विद्यालयको गम्भीर लापारबाही : नयाँ भवनमा सामान, भत्किएको भवनमा विद्यार्थी
राजकुमार सरगम (भट्टराई)
खोटाङ, साउन २५ । खोटाङको एक विद्यालयमा विद्यालय प्रशासन र व्यवस्थापन समितिको लापारबाहीको कारण विद्यार्थी जीर्ण भवनमामा बसेर अध्ययन गर्न बाध्य भएका छन् । जिल्लाको केपिलासगढी गाउँपालिका–१ फेदिस्थित पत्करु आधारभूत विद्यालयमा नयाँ भवन बने पनि पुरानै भवनमा विद्यार्थीलाई राखिएको पाइएको छ ।
कक्षा ८ सम्म पठनपाठन भइरहेको उक्त विद्यालयको २–५ कक्षा सम्मका विद्यार्थीहरु जीर्ण भवनमा बसेर अध्ययन गरिरहेका छन् । कक्षा ५ पठनपाठन हुने कोठाको झ्याल मक्किएर भत्किएको छ । झ्याल भत्किएर जीर्ण अवस्थामा रहेको कोठाभित्र विद्यार्थी अध्ययन गरिरहेको दृश्य केही दिन यता सामाजिक सञ्जालमा चर्चित भएको छ । उक्त तस्विर सोही विद्यालयमा कार्यरत शिक्षक प्रकाशमान तामाङले लगाएका हुन् । तस्विर हेर्दा जुनसुकै समयमा भवन पुरै भत्किन सक्ने देखिन्छ । निर्माण भएको करीब १५ वर्ष भएको उक्त भवनको झ्याल गत असारमा मक...









