प्रिन्सीपल अफ एसोसिएसन नेपाल खोटाङको अध्यक्षमा नविन चाम्लीङ
खोटाङ, जेठ १५ । प्रिन्सीपल अफ एसोसिएसन नेपाल (पान) खोटाङको अध्यक्षमा नविन चाम्लीङ चयन भएका छन् । एसोसिएसनको प्रथम जिल्ला अधिवेशनबाट हलेसी तुवाचुङ नगरपालिकास्थित सरस्वती मावि, अर्खौलेका प्रअ चाम्लिङ अध्यक्षमा चयन भएका हुन् ।
एसोसिएसनको उपाध्यक्षमा सरस्वती मावि (साकेला गाउँपालिका)का सितल राई, सचिवमा राम्चे निकेतन मावि (दिप्रुङ चुईचुम्मा गाउँपालिका)का ईश्वर लम्साल र कोषाध्यक्षमा वशन्त आधारभुत विद्यालय, खाल्ले (दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका)का सञ्जित राई सर्वसम्मत चयन भएका छन् । अधिवेशनले प्रिन्सीपल अफ एसोसिएसनको २५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।
प्रिन्सीपल अफ एसोसिएसनको जेठ १५ गते जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न प्रथम बैठकले जिल्लाका विद्यालयतर्फ सरस्वती माबि, दिक्तेल, प्रअतर्फ चिसापानी माविका प्रअ रामबहादुर राउत, विव्यासतर्फ त्रिभुवन मावि, ऐसेलुखर्कका विव्यास अध्यक्ष ...









