खोटाङमा अहिलेसम्म ४८ प्रतिशत घरमा मात्र केन्द्रीय विद्युत, सबैमा पुग्न ३ वर्ष लाग्ने
खोटाङ, माघ ९ । खोटाङमा हालसम्म ४८ दशमलव ७३ प्रतिशत घरधुरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत पुगेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार जिल्लामा ४२ हजार ६ सय ६४ घरधुरी रहेका छन् । जसमध्ये माघ ८ गतेसम्मको तथ्याङ्क अनुसार २० हजार ७ सय ८९ घरधुरीमा केन्दी्रय प्रसारण लाइनको विद्युत पुगेको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ ।
दुई नगरपालिका र आठ गाउँपालिका गरी जिल्लामा दश स्थानीय तह रहेका छन् । दशै वटा स्थानीय तहका कार्यालयमा केन्दी्रय प्रसारण लाइनको विद्युत पुगिसकेको छ भने कतिपय वडा कार्यालयमा अहिलेसम्म विद्युत पुगेको छैन । जिल्लाको रावाबेसी गाउँपालिकामा सबैभन्दा धेरै घरधुरीमा विद्युत विस्तार भएको छ । गाउँपालिकाको वडा नम्बर ३ लामीडाँडाका केही घरधुरीमा मात्र विद्युत विस्तार हुन बाँकी रहेको कार्यालयका प्रमुख विजयराज रेग्मीले जानकारी दिनुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाक...








