सरस्वती माविको प्रअ नियुक्ति विषयको रिटमा अदालतले दिएन अन्तरिम आदेश
खोटाङ, कात्तिक १६ । खोटाङको दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयको प्रधानाध्यापकको विषयमा परेको रिटमा उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रकृया मिचेर प्रधानाध्यपक नियुक्त गरेको भन्दै परेको रिट निवेदनमा अदालतले अन्तरिम आदेश दिन अस्विीकार गरेको हो ।
सरस्वती माविमा केशरकुमार राईले प्रअको रुपमा काम गरिरहेको अवस्थामा शिबहरी ढकाललाई प्रअ नियुक्त गरेको भन्दै नगरपालिका, मेयर तीर्थराज भट्टराई, नगर शिक्षा समिति, शिक्षा विकास तथा समन्वय इकाई लगायत विरुद्ध उच्च अदालतमा उत्प्रेषण मिश्रित परमादेश मुद्धा परेको थियो ।
पाँच वर्षका लागि प्रअको जिम्मेवारी पाएर काम गरिरहेको अवस्थामा नगरपालिकाले विधि मिच्दै अर्को प्रअ नियुक्ती गर्ने निर्णय गरेका कारण अदालतमा रिट हालेको निवर्तमान प्रअ राईको भनाइ छ । तर न्यायाधीश लेखनाथ पौडेल र न्यायाधीश नातिबाबु लामिछानेकोको सं...









