नेता बन्न चाहनेले पत्रकारिता छोडौँ– काउन्सिल अध्यक्ष बस्नेत
खोटाङ, पुस २९ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राजनीतिक दलको नेता बन्न चाहनेले पत्रकारिता छोड्नुपर्ने बताउनुभएको छ । बिहिबार दिक्तेल भवनगैह्रास्थित थ्री ब्रदर्श होटलको सभाहलमा भएको ‘पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाइ’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष बस्नेतले यस्तो बताउनुभएको हो ।
काउन्सिलको आयोजना र नेपाल पत्रकार महासंघ खोटाङ शाखाको संयोजनमा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै बस्नेतले पत्रकारिता आफैँमा स्वतन्त्र क्षेत्र भएकाले यसमा राजनीतिलाई प्रवेश दिन नहुने बताउनुभयो । राजीनितिमा लागेका व्यक्ति पत्रकारितामा रहँदा यसको गरिमा र विश्वसनीयतामा ह्रास आउने उहाँको भनाइ छ ।
पत्रकार जनताको प्रतिनिधि र विश्वासपात्र भएकाले यसमाथि प्रश्न उठ्ने ठाउँ बनाउन दिन नहुने बस्नेतले बताउनुभयो । पत्रकारले लेखेको समाचारका आधारमा समाजमा आम ...









