विद्यार्थी नहुँदा कक्षा कोठा खाली
राजकुमार सरगम (भट्टराई)
खोटाङ, पुस १० । खोटाङको एक सामुदायिक विद्यालयमा विद्यार्थी नहुँदा एउटा कक्षा कोठा खाली रहेको पाइएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित भीमकन्या प्राथमिक विद्यालयको कक्षा दुई खाली रहेको पाइएको हो ।
कक्षा तीनसम्म पठनपाठन हुने उक्त विद्यालयमा चालु शैक्षिक सत्रमा ११ जना विद्यार्थी भर्ना भएका थिए । कक्षा एकमा दश जना र कक्षा तीनमा एक जना विद्यार्थी भर्ना भएका हुन् । कक्षा दुईमा भने कोही पनि विद्यार्थी भर्ना भएनन् । दश जना भर्ना भएपनि अहिले कक्षा एकमा ६ जना विद्यार्थी मात्र नियमित विद्यालय आउने गरेको प्रधानाध्यापक लोकबहादुर कार्कीले बतानुभयो । भर्ना गरिए पनि अन्य विद्यार्थीको उमेर सानै रहेकाले उनिहरु विद्यालय नियमित आउन नसकेको उहाँको भनाइ छ । कक्षा दुई मा कोही पनि विद्यार्थी नभएपछि कक्षा तीनको एकजना र कक्षा एकको ६ जनालाई एउटै कोठामा राखेर पठनपाठन गराइर...









