Tuesday, July 28News That Matters

ताजा अपडेट

पाठेघरको समस्या भएका २३ महिलाको अप्रेसन, एक वर्षसम्म जाने अन्यको पनि निःशूल्क हुने सम्झौता

पाठेघरको समस्या भएका २३ महिलाको अप्रेसन, एक वर्षसम्म जाने अन्यको पनि निःशूल्क हुने सम्झौता

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर ७ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्रका पाठेघरको समस्या भएका २३ जना महिलाहरुको निःशूल्क अप्रेसन भएको छ । नगरपालिकाले काभ्रेस्थित सीरमेमोरीयल अस्पतालमा लगेर निःशूल्क अप्रेसन गराएको हो । मङ्सिर २ गते र ५ गते दुई चरणमा बस रिजर्भ गरेर महिलाहरुलाई नगरपालिकाले अस्पताल पु¥याएको थियो । नगरपालिकाले व्यवस्थापन गरेको बसमार्फत पाठेघरको समस्या भएका ३७ जना महिलाहरु अस्पताल पुगेका थिए । उनिहरु मध्ये २३ जनाको अप्रेसन भएको छ । १७ जनाको अप्रेसन सम्पन्न भएर फर्किसकेका छन् । ६ जनाको धमाधम भइरहेको मेयर तीर्थराज भट्टराईले जानकारी दिनुभयो । अस्पताल पुगेका अन्य १४ जना महिलाहरुको थेरापिमार्फत उपचार गरिएको छ । केही महिलाहरुको अप्रेसन गर्नु पर्ने देखिएपनि अन्य फोक्सो, मुटु, प्रेसर लगायतको रोगका कारण हुन नसकेको अस्पतालले जनाएको छ । सामुदायिक सेवा प्रतिष्ठान नेपालसँगको समन्वयमा नगरपालिका...
बराहपोखरीमा आज सांस्कृतिक महोत्सव, गाउँपालिकाद्धारा २ दिन सार्वजनिक विदा

बराहपोखरीमा आज सांस्कृतिक महोत्सव, गाउँपालिकाद्धारा २ दिन सार्वजनिक विदा

Banner News 1, ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर ६ । खोटाङको धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीमा बुधबार सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ । हरिबोधनी एकादशीमा भब्य मेला लाग्दै आएको बराहपोखरीमा एकादशीको अघिल्लो दिन महोत्सवको आयोजना गरिएको हो । बुधबार हुने सांस्कृतिक महोत्सव र बिहिबार एकादशीको दिन लाग्ने मेलालाई मध्यनजर गरेर बराहपोखरी गाउँपालिकाले २ दिनको सार्वजनिक बिदासमेत दिएको छ । कात्तिक २० गते बसेको कार्यापालिका बैठकको निर्णय अनुसार मङ्सिर ६ र ७ गते सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ । रातो माछाले प्रसिद्ध बराहपोखरीको दर्शन गरे र पोखरीको पानीले नुहाए शरिरका रोगब्याधी निको हुने र चिताएको कुरा पुरा हुने जनविश्वास छ । पोखरीमा हरिबोधनी एकादशीको दिन भब्य मेला लाग्दै आएको छ । यस वर्ष पोखरीको प्रचारका लागि एकादशीको अघिल्लो दिन सांस्कृतिक महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष शालिकराम बन्जराले बताउनुभयो । महोत...
उपचार गर्न नसकेर थलिएका लफ्याङका जयकृष्णलाई नगरले लग्यो अस्पताल

उपचार गर्न नसकेर थलिएका लफ्याङका जयकृष्णलाई नगरले लग्यो अस्पताल

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर ४ । रुखबाट लडेर थला परेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ५६ वर्षीय जयकृष्ण राईलाई नगरपालिकाले उपचारका लागि अस्पताल लगेको छ । घाँस झार्ने क्रममा रुखबाट लडेर बायाँ खुट्टाको गेडी भाँचिएका राईलाई उपचारका लागि नगरपालिकाले एम्बूलेन्समा हालेर ट्रमा सेन्टर काठमाडौं लगेको हो । गत कात्तिक ७ गते डाले घाँस झार्ने क्रममा रुखबाट लडेर खुट्टाको गेडी टुक्रिएका कारण संक्रमण भएर तिघ्राको मासु कुहिएर गन्हाउन थालेपछि राईलाई कात्तिक १३ गते जिल्ला अस्पतालमा लगिएको थियो । तर जिल्ला अस्पतालले तत्काल अन्यत्र लैजान भनेपछि उनलाई सोही दिन दिक्तेलको फेमिली केयर अस्पतालमा पु¥याइएको थियो । फेमिली केयरमा एक्स–रे गरेपछि राईको गेडी भाँचिएको पूष्टि भएको थियो । फेमिली केयरका सञ्चालक डा. कृष्णकुमार राई (केके)का अनुसार घाइतेको हिपज्वइन्टमा फ्याक्चर्ड नेक अफ फेमर भएको छ । उपचार गर्नेक्रममा ग...
बाक्सिलामा एक घर जलेर नष्टहुँदा १५ लाख बराबरको क्षति, भाग्ने क्रममा लडेर एक जना घाइते

बाक्सिलामा एक घर जलेर नष्टहुँदा १५ लाख बराबरको क्षति, भाग्ने क्रममा लडेर एक जना घाइते

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मंसिर ४ । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । घरमा पालिएको ब्रोइलर कुखुराको चल्लालाई तातो दिन बालिएको कोईला र विजुलीको रातो चिमबाट आगो सल्किएर आइतबार राती किशोर दुमी राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । आइतबार राती करीब ११ः४५ बाट सुरु भएको आगो इलाका प्रहरी कार्यालय बाक्सिलाका प्रहरी र स्थानीयले राती २ बजे नियन्त्रणमा लिएका थिए । चल्लालाई तातो दिन राखिएको कोईला र विजुलीको रातो चिमबाट आगो सल्किएर ३ तले घर जलेर नष्टहुँदा करीब रु १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङ सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले बताउनुभयो । आगलागीबाट ३ तले घरसँगै घर भित्र राखिएको २ तोेला सुन, ४ तोला चाँदि, ब्रोइलर कुखुराको चल्ला, अन्नपात, भाँडावर्तन, लत्ताकपडा लगायत जलेर पूर्णरुपमा नष्ट भएको छ । घरमा आगलागी भएपछ...
दिक्तेलस्थित हाडडाँडा हाट अब बिहान ७ बजेबाट सुरु हुने

दिक्तेलस्थित हाडडाँडा हाट अब बिहान ७ बजेबाट सुरु हुने

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मंसिर २ । खोटाङको जिल्ला सदरमुकामसमेत रहेको प्रमुख व्यापारिक केन्द्र दिक्तेलमा लाग्दै आएको हाटको समय परिवर्तन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित हाटडाँडामा हरेक बुधबार र शनिबार लाग्दै आएको हाटको समय परिवर्तन गरिएको हो । हाटडाँडामा बिहान ३ बजे सुरु भएर करीब ७ बजे बजार उठ्ने गरेको छ । अब बिहान ७ बजेबाट बजार लाग्न सुरु हुने गरी समय परिवर्तन गरिएको बताइएको छ । बिहान ३ बजे बजार सुरुहुँदा टाढाका किसानहरु कृषि उपज लिएर अघिल्लै दिन एवं राती नै हिड्नु पर्ने बाध्यता छ । कृषि उपज खरिद बिक्री गर्न भइरहेको कठिनतालाई मध्यनजर गरेर बजार लाग्ने समय परिवर्तन गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । नगरपालिका, जिल्ला प्रशासन, उद्योग वाणिज्य संघ लगायतको समझदारीमा बजार लाग्ने समय परिवर्तन भएसँगै आगामी बुधबारबाट बिहान ७ बजेदेखि बजार सुरु हुने छ । बजार लाग्ने समय परिवर्...
निःशूल्क अप्रेसनका लागि पाठेघरको समस्या भएका बिरामीलाई शनिबार बनेपा लगिने

निःशूल्क अप्रेसनका लागि पाठेघरको समस्या भएका बिरामीलाई शनिबार बनेपा लगिने

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मंसिर १ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाठेघर खस्ने समस्या भएका महिलाहरुको निःशूल्क अप्रेसनका लागि शनिबार काभ्रे लाने भएको छ । काभ्रेस्थित श्रीमेमोरीयल अस्पताल बनेपामा लगेर पाठेघर खस्ने समस्या भएका महिलाहरुको निःशूल्क अप्रेसन तथा स्वास्थ्य परिक्षण गरिने नगरपालिकाले जनाएको छ । मंसिर २ गते शनिबार पहिलो पटकमा १७ जना बिरामी र उनिहरुको कुरुवा गरी ३४ जनाको टोली नगरपालिकाले रिजर्भ गरेको बसमा काभ्रे प्रस्थान गर्ने छन् । उपचारको लागि बिरामी लिएर नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर विसन राईसहितको टोली काभ्रे जाने नगरपालिकाका जनस्वास्थ्य निरिक्षक खेमराज आचार्यले बताउनुभयो । बिरामीको एक जना कुरुवासहित बिरामी अस्पतालसम्म जान आउन, खान बस्नसँगै उपचारमा कुनै शूल्क लाग्ने छैन् । यो वर्ष पाठेघरको समस्या भएका करीब ६० जना बिरामीको निःशूल्क अप्रेसन गर्ने तयारी नगरपालिकाको छ । तर ...
टेम्मामा आयोजित भलिबलको उपाधि पुरुषतर्फ राजापानी र महिलातर्फ टेम्माले जिते

टेम्मामा आयोजित भलिबलको उपाधि पुरुषतर्फ राजापानी र महिलातर्फ टेम्माले जिते

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, कात्तिक २६ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मामा आयोजित साबिकको खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र महिलातर्फ दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा गोपिले जितेको छ । टेम्मास्थित धिप्लुङ झर्ना न्यु स्टार युवा संस्थाले आयोजना गरेको भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिसँगै राजापानीले नगद रु ३० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । पुरुषतर्फ दोस्रो र तेस्रो हुने दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँको खुमुम्बु र सोही गाउँपालिकाको वडा नम्बर ७ टेम्मास्थित गोपिलेले क्रमस नगद रु २० हजार र रु १० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक संस्थाका अध्यक्ष विविचन राईले बताए । महिलातर्फ प्रथम भएको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा गोपिले नगद रु ७ हजार ७७७ को साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो र...
बास्पानीमा आयोजित वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि नेर्पालाई, सुङ्देल दोस्रो

बास्पानीमा आयोजित वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि नेर्पालाई, सुङ्देल दोस्रो

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, कात्तिक २५ । खोटाङको केपिलासगढी गाउँपालिका–३ बास्पानीमा आयोजित अन्तर वडा स्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि नेर्पा फुटबल क्लबले जितेको छ । खकलुङ युनाइटेड क्लबले आयोजना गरेको प्रतियोगिताको उपाधिसँगै नेर्पाले नगद रु ३० हजारसहित ट्रफी र मेडल प्राप्त गरेको छ । खकलुङ युनाइटेड क्लबको खोक्मा खेल मैदानमा बिहिबारबाट सुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । शनिबार भएको फाइनल खेलमा सुङ्देल फुटबल क्लबलाई ६–१ गोल अन्रतले हगाउदै नेर्पाले उपाधि जितेको हो । दोस्रो भएको सुङ्देलले नगद रु २० हजारसहित ट्रफी र मेडल प्राप्त गरेको खेल संयोजक किरण राईले जानकारी दिए । प्रतियोगिताको सेमिफाईनलिस्ट हुने राईजिङ स्पोर्टस् क्लब बाम्राङ र सप्तेस्वर स्पोर्टस् क्लबलाई नगद रु ६÷६ हजार प्रदान गरिएको छ । उक्त वडा स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री राजन राईले...
खोटाङमा राती १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

खोटाङमा राती १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक २४ । खोटाङमा राती १० बजेसम्म मात्र देउसी, भैलो खेल्न पाइने भएको छ । तिहारको अवसरमा सञ्चालन हुने देउसी, भैलो, नाचगान जस्ता सांस्कृतिक क्रियाकलाप राती १० बजेसम्म मात्र गर्न पाइने भएको हो । परम्परालाई मर्यादित एवं अनुशासित बनाउन भन्दै राती १० बजे पश्चात देउसी, भैलो नखेल्न एवं नाचगान नगर्न जिल्ला प्रशासन कार्यालय खोटाङले सूचना जारी गर्दै जानकारी गराएको छ । यस्तै, आतिसवाजी, पटका जस्ता विस्फोटक पदार्थ ओसार–पसार तथा बिक्री वितरण नगर्न पनि प्रशासनले भनेको छ । प्रशासनले जारी गरेको सूचना अवज्ञा गरेको पाइएमा प्रचलित कानून अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बताउनुभयो । यस्तै, चाडपर्वमा अखाद्य तथा गुणस्तरहिन वस्तु बिक्री नगर्न, जुवातास, सट्टेवाजी, चिट्ठा जस्ता क्रियाकलाप नगर्न, मादक पदार्थ सेवन गरी होहल्ला नगर्न पनि सूचनामा भनिएको छ । यदि कसैले यस्तो गरेको प...
तीर्थालुका लागि त्रि–धार्मिक स्थल हलेसीमा सुविधायुक्त अतिथि गृह

तीर्थालुका लागि त्रि–धार्मिक स्थल हलेसीमा सुविधायुक्त अतिथि गृह

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार, स्थानीय
खोटाङ, कात्तिक २२ । खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा सुविधायुक्त अतिथि गृह (धर्मशाला) निर्माण गरिएको छ । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हलेसीमा तीर्थालुका लागि करीब ५ करोडको लगानिमा सुविधायुक्त अतिथि गृह निर्माण गरिएको हो । त्रि–धार्मिक स्थल हलेसीमा आउने तीर्थालुको सहजताका लागि हलेसी तुवाचुङ नगरपालिका र नेपाल आयल निगमले संयुक्त लगानिमा भवन निर्माण गरेका हुन् । आर्थिक वर्ष २०७६/०७७ बाट भवन निर्माण गर्न सुरु गरिएको थियो । सुरुमा सबै लगानि आयल निगमको हुने भनिएको थियो । तर आयल निगमबाट रु २ करोडमात्र भुक्तानी भएपछि नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० मा रु २ करोड ९६ लाख बजेट विनियोजन गरेर भवन निर्माण सम्पन्न गरेको नगरपालिकाका मेयर विमला राईले बताउनुभयो । कुल लागत रु ४ करोड ९६ लाख (भ्याटसहित) अनिल लक्ष्मि जेभी निर्माण कम्पनीले अतिथि गृह निर्माण गरेर जिम्मा लगाइसकेको छ ।...