Monday, October 26News That Matters

ताजा अपडेट

खोटाङमा समय अगावै सुत्केरी व्यथाले गम्भीर बनेकी एक महिलाको हेलिकोप्टरबाट उद्धार

खोटाङमा समय अगावै सुत्केरी व्यथाले गम्भीर बनेकी एक महिलाको हेलिकोप्टरबाट उद्धार

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर १९ । सुत्केरी व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ की ३० वर्षीया शान्ता वि.क.लाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको हेलिकोप्टरबाट निःशुल्क उद्धार गरी सुविधा सम्पन्न अस्पताल पठाइएको हो । सामान्यतया गर्भ बसेको ४० हप्तामा सुत्केरी व्यथा लाग्नुपर्नेमा वि.क.लाई त्यस अगावै व्यथा लागेपछि स्वास्थ्य जाँचका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नहुने देखिएपछि अस्पतालले उहाँको उद्धारका लागि पहल गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको डा. सवन कोइरालाले बताउनुभयो । अस्पातलबाट प्राप्त पत्रका आधारमा जिल्ला प्रशासनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, सिंहदरबारलाई हेलिकोप्टरको व्यवस्थाका लागि सिफारिस गरेको र मन्त्राल...
लफ्याङमा जसपा निकट समाजवादी युवा संघ नेपाल  गठन

लफ्याङमा जसपा निकट समाजवादी युवा संघ नेपाल गठन

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ मङ्सिर १८ : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ लफ्याङमा जनता समाजवादी (जसपा) निकट समाजवादी युवा संघ नेपाल गठन भएको छ । पार्टीको सु.ज अभियान अन्तरगत लफ्याङमा आज भएको कार्यक्रममा लक्षुमण राईको अध्यक्षतामा ३६ सदस्यीय समाजवादी युवा संघ नेपाल वडा कमिटि गठन गरिएको समाजवादी विद्यार्थी युनियन खोटाङका सह–सचिव कृष्ण गिरिले जानकारी दिनुभयो । कार्यक्रममा जसपाका केन्द्रीय सदस्य एवं किराँत राष्ट्रिय समिति अध्यक्ष रमेश राईको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै जसपाका प्रदेश सदस्य मोहन गुरुङ, नवीन राई, नगर अध्यक्ष निर्मल राई, विद्यार्थी केन्द्रीय सदस्य तथा पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख रविन खम्बु, जिल्ला कमिटी सदस्य धनिराम नछुङ लगायतको उपस्थीतमा कार्यक्रम सम्पन्न भएको सह–सचिव गिरिले बताउनु भयो । कार्यक्रमका झलक तस्वीरमा  ...
माओवादी केन्द्र खोटाङ काठमाण्डौ सम्पर्क समन्वय समितिको अध्यक्षमा गजेन्द्र राई

माओवादी केन्द्र खोटाङ काठमाण्डौ सम्पर्क समन्वय समितिको अध्यक्षमा गजेन्द्र राई

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ मंसिर १८ : नेकपा माओवादी केन्द्र खोटाङ काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा गजेन्द्र राई चयन हुनुभएको छ । सम्पर्क समन्वय समितिको चौथो जिल्ला सम्मेलनले आज राईलाई अध्यक्षतामा चयन गरेका हो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अनुशासन विभाग प्रमुख टंक राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यमले राईको अध्यक्षतामा ५५ सदस्य समिति गठन गरेको बताईएको छ । कमिटिको उपाध्यक्षमा तेज बहादुर राई, मुना राई, दुर्गा भण्डारी, सचिवमा नित्यराज दाहाल र कोषाध्यक्षमा प्रेमिला राई चयन हुनु भएको माओवादी केन्द्र खोटाङले जनाएको छ ।  ...
दोस्रो हलेसीको नामले परिचित हौँचुरको जुडिमा भक्तजनको भिड (फोटो फिचर)

दोस्रो हलेसीको नामले परिचित हौँचुरको जुडिमा भक्तजनको भिड (फोटो फिचर)

Banner News 1, ताजा अपडेट, धर्म संस्कृति, स्थानीय
खोटाङ मङ्सिर १७ : हरेक बर्षको बालाचतुर्दशीको अवसरमा जुडिमा हजारौ भक्तजनहरुको भिड लाग्ने गरेको छ । कोरोना भाईरसको कारण अघिल्लो बर्ष जुडिमा मेला लाग्न सकेको थिएन । यो बर्ष भने जुडिमा भब्य मेला लागेको छ । खोटाङको दोस्रो हलेसीको नामले परिचित जुडि जिल्लाको रावाबेसी गाउँपालिका ६ हौँचुरमा अवस्थीत छ । साँघुरो बाटो भएको कारण खेत भन्दा माथी भिरमा रहेको जुडि गुफामा जान पहिले निकै कठिन थियो । तर अहिले गाउँपालिका र वडाकार्यलयले बजेट बिनियोज गरेर गुफा सम्म जान सिढी निर्माण गरिदिएको छ । शौचालय र खानेपानीको धाराको ब्यवस्था पनि गरेपछि जुडिको रौनक थपिएको छ । हरेक बर्षको बालाचतुर्दशीका दिन मेला लाग्दै आएको जुडिमा दर्शन गर्दा मनले चिताएको पुरा हुने जनबिश्वास रहिआएको छ । धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल जुडिको अझ प्रचार प्रसार गर्नसके आन्तरिक एवं बाह् पर्यटकको गन्तव्य स्थान बन्न सक्न...
पुर्वका दुर्लभ जेठामान पश्चिमेली कौडा भाका लिएर बजारमा (भिडियो सहित)

पुर्वका दुर्लभ जेठामान पश्चिमेली कौडा भाका लिएर बजारमा (भिडियो सहित)

Banner News 3, ताजा अपडेट, मनोरञ्जन
खोटाङ मङ्सिर १७ : पुर्वका दुर्लभ जेठामान पश्चिमेली कौडा नेपाली लोक भाका लिएर बजारमा आउनु भएको छ । उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिकामा जन्मीनु भएका दुर्लभ जेठामान नामले परिचित हिरन कुमार राईको आवाज र संगित रहेको पश्चिमेली “जोवान बैना देउ” कौडा लोक भाका बिहिबार बिमोचन भएको हो । उक्त भाकामा जेठामानसँगै चर्चित रियालिटि सो “द भोईस अफ नेपाल सिजन ३” को उपबिजेता तारा श्रीस मगरको पनि आवाज रहेको छ भने भाकाको शब्द कुमारी बाठा मगर (मनु) को रहेको छ । गुड लक नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा दुर्लभ जेठामान, तारा श्रीस मगर, अनुप राना , प्रिया घर्ति मगर र अन्जलि गुरुङको अभिनय रहेको छ । भिडियोको नृत्य तथा निर्देशन केशु पुन मगरको रहेको छ । कडा मेहनतले गीत एवं भिडियो तयार गरिएको कारण एक पटक सबै दर्सक स्रोताले सुनेर र हेरेर प्रतिक्रिया दिन गायक एवं संगितकार जेठामानले अनुर...
नेपाली कांग्रेस प्रदेश एक महाधिवेशमा खोटाङबाट ४ जनाको उम्मेद्वारी

नेपाली कांग्रेस प्रदेश एक महाधिवेशमा खोटाङबाट ४ जनाको उम्मेद्वारी

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ मङ्सिर १७ : नेपाली कांग्रेसको प्रदेश अधिवेशनमा खोटाङबाट चार जनाले उम्मेद्वारी दिएका छन । भोली हुने प्रदेश नम्बर एकको अधिवेशनमा जिल्लाबाट भुपेन्द्र राईले महामन्त्री, वीर काजी राईले सह–महामन्त्री, जितेन्द्र शिंह ठकुरीले खुल्ला तर्फ प्रदेश सदस्य र बिमला राईले आदिवासी जनजाती महिला तर्फ प्रदेश सदस्यमा आफ्नो उम्मेद्वारी घोषणा गर्नु भएको हो । भुपेन्द्र राई महाधिवेशन प्रतिनिध एवं दिप्रुङ चुईचुम्मा गाउँपालिकाको अध्यक्ष समेत रहनु भएको छ । वीर काजी राई र जितेन्द्र शिंह ठकुरी कांग्रेसको महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । यस्तै बिमला राई महाधिवेशन प्रतिनिध एवं हलेसी तुवाचुङ नगरपालिकाको उपमेयर रहनु भएको छ । कांग्रेस प्रदेश नम्बर एकको अधिवेशनमा संस्थापन र संस्थापनइतर दुई समुह चुनावी मैदानमा उत्रिदैछन । दुवै समुहले सभापतिका लागि उम्मेद्वारीको टुंगो हिजै लगाएका हुन । जसमा संस्थापनइतर पक्षको सभापतिमा ग...
दुई बर्ष पछि लागेको हलेसी मेला यस्तो देखियो (फोटो फिचर)

दुई बर्ष पछि लागेको हलेसी मेला यस्तो देखियो (फोटो फिचर)

Banner News 2, ताजा अपडेट, धर्म संस्कृति
खोटाङ मङ्सिर १७ : बालाचतुर्दशीकाको अवसरमा हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर ७ स्थीत सुप्रशिद्ध त्रिधार्मिक तपोभूमी हलेसीमा बृहत मेला लागेको छ । हलेसीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, तीज, साउनको सोमबार लगायत पर्वमा ठूलो मेला लाग्ने गरेको छ । हलेसीमा सबै भन्दा लामो मेला रामनवमीमा १५ दिन सम्म लाग्ने गरेको छ । तर कोरोनाका कारण दुई बर्ष यता मेला लाग्न सकेको थिएन । धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसीमा महादेवगुफा, पापद्वार, धर्मद्वार, भैरवगुफा, बसाहागुफालगायत अवलोकन गर्न र पूजाआजा गर्न भक्तजन आउने गरेका छन । गुफामा हिन्दु, बौद्ध र किरात धर्म मान्नेहरु आ–आफ्नै तरीकाले पुजापाठ गर्ने गर्छन । जुन दृश्य सबैका लागी रोचक लाग्ने गर्छ । हिन्दु धर्ममा आस्था राख्नेहरुले यसलाई पशुपतिनाथको रुपमा, बौद्ध धर...
हलेसीमा दुई बर्ष पछि मेला, नगरपालिकाद्धारा भोली सार्वजनिक बिदा

हलेसीमा दुई बर्ष पछि मेला, नगरपालिकाद्धारा भोली सार्वजनिक बिदा

Banner News 2, ताजा अपडेट, धर्म संस्कृति, समाचार, स्थानीय
खोटाङ मङ्सिर १६ : खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले भोली एक दिन सार्वजनिक बिदा दिने भएको छ । बालाचतुर्दशीकाको अवसरमा भोली नगरपालिकाको वडा नम्बर ७ स्थीत सुप्रशिद्ध त्रिधार्मिक तपोभूमी हलेसीमा बृहत मेला लाग्ने भएको हुँला नगरपालिकाले एक दिन (शुक्रबार) सार्वजनिक बिदा दिएको सूचना जारी गरेर जानकारी दिएको छ । कोरोनाका कारण दुई बर्ष यता लाग्न नसकेको मेला यो बर्ष भब्यताका साथ लाग्ने तयारीमा छ । धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसीमा महादेवगुफा, पापद्वार, धर्मद्वार, भैरवगुफा, बसाहागुफालगायत अवलोकन गर्न र पूजाआजा गर्न भक्तजन आउने गरेका छन । हलेसीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, तीज, साउनको सोमबार लगायत पर्वमा ठूलो मेला लाग्ने गरेको छ । हलेसीमा सबै भन्दा लामो मेला रामनवमीमा १५ दिन सम्म लाग्ने गरेको छ । हलेसीम...
दिक्तेल रुपाकोटका तीन वडामा नेकपा (एस) को वडा कमिटि गठन

दिक्तेल रुपाकोटका तीन वडामा नेकपा (एस) को वडा कमिटि गठन

Banner News 3, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ मङ्सिर १६ : जिल्लाको दिक्तेल रुपाकोटम मझुवागढी नगरपालिका ४ खाल्लेमा नेकपा (एकीकृत समाजबादी) को वडा कमिटि गठन गरिएको छ । पार्टीका केन्द्रीय कमिटि सदस्य कुल प्रसाद शर्मा फुयलको प्रमुख आतिथ्यमा बुधबार बिषन राईको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा राम प्रसाद घिमिरे, सचिवमा सुजन लम्साल, उपसचिवमा चन्द्रमणी घिमिरे, कमला थापा, डम्बर पौडेल र कोषाध्याक्षमा कल्याण राई रहनुभएको छ । सोहि भेलाले उदिम राईको अध्यक्षतामा युवा संगठन वडा कमिटी पनि गठन गरेको छ । यस्तै खाल्लेमा पार्टी कार्यालय समेत उद्घाटन गरिएको नेकपा (एकीकृत समाजबादी) पार्टी खोटाङले जनाएको छ । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १३ नुनथलामा लिलाबहादुर तामाङको अध्यक्षतामा र सोहि नगरपालिका ५ लफ्याङमा सोमबार भिमप्रसाद राईको अध्यक्षतामा २९÷२९ सदस्यीय वडा कमिटी गठन गरिएको पार्टीले जनाएको छ ।...
पत्रकारमाथी हातपात गर्नेलाई विभिन्न संघसंगठनद्धारा कारबाहीको माग

पत्रकारमाथी हातपात गर्नेलाई विभिन्न संघसंगठनद्धारा कारबाहीको माग

Banner News 2, ताजा अपडेट, समाचार, समाज
मङ्सिर १५ : सोलुखुम्बुको सल्लेरीमा रिपोटिङका क्रममा संचारकर्मीमाथि हातपात भएको घटना प्रति विभिन्न संघसंगठनले आपत्ति जनाउँदै विज्ञप्ती जारी गरेका छन् । घटनाको विषयमा सत्यतथ्य छानविन गरि दोषीलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ प्रदेश १ शाखा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बु लगाएतले विज्ञप्ती जारी गरेका हुन् । नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सभापतिका लागि मंगलबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा रिपोटिङमा गएका सोलु एफ.एम.कर्मी सुवास दर्नाल र सोलु एफ.एम.मै कार्यरत रमन वन माथि हातपात भएको थियो । पीडित पत्रकारले जाहेरी दरखास्त दिएको बताएका छन् । हातपात गर्नेहरुमा नेपाल विद्यार्थी संघका जिल्ला उपाध्यक्ष जीवन बस्नेत, क्षेत्रीय प्रतिनिधि प्रदिप बस्नेत, नेविसंघ माप्यदुधकोशी अध्यक्ष विभुषण राईको समुह रहेको पत्रकार दर्नालले बताउनुभयो । मतगणना स्थल बाहिर ...