हलेसी तुवाचुङका विद्यालयहरुमा कक्षा १२ सम्म निःशूल्क शिक्षा लागु गरियो
खोटाङ, साउन २५ । खोटाङको हलेसी तुवाचुङका सामुदायिक विद्यालयहरुमा कक्षा १२ सम्म निःशूल्क शिक्षा प्रदान गर्न थालिएको छ । नगरपालिकाको “शुन्य शूल्क” कार्यक्रम अन्तरगत सबै सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको शिक्षालाई निःशूल्क बनाइएको हो ।
नगरपालिकाले “शुन्य शूल्क कार्यविधि २०७९” पारित गरेर सबै विद्यालयहरुमा “शुन्य शूल्क” कार्यक्रम लागु गरेको हो । यदि विद्यालयहरुले कुनै पनि बहानामा शुल्क लिएको पाइएमा कारबाही हुने नगरपालिकाका शिक्षा शाखा संयोजक पदम बहादुर कार्कीले बताउनुभयो । निजि शिक्षकलाई तलब प्रदान, परिक्षा सञ्चालन खर्च लगायतकाका लागि भन्दै बिद्यालयहरुले शूल्क लिने गरेका थिए । नगरपालिकाले आवश्यक बजेट व्यवस्थापन गरेर अघिल्लै वर्षबाट “शुन्य शूल्क” कार्यक्रम घोषणा गरेको थियो । यो वर्षबाट कार्यक्रम पूर्णरुपमा लागु गरिएको संयोजक कार्कीको भनाइ छ ।
नेपालको संविधान २०७२ को भाग ३, धारा (३१) मा प्रत...









