हिंसा पीडितलाई दिक्तेल रुपाकोट मझुवागढीको आर्थिक सहयोग
२४ मंसिर, खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हिंसा पीडित तीन महिला र एक पुरुषलाई आर्थिक सहयोग गरेको छ । ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा महिला हिंसा विरुद्धको १६ दिने अभियानको समापनका अवसरमा आज जिल्ला समन्वय समितिको समीक्षालय हलमा आयोजित कार्यक्रमकाबीच नगरपालिकाले उनीहरूलाई जनही २० हजार नगद प्रदान गरेको हो । नगरपालिकाको आर्थिक सहयोग पाउनेमा हिंसा पीडित एकल महिलाहरू वडा नं १ दिक्तेलकी हर्किमाया बस्नेत, सोही स्थानकी हरिमाया सुन्दास, हिंसा पीडित वडा नं. २ सोल्माकी टिकादेवी पुरी र वडा नं. ६ नेर्पाका हिंसा पीडित एकल पुरुष नरबहादुर गुरुङ रहनुभएको छ ।
हिंसा पीडितको जीवीकोपार्जनमा टेवा पु-याउने उद्देश्यले आर्थिक सहयोग गरिएको नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख मन्दिरा घिमिरेले जानकारी दिनुभयो ।
पीडितरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिस...








