विद्यालय बन्द गरेर सरस्वती माविका शिक्षकहरु शैक्षिक भ्रमणमा
खोटाङ, कात्तिक १९ । खोटाङको जिल्ला सदरमुकामसमेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयका शिक्षकहरु शैक्षिक भ्रमणमा निस्किएका छन् । विद्यालय नै बन्द गरेर विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीसहित शिक्षकहरु शैक्षिक भ्रमणमा निस्किएका हुन् ।
एक साताका लागि कात्तिक १७ गतेबाट समाविको टोली भ्रमणमा निस्किएको बताइएको छ । शिक्षकहरु भ्रमणमा निस्किएपछि विद्यालयमा पठनपाठन प्रभावित भएको छ । नमुना विद्यालयको कार्यक्रम अन्तरगत शिक्षकहरु भ्रमणमा गएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका शिक्षा शाखा प्रमुख तीर्थ विश्वकर्माले बताउनुभयो । ‘उहाँहरु नमुना विद्यालयको कार्यक्रम अन्तरगत भ्रमणमा गएको भन्ने जानकारी नगरपालिकामा आएको छ ।’ उहाँले भन्नुभयो, ‘काम विशेषले केही दिन म पनि बाहिर थिएँ, त्यसैले कहिलेसम्म र कहाँ गएको भन्ने मलाई जानकारी छैन् ।’
हप...








