख्या एक सय नाघेको छ । जिल्लामा हिजो ९४ जना सक्रिय संक्रमित थिए । आज १९ जना नयाँ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको सङ्ख्या १ सय १३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । आज जिल्लाका बिभिन्न ठाउँमा ६७ जनाको एन्टिजेन परिक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो । नमुना परिक्षण गरिएको मध्ये २८.३९ प्रतिशतमा कोरोना देखिएको छ । जिल्लाका हाल सम्म ३ हजार १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण १५ जनाको ज्यान गएको छ भने ३ हजार ४४ जनाले कोरोना परास्त गरेका छन ।...
खोटाङमा अहिलेसम्म ४८ प्रतिशत घरमा मात्र केन्द्रीय विद्युत, सबैमा पुग्न ३ वर्ष लाग्ने

खोटाङमा अहिलेसम्म ४८ प्रतिशत घरमा मात्र केन्द्रीय विद्युत, सबैमा पुग्न ३ वर्ष लाग्ने

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ ९ । खोटाङमा हालसम्म ४८ दशमलव ७३ प्रतिशत घरधुरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत पुगेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार जिल्लामा ४२ हजार ६ सय ६४ घरधुरी रहेका छन् । जसमध्ये माघ ८ गतेसम्मको तथ्याङ्क अनुसार २० हजार ७ सय ८९ घरधुरीमा केन्दी्रय प्रसारण लाइनको विद्युत पुगेको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ । दुई नगरपालिका र आठ गाउँपालिका गरी जिल्लामा दश स्थानीय तह रहेका छन् । दशै वटा स्थानीय तहका कार्यालयमा केन्दी्रय प्रसारण लाइनको विद्युत पुगिसकेको छ भने कतिपय वडा कार्यालयमा अहिलेसम्म विद्युत पुगेको छैन । जिल्लाको रावाबेसी गाउँपालिकामा सबैभन्दा धेरै घरधुरीमा विद्युत विस्तार भएको छ । गाउँपालिकाको वडा नम्बर ३ लामीडाँडाका केही घरधुरीमा मात्र विद्युत विस्तार हुन बाँकी रहेको कार्यालयका प्रमुख विजयराज रेग्मीले जानकारी दिनुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाक...
खोटाङमा एकैदिन ३५ जनामा कोरोना  संक्रमण पुष्टि

खोटाङमा एकैदिन ३५ जनामा कोरोना संक्रमण पुष्टि

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ ९ । खोटाङमा कोरोना भाइरसको संक्रमण उच्च दरमा वृद्धि हुन थालेको छ । जिल्लामा आज एकैदिन ३५ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानमा गरिएको ८३ जनाको एन्टिजेन परीक्षणमा ३५ जनको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । आज थपिएकासहित जिल्लामा हालसम्म कोरोना पुष्टि हुुनेको संख्या ३१ सय ५६ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म १५ जनाको ज्यान गएको छ भने ३ हजार ४४ जना निको भएका छन् । जिल्लामा आज मात्रै ३ जना कोरोनामुक्त भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ९४ रहेको छ । यस्तै जिल्लमा अहिलेसम्म १ लाख १२ हजार ८ जनाले पहिलो र ६६ हजार ६ सय १२ जना पूर्ण मात्रा खोप लगाएका स्वास्थ्य कार्यालयले जनाएको छ ।...