विद्यार्थीले ४ लाख ६८ हजारसहित बिदाइ गरे अवकाश पाएका कार्यालय सहयोगीलाई
खोटाङ, वैशाख २८ । अनिवार्य अवकाश पाएका विद्यालयका कार्यालय सहयोगीलाई भूतपूर्व विद्यार्थीले नगदसहित बिदाइ गरेका छन् । ४० वर्ष अस्थायीरुपमा काम गरेका कर्मचारीलाई भूतपूर्व विद्यार्थीले ४ लाख ६८ हजार ७ सय ११ रुपैयाँ रकमसहित बिदाइ गरेका हुन् ।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित जनसेवा माध्यमिक विद्यालयमा २०४१ सालदेखि कार्यालय सहयोगी काम गर्नुभएका पर्शुराम भुजेल गत चैत मसान्तदेखि उमेरहदका कारण अनिवार्य अवकाश हुनुभएको छ । अस्थायीरुपमा विद्यालयमा ४० वर्ष काम गर्नुभएका भुजेललाई भूतपूर्व विद्यार्थीहरुले रकम संकलन गरेर सम्मानसहित बिदाइ गरेका हुन् ।
२० वर्षको उमेरदेखि ६० वर्षको उमेरसम्म विद्यालयमा पसिना बगाउनुभएका भुजेललाई सरकारले खाली हात घर पठाएकाले विद्यार्थीहरुले रकम संकलन गरेर सम्मान गरेको भूतपूर्व विद्यार्थी उत्तम खड्काले बताउनुभयो । २०२१ सालमा छितापोखरीमा जनसेवा प्राथमिक व...









