Sunday, June 28News That Matters

ताजा अपडेट

पाथेकामा चाडै विद्युतीकरण गरिने, दिक्तेलबजारका नांगो तार पनि हट्ने

पाथेकामा चाडै विद्युतीकरण गरिने, दिक्तेलबजारका नांगो तार पनि हट्ने

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर १९ । नेपाल विद्युत प्राधिकरण प्रदेश १ कार्यालयका निर्देशक राजन ढकालले खोटाङको दिक्तेल रुपाकाट मझुवागढी नगरपालिका–१० पाथेकामा विद्युतीकरणका लागि आवश्यक बजेट व्यवस्थाका लागि पहल गर्ने बताउनुभएको छ । प्राधिरकरणको प्रादेशिक कार्यालय विराटनगरमा भएको छलफलमा निर्देशक ढकालले पाथेकाका प्रत्येक घरधुरीमा विद्युत विस्तार गर्न १ करोड ८६ लाख बजेटका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । आज नेपाली कांग्रेस खोटाङका जिल्ला सचिव ज्ञानेन्द्र जोशी र कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगर सभापति प्रकश श्रेष्ठ र विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मी माग लिएर प्राधिरकणको प्रादेशिक कार्यालय विराटनगर पुग्नुभएको थियो । सो क्रममा भएको छलफलमा करिब ८ सय घरधुरी रहेको पाथेकामा एउटा मात्र ट्रान्सफर्मर रहेको र सबै घरमा विद्युतीकरणका लागि अझै ५÷६ वटा ट्रान्सफर्मर आवश्यक पर...
खोटाङका चार युवतीद्वारा ‘उठ छोरी परिवर्तनका लागि’ अभियान सुरु

खोटाङका चार युवतीद्वारा ‘उठ छोरी परिवर्तनका लागि’ अभियान सुरु

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
पवन खड्का, खोटाङ, मङ्सिर १९ । जिल्लाका चार युवतीले महिला हिंसा विरुद्ध ‘उठ छोरी परिवर्तनका लागि’ नामक अभियान सुरु गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी निर्मला आचार्य ‘सुनाखरी’, सोही स्थानकी यशोदा रिजाल, सोही नगरपालिका–१ दिक्तेलकी सुलोचना आचार्य र ऐँसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलकी रोजिना दमाईको अगुवाइमा उक्त अभियान सुरु भएको हो । आज कालिका माध्यमिक विद्यालय, नेर्पामा कार्यक्रम गरी अभियानको सुरुवात गरिएको अभियन्ता निर्मला आचार्यले जानकारी दिनुभयो । ‘घर–घरबाट उठौँ, सबै महिला जुटौँ’, ‘हिसां गर्नेभन्दा हिंसा सहने दोषी हुन्छ । त्यसैले सधैँको लागि हिंसा विरुद्ध लागौँ’ भन्ने नारा तय गरिएको अभियानमा साथ दिन चाहनेलाई जोड्दै लैजाने निर्मलाले बताउनुभयो । महिलाहरूमा हिंसा विरुद्ध चेतना जागृत गर्दै महिला पनि सबै काम गर्न सक्षम रहेको सन्देश प्रवाह गर्नु अभियानको मूल उद्देश्य र...
खोटाङमा समय अगावै सुत्केरी व्यथाले गम्भीर बनेकी एक महिलाको हेलिकोप्टरबाट उद्धार

खोटाङमा समय अगावै सुत्केरी व्यथाले गम्भीर बनेकी एक महिलाको हेलिकोप्टरबाट उद्धार

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर १९ । सुत्केरी व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ की ३० वर्षीया शान्ता वि.क.लाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको हेलिकोप्टरबाट निःशुल्क उद्धार गरी सुविधा सम्पन्न अस्पताल पठाइएको हो । सामान्यतया गर्भ बसेको ४० हप्तामा सुत्केरी व्यथा लाग्नुपर्नेमा वि.क.लाई त्यस अगावै व्यथा लागेपछि स्वास्थ्य जाँचका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नहुने देखिएपछि अस्पतालले उहाँको उद्धारका लागि पहल गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको डा. सवन कोइरालाले बताउनुभयो । अस्पातलबाट प्राप्त पत्रका आधारमा जिल्ला प्रशासनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, सिंहदरबारलाई हेलिकोप्टरको व्यवस्थाका लागि सिफारिस गरेको र मन्त्राल...
लफ्याङमा जसपा निकट समाजवादी युवा संघ नेपाल  गठन

लफ्याङमा जसपा निकट समाजवादी युवा संघ नेपाल गठन

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ मङ्सिर १८ : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ लफ्याङमा जनता समाजवादी (जसपा) निकट समाजवादी युवा संघ नेपाल गठन भएको छ । पार्टीको सु.ज अभियान अन्तरगत लफ्याङमा आज भएको कार्यक्रममा लक्षुमण राईको अध्यक्षतामा ३६ सदस्यीय समाजवादी युवा संघ नेपाल वडा कमिटि गठन गरिएको समाजवादी विद्यार्थी युनियन खोटाङका सह–सचिव कृष्ण गिरिले जानकारी दिनुभयो । कार्यक्रममा जसपाका केन्द्रीय सदस्य एवं किराँत राष्ट्रिय समिति अध्यक्ष रमेश राईको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै जसपाका प्रदेश सदस्य मोहन गुरुङ, नवीन राई, नगर अध्यक्ष निर्मल राई, विद्यार्थी केन्द्रीय सदस्य तथा पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख रविन खम्बु, जिल्ला कमिटी सदस्य धनिराम नछुङ लगायतको उपस्थीतमा कार्यक्रम सम्पन्न भएको सह–सचिव गिरिले बताउनु भयो । कार्यक्रमका झलक तस्वीरमा  ...
माओवादी केन्द्र खोटाङ काठमाण्डौ सम्पर्क समन्वय समितिको अध्यक्षमा गजेन्द्र राई

माओवादी केन्द्र खोटाङ काठमाण्डौ सम्पर्क समन्वय समितिको अध्यक्षमा गजेन्द्र राई

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ मंसिर १८ : नेकपा माओवादी केन्द्र खोटाङ काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा गजेन्द्र राई चयन हुनुभएको छ । सम्पर्क समन्वय समितिको चौथो जिल्ला सम्मेलनले आज राईलाई अध्यक्षतामा चयन गरेका हो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अनुशासन विभाग प्रमुख टंक राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यमले राईको अध्यक्षतामा ५५ सदस्य समिति गठन गरेको बताईएको छ । कमिटिको उपाध्यक्षमा तेज बहादुर राई, मुना राई, दुर्गा भण्डारी, सचिवमा नित्यराज दाहाल र कोषाध्यक्षमा प्रेमिला राई चयन हुनु भएको माओवादी केन्द्र खोटाङले जनाएको छ ।  ...
दोस्रो हलेसीको नामले परिचित हौँचुरको जुडिमा भक्तजनको भिड (फोटो फिचर)

दोस्रो हलेसीको नामले परिचित हौँचुरको जुडिमा भक्तजनको भिड (फोटो फिचर)

Banner News 1, ताजा अपडेट, धर्म संस्कृति, स्थानीय
खोटाङ मङ्सिर १७ : हरेक बर्षको बालाचतुर्दशीको अवसरमा जुडिमा हजारौ भक्तजनहरुको भिड लाग्ने गरेको छ । कोरोना भाईरसको कारण अघिल्लो बर्ष जुडिमा मेला लाग्न सकेको थिएन । यो बर्ष भने जुडिमा भब्य मेला लागेको छ । खोटाङको दोस्रो हलेसीको नामले परिचित जुडि जिल्लाको रावाबेसी गाउँपालिका ६ हौँचुरमा अवस्थीत छ । साँघुरो बाटो भएको कारण खेत भन्दा माथी भिरमा रहेको जुडि गुफामा जान पहिले निकै कठिन थियो । तर अहिले गाउँपालिका र वडाकार्यलयले बजेट बिनियोज गरेर गुफा सम्म जान सिढी निर्माण गरिदिएको छ । शौचालय र खानेपानीको धाराको ब्यवस्था पनि गरेपछि जुडिको रौनक थपिएको छ । हरेक बर्षको बालाचतुर्दशीका दिन मेला लाग्दै आएको जुडिमा दर्शन गर्दा मनले चिताएको पुरा हुने जनबिश्वास रहिआएको छ । धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल जुडिको अझ प्रचार प्रसार गर्नसके आन्तरिक एवं बाह् पर्यटकको गन्तव्य स्थान बन्न सक्न...
पुर्वका दुर्लभ जेठामान पश्चिमेली कौडा भाका लिएर बजारमा (भिडियो सहित)

पुर्वका दुर्लभ जेठामान पश्चिमेली कौडा भाका लिएर बजारमा (भिडियो सहित)

Banner News 3, ताजा अपडेट, मनोरञ्जन
खोटाङ मङ्सिर १७ : पुर्वका दुर्लभ जेठामान पश्चिमेली कौडा नेपाली लोक भाका लिएर बजारमा आउनु भएको छ । उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिकामा जन्मीनु भएका दुर्लभ जेठामान नामले परिचित हिरन कुमार राईको आवाज र संगित रहेको पश्चिमेली “जोवान बैना देउ” कौडा लोक भाका बिहिबार बिमोचन भएको हो । उक्त भाकामा जेठामानसँगै चर्चित रियालिटि सो “द भोईस अफ नेपाल सिजन ३” को उपबिजेता तारा श्रीस मगरको पनि आवाज रहेको छ भने भाकाको शब्द कुमारी बाठा मगर (मनु) को रहेको छ । गुड लक नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा दुर्लभ जेठामान, तारा श्रीस मगर, अनुप राना , प्रिया घर्ति मगर र अन्जलि गुरुङको अभिनय रहेको छ । भिडियोको नृत्य तथा निर्देशन केशु पुन मगरको रहेको छ । कडा मेहनतले गीत एवं भिडियो तयार गरिएको कारण एक पटक सबै दर्सक स्रोताले सुनेर र हेरेर प्रतिक्रिया दिन गायक एवं संगितकार जेठामानले अनुर...
नेपाली कांग्रेस प्रदेश एक महाधिवेशमा खोटाङबाट ४ जनाको उम्मेद्वारी

नेपाली कांग्रेस प्रदेश एक महाधिवेशमा खोटाङबाट ४ जनाको उम्मेद्वारी

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ मङ्सिर १७ : नेपाली कांग्रेसको प्रदेश अधिवेशनमा खोटाङबाट चार जनाले उम्मेद्वारी दिएका छन । भोली हुने प्रदेश नम्बर एकको अधिवेशनमा जिल्लाबाट भुपेन्द्र राईले महामन्त्री, वीर काजी राईले सह–महामन्त्री, जितेन्द्र शिंह ठकुरीले खुल्ला तर्फ प्रदेश सदस्य र बिमला राईले आदिवासी जनजाती महिला तर्फ प्रदेश सदस्यमा आफ्नो उम्मेद्वारी घोषणा गर्नु भएको हो । भुपेन्द्र राई महाधिवेशन प्रतिनिध एवं दिप्रुङ चुईचुम्मा गाउँपालिकाको अध्यक्ष समेत रहनु भएको छ । वीर काजी राई र जितेन्द्र शिंह ठकुरी कांग्रेसको महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । यस्तै बिमला राई महाधिवेशन प्रतिनिध एवं हलेसी तुवाचुङ नगरपालिकाको उपमेयर रहनु भएको छ । कांग्रेस प्रदेश नम्बर एकको अधिवेशनमा संस्थापन र संस्थापनइतर दुई समुह चुनावी मैदानमा उत्रिदैछन । दुवै समुहले सभापतिका लागि उम्मेद्वारीको टुंगो हिजै लगाएका हुन । जसमा संस्थापनइतर पक्षको सभापतिमा ग...
दुई बर्ष पछि लागेको हलेसी मेला यस्तो देखियो (फोटो फिचर)

दुई बर्ष पछि लागेको हलेसी मेला यस्तो देखियो (फोटो फिचर)

Banner News 2, ताजा अपडेट, धर्म संस्कृति
खोटाङ मङ्सिर १७ : बालाचतुर्दशीकाको अवसरमा हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर ७ स्थीत सुप्रशिद्ध त्रिधार्मिक तपोभूमी हलेसीमा बृहत मेला लागेको छ । हलेसीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, तीज, साउनको सोमबार लगायत पर्वमा ठूलो मेला लाग्ने गरेको छ । हलेसीमा सबै भन्दा लामो मेला रामनवमीमा १५ दिन सम्म लाग्ने गरेको छ । तर कोरोनाका कारण दुई बर्ष यता मेला लाग्न सकेको थिएन । धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसीमा महादेवगुफा, पापद्वार, धर्मद्वार, भैरवगुफा, बसाहागुफालगायत अवलोकन गर्न र पूजाआजा गर्न भक्तजन आउने गरेका छन । गुफामा हिन्दु, बौद्ध र किरात धर्म मान्नेहरु आ–आफ्नै तरीकाले पुजापाठ गर्ने गर्छन । जुन दृश्य सबैका लागी रोचक लाग्ने गर्छ । हिन्दु धर्ममा आस्था राख्नेहरुले यसलाई पशुपतिनाथको रुपमा, बौद्ध धर...
हलेसीमा दुई बर्ष पछि मेला, नगरपालिकाद्धारा भोली सार्वजनिक बिदा

हलेसीमा दुई बर्ष पछि मेला, नगरपालिकाद्धारा भोली सार्वजनिक बिदा

Banner News 2, ताजा अपडेट, धर्म संस्कृति, समाचार, स्थानीय
खोटाङ मङ्सिर १६ : खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले भोली एक दिन सार्वजनिक बिदा दिने भएको छ । बालाचतुर्दशीकाको अवसरमा भोली नगरपालिकाको वडा नम्बर ७ स्थीत सुप्रशिद्ध त्रिधार्मिक तपोभूमी हलेसीमा बृहत मेला लाग्ने भएको हुँला नगरपालिकाले एक दिन (शुक्रबार) सार्वजनिक बिदा दिएको सूचना जारी गरेर जानकारी दिएको छ । कोरोनाका कारण दुई बर्ष यता लाग्न नसकेको मेला यो बर्ष भब्यताका साथ लाग्ने तयारीमा छ । धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसीमा महादेवगुफा, पापद्वार, धर्मद्वार, भैरवगुफा, बसाहागुफालगायत अवलोकन गर्न र पूजाआजा गर्न भक्तजन आउने गरेका छन । हलेसीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, तीज, साउनको सोमबार लगायत पर्वमा ठूलो मेला लाग्ने गरेको छ । हलेसीमा सबै भन्दा लामो मेला रामनवमीमा १५ दिन सम्म लाग्ने गरेको छ । हलेसीम...