हलेसी तुवाचुङका जनप्रतिनिधि, कर्मचारी र शिक्षकको तलबबाट भूकम्पपीडितलाई सहयोग
खोटाङ, कात्तिक २० । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले पाउने तलब कटाएर जाजरकोट र रुकुमका भूकम्पपीडितलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । उनिहरुले पाउने दुई दिनको तलबभत्ता नगरपालिकाको तर्फबाट कटाएर रु ११ लाख बढी आर्थिक भूकम्पपीडितलाई सहयोग गरिएको हो ।
जनप्रतिनिधि, कर्मचारी र शिक्षक गरी ७०४ जना व्यक्तिले नियमित पाउने दुई दिनको रु ११ लाख ५१ हजार १०० भूकम्पपीडितका लागि राहतस्वरुप पठाइएको नगरपालिकाले जनाएको छ । भूकम्पपीडितका लागि राहतस्वरुप उक्त रकम प्रधानमन्त्री दैविप्रकोप उद्दार कोषमा जम्मा गरिएको नगर प्रमुख विमला राईले बताउनुभयो ।
“कातिक–१७ गते राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट, रुकुम र आसपासका जिल्लाहरुमा ठूलो जनधनको क्षति भएको छ । यसप्रति हाम्रो नगरपालिका दुःख व्यक्त गर्दछ । यो संवेदनशील घडीमा नगर कार्यपालिकाको कातिक–१९ गते बस...








