Sunday, June 28News That Matters

ताजा अपडेट

बलात्कार आरोपमा खोटाङका एक शिक्षक पक्राउ

बलात्कार आरोपमा खोटाङका एक शिक्षक पक्राउ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ २ । बलात्कार आरोपमा खोटाङका एक शिक्षक पक्राउ परेका छन । जिल्लाको रावाबेसी गाउँपालिका २ खार्पाका ३१ बर्षिय किशोर पोखरेल पक्राउ परेका हुन । पोखरेल खार्पा स्थीत भाषा आधारभुत विद्यालयमा अत्यापन गराउदै आएका छन । सोहि गाउँकी १३ बर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । गत भदौ ९ गतेबाट पटक पटक बलत्कार गरेको भन्दै बिहिबार परिवारको उजुरी पश्चात पोखरेललाई उदयपुरको रामपुरबाट शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रवक्ता एवं प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो । उनलाई हिरासतमा राखेर ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । पीडित किशोरीको २० हप्ताको गर्भ समेत रहेको बताइएको छ ।...
खार्मीको वडा कार्यालय भवन उद्घाटन

खार्मीको वडा कार्यालय भवन उद्घाटन

Banner News 2, ताजा अपडेट, स्थानीय
खोटाङ, माघ २ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको वडा कार्यालय भवन उद्घाटन गरिएको छ । स्थानीय दाजुभाइ प्रताप र सुदीप श्रेष्ठले निःशुल्क प्रदान गर्नुभएको ५ रोपनी जग्गामा निर्मित आरसीसी वडा कार्यालय भवनको नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले आइतबार संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो । केन्द्र सरकारको ६० र नगरपालिकाको ४० प्रतिशत गरी ४८ लाख ३९ हजार ३ सय (भ्याटबाहेक) लागतमा भवन निर्माण भएको हो । भवन निर्माणको जिम्मा मोहन एण्ड ब्यासीगाउँ निर्माण सेवा दिक्तेलले पाएको थियो । एक तल्ले वडा कार्यालय भवनमा एउटा सभाहल र तीन वटा कोठा रहेका छन् । वडा कार्यालय भवनका लागि जग्गा दान गर्ने श्रेष्ठद्वयलाई आज सम्मानसमेत गरिएको छ । वडा कार्यालय भवन उद्घाटनसँगै नागरिकलाई सेवा प्रवाहमा सहज भएको वडाध्यक्ष रामचन्द्र राईले बताउनुभयो । यसअघि वडा कार्यालय भवन नहुँदा हाल निर्माण भए...
कुकुरले टोकेर घाइते बनाएका विद्यार्थीलाई सल्ले वडा कार्यलयको आर्थिक सहयोग

कुकुरले टोकेर घाइते बनाएका विद्यार्थीलाई सल्ले वडा कार्यलयको आर्थिक सहयोग

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ २ । कुकुरले टोकेर घाइते बनाएका विद्यार्थीलाई उपचारको लागि हलेसी तवाचुङ नगपालिका–९ सल्ले वडा कार्यालयले आर्थिक सहयोग गरेको छ । केही समय अगाडि विद्यालयबाट घर फर्कँदै गर्दा कुकुरले टोकेर घाइते भएका ५ जना विद्यार्थीलाई उपचारको लागि वडाको विपद् व्यवस्थापन कोषबाट ५/५ हजार नगद सहयोग गरिएको हो । गत कात्तिक ८ गते हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत सल्लेखर्कका अनुराग राई, सञ्जय राई, लुसन श्रेष्ठ, विकास राई र धिरज राईलाई कुकुरले टोकेर घाइते बनाएको थियो । घाइते २ जना विद्यार्थीको जिल्ला अस्पताल दिक्तेल र ३ जना विद्यार्थीको काठमाडौँमा उपचार गराएको परिवारले जनाएको छ । उपचार खर्चस्वरूप विद्यार्थीका अभिभावकलाई आज (आइतबार) सल्लेका वडाध्यक्ष काशीराज राईले वडा कार्यालयमा आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको वडा सचिव चित्रबहादुर रानाले जानकारी दिनुभयो ।...
विप्लव नेतृत्वको नेकपाद्वारा खोटाङमा कृषि उत्पादन सुरु

विप्लव नेतृत्वको नेकपाद्वारा खोटाङमा कृषि उत्पादन सुरु

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, माघ २ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खोटाङले जिल्लामा कृषि उत्पादन सुरु गरेको छ । पार्टीको नीति अनुसार उत्पादनलाई जोड दिने अभियान अन्तरगत आज (आइतबार) पार्टीका नेता कार्यकर्ताले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ मा आलु खेती सुरु गरेका हुन् । पार्टीलाई आत्मनिर्भर बनाउन, जनतालाई कृषिमा श्रम गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न र कृषिको सम्भावनाबारे नेपाल सरकारको ध्यान खिच्नको लागि आलु खेती सुरु गरिएको पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी विद्यार्थी संघ खोटाङ, भोजपुर र सोलुखुम्बु तीन जिल्लाका इञ्चार्ज निराजन किराँतीले जानकारी दिनुभयो । दोर्पास्थित एकराज बुढाथोकीको दुई रोपनी जग्गामा आलु खेती सुरु गरेको पार्टीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा पनि केही दिनपछि आलु लागाउने उहाँले बताउनुभयो । यस्तै आगामी दिनमा रावाबेसी गा...
खोटाङ र ओखलढुंगा जोड्ने दुधकोशी नदिमा झोलुङ्गे पुलको शिलान्यास

खोटाङ र ओखलढुंगा जोड्ने दुधकोशी नदिमा झोलुङ्गे पुलको शिलान्यास

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ २ । खोटाङ र ओखलढुंगा जोड्ने दुधकोशी नदिमा झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ९ सल्ले र ओखलढुंगाको सिद्धिचरण नगरपालिका १ तलुवालाई जोड्ने झोलुङ्गे पुलको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर बिमला राईले संयुक्त रुपमा शनिबार शिलान्यास गर्नु भएको हो । सल्लेको साविक वडा नम्बर ३ टिम्मुरे र तलुवाको पिप्लेलाई जोड्ने झोलुङ्गे पुलको लम्बाई १ सय ९ मिटर रहने मेयर राईले जानकारी दिनुभयो । पुल हलेसी तुवाचुङ नगरपालिकाको १ करोड ४० लाख बजेटबाट निर्माण हुन लागेको सल्लेका वडा सचिव चित्र बहादुर रानाले बताउनु भयो । हाल उक्त क्षेत्रका नागरिकलाई वारीपारी गर्न महादेवबेँसी पुग्नु पर्ने बाध्यता रहेको छ । झोलुङ्गे पुल निर्माण पश्चात ओखलढुंगाको नाल्सु र खोटाङको टिम्मुरेका नागरिकलाई सहज हुने सल्लेका वडा सदस्य गणेस पौडेलले बताउनु भयो । ठेक्का प्रक्रियाबाट बन्न लाग...
खोटाङमा कुल जनसंख्याको ५४ प्रतिशतले लगाए पहिलो मात्रा खोप

खोटाङमा कुल जनसंख्याको ५४ प्रतिशतले लगाए पहिलो मात्रा खोप

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस ३० । खोटाङमा कुल जनसंख्याको ५४ प्रतिशत बढी नागरिकले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । वि.सं. २०६८ को जनगणा अनुसार जिल्लाको जनसंख्या २ लाख ६ हजार ३ सय १२ छ । कोरोना महामारीको दोस्रो लहरयता जिल्लाका १ लाख १२ हजार ८ जनाले पहिलो डोज खोप लगाएका स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । यस आधारमा जिल्लाका ५४ दशमलव २९ प्रतिशत नागरिकले खोपको पहिलो डोज लगाएका हुन् । यस्तै कुल जनसंख्याको ३२ दशमलव २८ प्रतिशत अर्थात् ६६ हजार ६ सय १२ जनाले पूर्ण मात्रा खोप लगाएका कार्यालय प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो । जिल्लामा विभिन्न समयमा सञ्चालित भेरोसेल, एस्ट्राजेनिका, कोभिशिल्ड र मोडर्ना खोप अभियानबाट उक्त संख्यामा खोप लगाइएको हो । सक्रिय संक्रमित चार पुगे झण्डै एक महिनासम्म कोरोना संक्रमणमुक्त बनेको खोटाङमा फेरि कोरोना संक्रमित देखिएका छन् । जिल्लामा अहिले कोरोनाका ४...
खोटाङमा २५ जनाभन्दा बढी भेला हुन निषेध, सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य

खोटाङमा २५ जनाभन्दा बढी भेला हुन निषेध, सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, पुस ३० । जिल्ला प्रशासन कार्यालय खोटाङले कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने सबै खालका गतिविधिमा रोक लागएको छ । प्रुमख जिल्ला अधकिारी फणिन्द्र दाहालले जारी गरेको आदेशमा २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै पनि किसिमको मेला, भेला तथा महोत्सवहरू एवं सामाजिकलगायतका कार्यहरु गर्न नपाइने उल्लेख छ । बिहिबार राति १२ बजेदेखि लागु हुने गरी प्रजिअ दाहालले कोरोना रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन ७ बुँदे आदेश जारी गर्नुभएको छ । कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस एवं गृह मन्त्रालयको निर्णय, संक्रमण रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी प्रजिअ दाहालले अर्को सूचना जारी नभएसम्मका लागि आदेश जारी गर्नुभएको हो । आदेशमा राजनीतिक, आ...
खोटाङमा गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा आफ्ना उम्मेद्वार जिताउन जनप्रतिनिधिबीच समन्वय गर्ने

खोटाङमा गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा आफ्ना उम्मेद्वार जिताउन जनप्रतिनिधिबीच समन्वय गर्ने

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, पुस २९ । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा खोटाङबाट मतदान गर्ने जनप्रतिनिधिहरूबीच गठबन्धन दलले आफ्नो पक्षका उम्मेद्वारलाई जिताउन समन्वय गर्ने भएको छ । बुधबार गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संयुक्त बैठक बसेको थियो । बैठकका निर्णय बिहिबार नेपाली कांग्रेस खोटाङको पार्टी कार्यालय वीपी स्मृति भवन दिक्तेलमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै जिल्लामा गठबन्धनको अध्यक्षता गरिरहनुभएका कांग्रेस सभापति विष्णुकुमार राईले उक्त जानकारी दिनुभएको हो । राष्ट्रियसभा निर्वाचनमा गठबन्धनमा आबद्ध दलका उम्मेद्वारलाई मतदान गरेर विजयी गराउन जिल्लाका विभन्न पालिकाका जनप्रतिनिधिबीच समन्वय गरिने राईले बताउनुभयो । बैठकले खोटाङ जिल्लाको समग्र विकास निर्माणको लागि साझा प्रयासहरू जारी राख्ने र गठबन्धनमा आबद्ध दलहरूको पालिकाहर...
नेता बन्न चाहनेले पत्रकारिता छोडौँ– काउन्सिल अध्यक्ष बस्नेत

नेता बन्न चाहनेले पत्रकारिता छोडौँ– काउन्सिल अध्यक्ष बस्नेत

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस २९ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राजनीतिक दलको नेता बन्न चाहनेले पत्रकारिता छोड्नुपर्ने बताउनुभएको छ । बिहिबार दिक्तेल भवनगैह्रास्थित थ्री ब्रदर्श होटलको सभाहलमा भएको ‘पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाइ’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष बस्नेतले यस्तो बताउनुभएको हो । काउन्सिलको आयोजना र नेपाल पत्रकार महासंघ खोटाङ शाखाको संयोजनमा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै बस्नेतले पत्रकारिता आफैँमा स्वतन्त्र क्षेत्र भएकाले यसमा राजनीतिलाई प्रवेश दिन नहुने बताउनुभयो । राजीनितिमा लागेका व्यक्ति पत्रकारितामा रहँदा यसको गरिमा र विश्वसनीयतामा ह्रास आउने उहाँको भनाइ छ । पत्रकार जनताको प्रतिनिधि र विश्वासपात्र भएकाले यसमाथि प्रश्न उठ्ने ठाउँ बनाउन दिन नहुने बस्नेतले बताउनुभयो । पत्रकारले लेखेको समाचारका आधारमा समाजमा आम ...
खोटाङका १८ हजार बालाबालिकाले लगाए मोडर्ना खोप

खोटाङका १८ हजार बालाबालिकाले लगाए मोडर्ना खोप

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस २८ । खोटाङका करिब १८ हजार बालाबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका छन् । पुस १८ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको खोप अभियान अन्तर्गत जिल्लाका १२ वर्षदेखि १७ वर्षसम्मका करिब १८ हजार बालबालिकाले खोप लगाएका जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो । दुई नगरपालिका र ८ गाउँपालिका गरी दश स्थानीय तह रहेको यस जिल्लामा रावाबेसी, खोटेहाङ, दिप्रुङचुइचुम्मा, वराहपोखरी, साकेला, ऐँसेलुखर्क गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकामा १८ गतेदेखि २१ गतेसम्म खोप अभियान सञ्चालन भएको थियो । यस्तै जन्तेढुंगा र केपिलासगढी गाउँपालिकामा पुस १९ गतेदेखि २२ गतेसम्म र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २१ गतेदेखि २३ गतेसम्म खोप अभियान सञ्चालन भएको थियो । सबै स्थानीय तहले विद्यालयमै बालबालिकालाई खोप लगाएका हुन । मोडर्ना खोपको पहिलो मात्रा लगाएका ती बालबालिक...