Friday, April 24News That Matters

समाचार

विपन्न र दीर्घरोगीको साहारा बन्दै जनप्रतिनिधि

विपन्न र दीर्घरोगीको साहारा बन्दै जनप्रतिनिधि

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ मंसिर ९ : जिल्लाको बराहपोखरी गाउँपालिका–३ साउनेचौरका जनप्रतिनिधि विपन्न र दीर्घरोगीको साहारा बनेका छन । उनिहरुले वडा कार्यलयबाट बजेट बिनियोजन गरेर वडा भित्रका विपन्न परिवार र दीर्घरोगीको निशुल्क स्वास्थ्य बिमा गरिदिएका छन । आर्थीक बर्ष २०७६\७७ बाट सुरु भएको उक्त कार्यक्रमबाट अहिलेसम्म वडा भित्रका ६७ जना विपन्न परिवार र दीर्घरोगीको निशुल्क स्वास्थ्य बिमा गरिएको वडाध्यक्ष शम्भु निरौलाले जानकारी दिनुभयो । यस्तै वडा क्षेत्रमा कार्यरत १५ जना स्वयंसेविकाको पनि वडा कार्यालयले ५० प्रतिशत रकम बेहोरेर स्वास्थ्य बीमा गराएको उहाँको भनाई छ । वडाध्यक्ष निरौलाले भन्नु भयो, “२०७४ सालमा सम्पन्न स्थानीय तहको चुनावबाट वडाको नेतृत्व गर्न नागरिकले हामीलाई जिताएर पठाए, त्यसबेला हामीले जितेका मात्र थिएनौँ कि हाम्रो काधमा ठुलो जिम्मेवारी पनि आएको थियो” । सोहि अनुसार वडाको बिभिन्न क्षेत्रमा निरन्तर विकास ग...
कांग्रेस खोटाङ अधिवेशन रोचक मोडमा, सभापतिमा बिष्णु र सर्वधन भिड्दै

कांग्रेस खोटाङ अधिवेशन रोचक मोडमा, सभापतिमा बिष्णु र सर्वधन भिड्दै

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ मंसिर ६ : नेपाली कांग्रेसको १४ औ माहाधिवेशन अन्तरगत खोटाङ जिल्लाको अधिवेश सुरु भएको छ । वडा, पालिका र प्रदेश सभा अधिवेशन सम्पन्न पश्चात सदरमुकाम दिक्तेलमा आजबाट जिल्ला अधिवेशन सुरु भएको हो । यस अघि जिल्ला सभापतिमा चार जना आकंक्षी देखिएपनि अन्तीममा दुई समुह भएर चुनावी मैदानमा जाने भएका छन । आज भएको उम्मेद्वार मनोनयन दर्ता अनुसार दुई समुह चुनावी मैदानमा जाने पक्का भएको हो । यद्यपी उम्मेद्वारको अन्तीम नामवली भने सार्वजनिक हुन बाकी छ । मनोनय दर्ता अनुसार जिल्ला सभापतिको लागि पुर्व पार्टी सभापति एवं महासमिति सदस्य बिष्णु कुमार राई र पुर्व राज्यमन्त्री सर्वधन राई बिच प्रतिस्पर्दा हुने पक्का भएको हो । यस अधि महासमिति सदस्य रवि प्रकाश राई र महाधिवेशन प्रतिनिधि एवं दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेपनि अन्तीममा पुर्व राज्यमन्त्री राईसँ...
मलेसीया जेलमा रहेका राईलाई नेपाल फर्काउन सहयोगको अपिल

मलेसीया जेलमा रहेका राईलाई नेपाल फर्काउन सहयोगको अपिल

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ मंसिर ५ : मलेसीयाको एक जेलमा रहेका खोटाङका पुर्ण बहादुर राईलाई नेपाल फर्काउन सहयोगको अपिल गरिएको छ । जिल्लाको केपीलासगढी गाउँपालिका ७ सुङदेलका राई बिगत चार बर्ष अघि बैदेसिक रोजगारीको शिलसिलामा मलेसीया पुग्नु भएको हो । मलेसीयाको एक सेकुरेटी कम्पनीमा काम गर्दै आउनु भएका राईको मानसिक सन्तुलन मन्द भएपछि करीब ३ महिना अघि देखि सुंगोगाई ब्लु जेलमा रहनु भएको पारीवारिक श्रोतले बताएको छ । परिवारको आर्थीक अवस्था न्युन रहेको कारण मलेसीया जेलमा रहनु भएका पुर्ण बहादुरलाई नेपाल फर्काउन परिवारले अनुरोध गरेको छ । राईको परिवारमा श्रीमती सहित एक छोरा र एक छोरी रहेका छन । सहयोग गर्न चाहानेले राईकी श्रीमती ममता राईलाई लाई ९७४२४२५७७१ मा सम्पर्क गर्न सकिने छ । ...
खोटाङका एक व्यक्ति उदयपुरमा मृत फेला

खोटाङका एक व्यक्ति उदयपुरमा मृत फेला

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक ५ : खोटाङका एक व्यक्ति उदयपुरमा मृत फेला परेका छन । जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई हराइरहेको ६ दिन पछि मृत फेला परेका हुन । मादक पदार्थ अत्याधिक सेवन गरी केहि समय अगाडि लडेर अनुहार र टाउकोको भित्री भागमा गम्भीर चोटका कारण राईको मानसिक सन्तुलन गुमेको थियो । जिल्ला अस्पताल उदयपुरमा उपचार गराएर घर ल्याउदै गर्दा राती पिसाव फेर्न जाने भन्दै गाडीबाट ओर्लिएका राई उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत कार्तिक २९ गतेदेखि सम्पर्क विहिन बनेका थिए । सम्पर्क बिहिन बनेका राईलाई आफन्तले लगातार ५ दिन खोजि गर्दा पनि फेला पार्न नसकेर घर फर्किएका थिए । बेपत्ता बनेका राईलाई शनिबार हुरहुरे भन्ने ठाउँमा स्थानीयले घाँस काट्न जादा देखेपछि सोहि ठाउँका जनप्रतिनिधि र मृतकका आफन्त मिलेर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको दिप्र...
खोटाङमा महसुल नतिर्ने १३ ग्राहकको विद्युत काटियो

खोटाङमा महसुल नतिर्ने १३ ग्राहकको विद्युत काटियो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मंसिर ३ : खोटाङमा लामो समय विद्युत महसुुल नतिर्ने १३ ग्राहकको विद्युत लाइन काटिएको छ । विद्युत महसुल तिर्न बारम्बार ताकेता गर्दा पनि अटेर गरेपछि १३ ग्राहकको विद्युत लाइन काटिएको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख विजयराज रेग्मीका अनुसार खोटाङमा चार सय बढी उपभोक्ताले पाँच महिनासम्म विद्युत महसुल तिरेका छैनन् । मिटर रिडिङ भएको बढीमा ६० दिनभित्र महसुल बुझाउनुपर्ने भए पनि ती उपभोक्ताले हालसम्म महसुुल नबुझाएको उहाँको भनाइ छ । जिल्लामा चार सय १३ उपभोक्ताले पाँच हजार बढी बक्यौता र पाँच महिनाभन्दा बढी समय नाघिसक्दा पनि महसुल नतिरेका हुन् । ती उपभोक्ताबाट ६० लाख बढी बक्यौता उठ्न बाँकी छ । महसुल नतिर्नेमा सामुदायियक विद्युत संस्था, औद्योगिक ग्राहकहरू, स्थानीय वडा कार्यालयहरू, स्वास्थ्य चौकिहरू, विद्यालय र सर्वसाधारण ग्राहक रहेका केन्द्रले जनाएको ...
इलाका प्रहरी कार्यलय हलेसीद्धारा एक साता भित्र हजार बढी गाँजाका बोट नष्ट

इलाका प्रहरी कार्यलय हलेसीद्धारा एक साता भित्र हजार बढी गाँजाका बोट नष्ट

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ : इलाका प्रहरी कार्यलय हलेसी तुवाचुङले लागु औषध (गाँजा) फडानी कार्यलाई तिव्रता दिएको छ । गाँजा फडानी कार्यलाई तिव्रता दिने क्रममा आज (बिहिबार) हलेसी तुवाचुङ नगरपालिका ७ ऐसेलुखर्क स्थीत खेतबारीमा उम्रिएका गाँजाका बोटहरु फडानी गरिएको कार्यलयले जनाएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रमोद कार्कीको कमाण्डमा खटिएको ९ जनाको प्रहरी टोलीले बिहान ११ बजे उक्त गाउँका ३ रोपनी जग्गा क्षेत्रफलमा उम्रीएका करीब ५०० गाँजाका बोटहरु फडानी गरेको हो । फडानी गरिएका गाँजाका बोटहरु सोहि स्थानमा जलाएर नष्ट गरिएको कार्यलयले जनाएको छ । सामाजिक अपराधलाई निस्तेज पार्न, लागू औषध गाँजा कारोबार रोकथाम र अपराध नियन्त्रण गर्न गाँजा फडानी कार्यलाई तिव्रता दिएको कार्यालय प्रमुख प्रहरी निरीक्षक कार्कीले बताउनु भयो । प्रमुख टोलीको कमाण्डमा खटिएको प्रहरी टोलीले कार्तिक २६ गते पनि हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिम...
मुख्यमन्त्री राईलाई विश्वासको मत, पक्षमा पर्‍यो ५०

मुख्यमन्त्री राईलाई विश्वासको मत, पक्षमा पर्‍यो ५०

ताजा अपडेट, राजनीति, समाचार
मंसिर १ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई विश्वासको मत प्राप्त भएको छ। बुधबारको प्रदेशसभा बैठकमा भएको मतदानमा राईको पक्षमा ५०  मत प्राप्त भएको हो।   त्यस्तै उनको विपक्षमा २९ मत परेको छ। त्यस्तै दुवै पक्षमा मत दिन्नँ अर्थात् तटस्थमा शून्य मत परेको थियो। मतदानमा ७९ सदस्यहरू सहभागी भएका थिए। कात्तिक ३० गते मंगलबार नै विश्वासको मत लिने कार्यसूची रहेको भए पनि नेपाल बन्दको कारण देखाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरू अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो। ९२ सदस्यीय प्रदेशसभामा एमालेका  ४१ सांसद छन्। जसमध्ये १ जना सभामुख छन् भने एकजना फरार छन्। त्यस्तै कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका तीन र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाका एकजना सांसद छन्।...
खोटाङ : कार्तिक महिनामा ट्राफिक नियम विपरीत सवारी चलाउने झण्डै दोब्बरले बढे

खोटाङ : कार्तिक महिनामा ट्राफिक नियम विपरीत सवारी चलाउने झण्डै दोब्बरले बढे

ताजा अपडेट, समाचार, समाज, स्थानीय
३० कात्तिक, खोटाङ । खोटाङमा पछिल्लो एक महिनामा ट्राफिक नियम विपरीत सवारी साधन चलाउनेको संख्या झण्डै दोब्बरले बढेको छ । जिल्लामा कात्तिक महिनामा मात्रै ट्राफिक नियम उल्लंघन गरी चलाइएका ९ सय ५ वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले जनाएको छ । ती सवारी साधन कारबाहाीबाट ६ लाख ५३ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दिलबहादुर खत्रीले जानकारी दिनुभयो । अघिल्लो महिना असोजमा ५ सय ५० सवारी कारबाहीबाट ४ लाख ७० हजार राजश्व उठेको थियो । यो महिनामा नेपालीहरूको दोस्रो ठूलो चाड तिहार परेको र सो समयमा सवारी आवागमन बढेकाले कारबाहीको संख्या पनि बढेको खत्रीको भनाइ छ । उहाँका अनुसार जिल्लामा यो महिना सबैभन्दा बढी कार–जीप–भ्यान कारबाहीमा परेका छन् । कात्तिक महिनामा मात्र ३ सय ७४ वटा कार–जीप–भ्यान कारबाहीमा परेका हुन् । यस्तै मोटरसाइकल ३ सय ५६, ट्रक ८६, ट्या...
कांग्रेस खोटाङको सभापतिमा चार जनाको भिडन्त, दोस्रोे चुनावको संभावना

कांग्रेस खोटाङको सभापतिमा चार जनाको भिडन्त, दोस्रोे चुनावको संभावना

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ कार्तिक ३० : नेपाली कांग्रेस खोटाङ जिल्ला सभापतिमा चार जनाको भिडन्त हुने देखिएको छ । नेपाली कांग्रेस खोटाङको जिल्ला नेतृत्व गर्न चार जनाले सभापतिमा उम्मेद्वारी दिएसँगै जिल्ला अधिवेशनमा चार जनाको भिडन्त हुने पक्का जस्तै भएको छ । नेपाली कांग्रेस खोटाङको अधिवेशन मंसिर ६ गते हुँदैछ । अधिवेशन आफ्नो पक्षमा पार्नको लागी यतिबेला कांग्रेसका नेता कार्यकर्ता गाउँगाउँमा पुगेका छन । सातौँ जिल्ला अधिवेशनमा जिल्ला तहको नेतृत्वका लागि कांग्रेस पूर्व जिल्ला सभापति एवं महासमिति सदस्य विष्णुकुमार राईको समूह नै घोषणा भएको छ । राईको समूहबाट उपसभापतिमा इवन राई र तीर्थराज भट्टराई, सचिवमा ज्ञानेन्द्र जोशी र समीर राई उम्मेद्वार रहनुभएको छ । यस्तै सह–सचिवमा सार्जन राई र शालिकराम बञ्जारालाई उम्मेद्वार बनाइएको छ । यस्तै, पुर्व राज्यमन्त्री सर्वधन राईले जिल्ला सभापतिमा आफ्नो उम्मेद्वा...
खोटाङमा बन्दको प्रभाव : काठमाण्डौको लागि छुटेनन् बस, पसलहरु फाट्टफुट्ट खुले

खोटाङमा बन्दको प्रभाव : काठमाण्डौको लागि छुटेनन् बस, पसलहरु फाट्टफुट्ट खुले

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक ३० : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले बन्दको आह्वान गरेको हो । नेपाल बन्दको काठमाडौं उपत्यकामा आंशिक प्रभाव देखिएको छ । बन्दका कारण उपत्यकामा सार्वजनिक सवारीसाधन कम चलेका छन । यता खोटाङमा पनि बन्दको प्रभाव परेको छ । जिल्लाबाट राजधानी काठमाण्डौ लगाएत तराईका लागी छुट्ने बस बन्दको कारण आज नछुटेको जिल्ला ट्राफिक इन्चार्ज दिल बहादुर खत्रीले जानकारी दिनुभयो । यद्यपी बाहिरबाट आएका रात्रीबसहरु भने जिल्ला प्रवेश गरेका छन । बाहिरबाट प्रवेश गरेका सवारी साधनहरुलाई गन्तव्य सम्म पु¥याउने काम भईरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । सदरमुकाम दिक्तेल र हलेसी बजारका पसलहरु फट्टफुट्ट खुलेका छन । जिल्लामा बन्दकर्ताहरुको सहभागीता नदेखिएपनि सडकह...