जिल्ला प्रशासनद्वारा सशस्त्र द्वन्द्वमा घाइते तथा अपांगता भएकाहरूको निवेदन माग
खोटाङ, पुस २१ । जिल्ला प्रशासन कार्यालय खोटाङले सशस्त्र द्वन्द्व र माओवादी जनआन्दोलनको क्रममा घाइते तथा अपांगता भएका व्यक्तिहरूको निवेदन माग गरेको छ । गृह मन्त्रालयको परिपत्रबमोजिम कार्यालयले घाइते तथा अपांगता प्रतिशत र श्रेणी निर्धारणका लागि निवेदन माग गरेको हो ।
द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत संकलन कार्यदलको प्रतिवेदनमा नाम समावेश भएका तर हालसम्म घाइते तथा अपांगता प्रतिशत निर्धारण नभएका र साविकको घाइते तथा अपांगताको अवस्थामा हेरफेर भएका व्यक्तिले निवदेन दिन सक्ने कार्यालयले जनाएको छ । आजको मितिले तीन महिनाभित्र त्यस्ता व्यक्तिहरूले निवदेन दिन सक्ने घाइते तथा अपांगता निर्धारण एवं पुनरावलकोन सिफारिस समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिनुभयो ।
सरकारद्वारा गठित कार्यदलको प्रतिवेदनमा उल्लेख भएको घाइते तथा अपांगता प्रतिशत र श्रेणीको आधारमा ...









