हरमटारमा पहिलो पटक बैंक पुग्यो, स्थानीय भन्छन आनन्दको सास फेरियो
राजकुमार भट्टराई(सरगम)
खोटाङ, पुस ६ गते । खोटाङको रावाबेसी गाउँपालिकामा पहिलो पटक बैंक पुगेको छ । गाउँपालिकाको केन्द्र कुभिण्डे, हरम्टारमा राष्ट्रिय वाणिज्य बैंकको पाँचौ शाखा विस्तार भएको हो । शाखाको आज (मंगलवार) एक कार्यक्रमका बिच लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले उद्घाटन गर्नुभएको हाम्रा पालिका सहकर्मी युवराज भट्टराईले जानकारी दिनुभयो ।
जिल्लाका अन्य सबै पालिकामा विभिन्न बैंकका शाखा विस्तार भइसक्दा पनि रावाबेसीमा भने यस अघिसम्म कुनै पनि बैंकको शाखा पुगेको थिएन । लामो समयको पहलपछि गाउँपालिका केन्द्र हरम्टार कुभिण्डेमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार हुन सफल भएको गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताउनु भयो ।
बैंकको लागि भवन निर्माणको आवश्यक प्रक्रिया अगाडि बढाउन रा.वा.बैंक १ नं. प्रदेश कार्यालय विराटनगर, रा.वा. बैंक शाखा कार्यालय दिक्तेल र गाउँपालिकाबीच गत मंसिर ९ गत...








