Monday, August 24News That Matters

ताजा अपडेट

खोटाङमा कांग्रेसको दुवै प्रदेश सभा मतदान सकियो, प्रदेश सभा “ख” को मतगणना सुरु

खोटाङमा कांग्रेसको दुवै प्रदेश सभा मतदान सकियो, प्रदेश सभा “ख” को मतगणना सुरु

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ मंसिर ३ : नेपाली कांग्रेसको १४ औँ महादिवेशन अन्तरगत खोटाङमा दुवै प्रदेश सभा अधिवेशनका मतदान सकिएको छ । प्रदेश सभा “क” अन्तरगत हलेसीमा भएको मतदानमा ७०३ मत मध्ये ६८२ मत खसेको छ । यस्तै सिमपानीमा भएको प्रदेश सभा “ख” को मतदानमा ७०३ मध्ये ६३५ मत खसेको निर्वाचन अधिकृत सुदिप काफ्लेले जानकारी दिनुभयो ।  प्रदेश सभा ‘ख’ मा बिहान १०ः३० बजे सुरु भएको मतदान सम्पन्न पश्चात मतगणना सुरु भएको छ । यस्तै दिउँसो १ः३० बाट सुरु भएको प्रदेश सभा क को मतदान ६ः३० बजे सकिएको हो । मतगणना केहि समय पश्चात सुरु हुने बताईएको छ । प्रदेश ‘ख’ का लागी पुर्व पार्टी सभापती एवं माहासमिति सदस्य बिष्णु कुमार राई टिमबाट दिनेश घिमिरेको नेतृत्वमा र महाधिवेशन प्रतिनिध एमं दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईको टिमबाट चण्डी कुमार राईको नेतृत्वमा दुई टिम चुनावी मैदानमा उत्रिएका छन । यस्तै प्रदेश ‘क’ मा पनि दुई ...
खोटाङ कांग्रेस अधिवेशन : प्रदेश सभा “ख” को मतदान सुरु, “क” मा १२ बजेबाट

खोटाङ कांग्रेस अधिवेशन : प्रदेश सभा “ख” को मतदान सुरु, “क” मा १२ बजेबाट

Banner News 1, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ मंसिर ३ : नेपाली कांग्रेसको १४ औँ महादिवेशन अन्तरगत खोटाङमा प्रदेश क्षेत्र अधिवेशन सुरु भएको छ । खोटाङ प्रदेश ‘ख’ को अधिवेशन खोटेङ गाउँपालिका ८ सिमपानीमा स्थीत सिमपानी क्यामपसमा बिहान १० बजे बाट मतदान सुरु भएको निर्वाचन अधिकृत सुदिप काफ्लेले जानकारी दिनुभयो । अधिकृत काफ्लेका अनुसार दिउँसो ३ बजेसम्म मतदान सकिने छ । मतदान सकिए पश्चात मतगणना गरेर आजै नतिजा सार्वजनिक हुनेछ । प्रदेश ‘ख’ का लागी पुर्व पार्टी सभापती एवं माहासमिति सदस्य बिष्णु कुमार राई टिमबाट दिनेश घिमिरेको नेतृत्वमा र महाधिवेशन प्रतिनिध एमं दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईको टिमबाट चण्डी कुमार राईको नेतृत्वमा दुई टिम चुनावी मैदानमा उत्रिएका छन । यस्तै यता, प्रदेश ‘क’ को अधिवेशन हलेसी तुवाचुङ नगरपालिका ७ महादेव स्थान स्थीत महेन्द्रोदय माध्यमिक बिद्यालयमा सुरु भएको छ । यतिबेला उम्मेद्वारी दर्ता गराउने...
खोटाङमा महसुल नतिर्ने १३ ग्राहकको विद्युत काटियो

खोटाङमा महसुल नतिर्ने १३ ग्राहकको विद्युत काटियो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मंसिर ३ : खोटाङमा लामो समय विद्युत महसुुल नतिर्ने १३ ग्राहकको विद्युत लाइन काटिएको छ । विद्युत महसुल तिर्न बारम्बार ताकेता गर्दा पनि अटेर गरेपछि १३ ग्राहकको विद्युत लाइन काटिएको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख विजयराज रेग्मीका अनुसार खोटाङमा चार सय बढी उपभोक्ताले पाँच महिनासम्म विद्युत महसुल तिरेका छैनन् । मिटर रिडिङ भएको बढीमा ६० दिनभित्र महसुल बुझाउनुपर्ने भए पनि ती उपभोक्ताले हालसम्म महसुुल नबुझाएको उहाँको भनाइ छ । जिल्लामा चार सय १३ उपभोक्ताले पाँच हजार बढी बक्यौता र पाँच महिनाभन्दा बढी समय नाघिसक्दा पनि महसुल नतिरेका हुन् । ती उपभोक्ताबाट ६० लाख बढी बक्यौता उठ्न बाँकी छ । महसुल नतिर्नेमा सामुदायियक विद्युत संस्था, औद्योगिक ग्राहकहरू, स्थानीय वडा कार्यालयहरू, स्वास्थ्य चौकिहरू, विद्यालय र सर्वसाधारण ग्राहक रहेका केन्द्रले जनाएको ...
इलाका प्रहरी कार्यलय हलेसीद्धारा एक साता भित्र हजार बढी गाँजाका बोट नष्ट

इलाका प्रहरी कार्यलय हलेसीद्धारा एक साता भित्र हजार बढी गाँजाका बोट नष्ट

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ : इलाका प्रहरी कार्यलय हलेसी तुवाचुङले लागु औषध (गाँजा) फडानी कार्यलाई तिव्रता दिएको छ । गाँजा फडानी कार्यलाई तिव्रता दिने क्रममा आज (बिहिबार) हलेसी तुवाचुङ नगरपालिका ७ ऐसेलुखर्क स्थीत खेतबारीमा उम्रिएका गाँजाका बोटहरु फडानी गरिएको कार्यलयले जनाएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रमोद कार्कीको कमाण्डमा खटिएको ९ जनाको प्रहरी टोलीले बिहान ११ बजे उक्त गाउँका ३ रोपनी जग्गा क्षेत्रफलमा उम्रीएका करीब ५०० गाँजाका बोटहरु फडानी गरेको हो । फडानी गरिएका गाँजाका बोटहरु सोहि स्थानमा जलाएर नष्ट गरिएको कार्यलयले जनाएको छ । सामाजिक अपराधलाई निस्तेज पार्न, लागू औषध गाँजा कारोबार रोकथाम र अपराध नियन्त्रण गर्न गाँजा फडानी कार्यलाई तिव्रता दिएको कार्यालय प्रमुख प्रहरी निरीक्षक कार्कीले बताउनु भयो । प्रमुख टोलीको कमाण्डमा खटिएको प्रहरी टोलीले कार्तिक २६ गते पनि हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिम...
बाउले तरुनी खोज्दे भन्न थालेपछि रमेशसँग गुहार माग्दै तुलसी (भिडियो)

बाउले तरुनी खोज्दे भन्न थालेपछि रमेशसँग गुहार माग्दै तुलसी (भिडियो)

Banner News 3, कला, साहित्य, ताजा अपडेट
मंसिर ०२, खोटाङ । चर्चित पत्रकार तथा गायक रमेश प्रसाईं र जीवन विष्टको शब्द तथा संगीतमा ‘तरुनी खोज्दे भन्न थाले’ बोलको गीत सार्वजनिक भएको छ । कमेडी प्याटर्नका गीतहरू लामो समयदेखि बजारमा नआइरहेको अवस्थामा यो गीतले दर्शक तथा स्रोताको मन जित्ने विश्वास गरिएको छ । पत्रकारितामा लामो समयदेखि सक्रिय प्रखरवक्ता प्रसाईंले लेखेको यो पहिलो गीत हो । यसअघि उनी ‘रिंकेबुङको राँगा’ बोलको गीतबाट गायकका रूपमा स्थापित भइसकेका छन् ।  गीतमा पूर्वका चर्चित युवा गायक तुलसी घिमिरेले आवाज दिएका छन् । घिमिरेको स्वरमा यसअघि सार्वजनिक भएका ‘ल्याङ ल्याङ भो’, ‘किस्ताबन्दीमा’, ‘ए मेरी तरुनी’ बोलका गीत निकै चर्चित छन् । पूर्वका सबैजसो कार्यक्रमका स्टेज तताइसकेका युवा गायक घिमिरेको यो गीतसमेत हिट हुने अनुमान गरिएको छ । म्युजिक भिडियोको निर्देशन तुलसी घिमिरे र सरोज केसीले गरेका छन् । विराटनगरको बिट्स स्टुडियोमा रेकर्ड ग...
संसारकै विरही गीत, जुन गीत सुनेर दर्जनौ मानिसले आत्महत्या गरे

संसारकै विरही गीत, जुन गीत सुनेर दर्जनौ मानिसले आत्महत्या गरे

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन
मंसिर १ : मानिस प्रेममा हुँदा रोमान्टिक गीत मन पराउँछ । मन दुख्दा दुःख र विरहका गीत सुन्न मन पराउँदछ । कतिपय यस्ता गीतहरू हुन्छन् जसलाई पटक–पटक सुन्न मन लाग्दछ । यस्ता केही गीत–संगीत हुन्छन् जुन सुनिसकेपछि मानिसहरू अकारण नै दुःखी हुन्छन्, छटपटाउँछन् । त्यस्तै एउटा गीत थियो, जुन सुनेर धेरै मानिसहरूले आत्महत्या गरे । उक्त गीतलाई मानिसहरू संसारकै सबैभन्दा विरही तथा विषादपूर्ण गीत अर्थात The Hungarian Suicide Song पनि भनिन्छ । यो गीत यति खतरनाक थियो कि धेरै मानिसहरूले आत्महत्या गर्न थालेपछि गीतमाथि प्रतिबन्ध नै लगाउनु परेको थियो, र त्यस्तो प्रतिबन्ध ६२ वर्षसम्म कायम रह्यो । उक्त गीतको बोल ग्लूमी सन्डे (Gloomy Sunday) हो । हंगेरीका संगीतकार रेजसो सेरेसले तयार गरेका थिए । सन् १९३३ मा उनले ग्लूमी सन्डे वा स्याड सन्डेको नामबाट उक्त गीततयार पारेका थिए । उनले उक्त गीतलाई प्रेमसँग जोडेर तयार गरेका ...
मुख्यमन्त्री राईलाई विश्वासको मत, पक्षमा पर्‍यो ५०

मुख्यमन्त्री राईलाई विश्वासको मत, पक्षमा पर्‍यो ५०

ताजा अपडेट, राजनीति, समाचार
मंसिर १ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई विश्वासको मत प्राप्त भएको छ। बुधबारको प्रदेशसभा बैठकमा भएको मतदानमा राईको पक्षमा ५०  मत प्राप्त भएको हो।   त्यस्तै उनको विपक्षमा २९ मत परेको छ। त्यस्तै दुवै पक्षमा मत दिन्नँ अर्थात् तटस्थमा शून्य मत परेको थियो। मतदानमा ७९ सदस्यहरू सहभागी भएका थिए। कात्तिक ३० गते मंगलबार नै विश्वासको मत लिने कार्यसूची रहेको भए पनि नेपाल बन्दको कारण देखाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरू अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो। ९२ सदस्यीय प्रदेशसभामा एमालेका  ४१ सांसद छन्। जसमध्ये १ जना सभामुख छन् भने एकजना फरार छन्। त्यस्तै कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका तीन र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाका एकजना सांसद छन्।...
खोटाङ : कार्तिक महिनामा ट्राफिक नियम विपरीत सवारी चलाउने झण्डै दोब्बरले बढे

खोटाङ : कार्तिक महिनामा ट्राफिक नियम विपरीत सवारी चलाउने झण्डै दोब्बरले बढे

ताजा अपडेट, समाचार, समाज, स्थानीय
३० कात्तिक, खोटाङ । खोटाङमा पछिल्लो एक महिनामा ट्राफिक नियम विपरीत सवारी साधन चलाउनेको संख्या झण्डै दोब्बरले बढेको छ । जिल्लामा कात्तिक महिनामा मात्रै ट्राफिक नियम उल्लंघन गरी चलाइएका ९ सय ५ वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले जनाएको छ । ती सवारी साधन कारबाहाीबाट ६ लाख ५३ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दिलबहादुर खत्रीले जानकारी दिनुभयो । अघिल्लो महिना असोजमा ५ सय ५० सवारी कारबाहीबाट ४ लाख ७० हजार राजश्व उठेको थियो । यो महिनामा नेपालीहरूको दोस्रो ठूलो चाड तिहार परेको र सो समयमा सवारी आवागमन बढेकाले कारबाहीको संख्या पनि बढेको खत्रीको भनाइ छ । उहाँका अनुसार जिल्लामा यो महिना सबैभन्दा बढी कार–जीप–भ्यान कारबाहीमा परेका छन् । कात्तिक महिनामा मात्र ३ सय ७४ वटा कार–जीप–भ्यान कारबाहीमा परेका हुन् । यस्तै मोटरसाइकल ३ सय ५६, ट्रक ८६, ट्या...
कांग्रेस खोटाङको सभापतिमा चार जनाको भिडन्त, दोस्रोे चुनावको संभावना

कांग्रेस खोटाङको सभापतिमा चार जनाको भिडन्त, दोस्रोे चुनावको संभावना

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ कार्तिक ३० : नेपाली कांग्रेस खोटाङ जिल्ला सभापतिमा चार जनाको भिडन्त हुने देखिएको छ । नेपाली कांग्रेस खोटाङको जिल्ला नेतृत्व गर्न चार जनाले सभापतिमा उम्मेद्वारी दिएसँगै जिल्ला अधिवेशनमा चार जनाको भिडन्त हुने पक्का जस्तै भएको छ । नेपाली कांग्रेस खोटाङको अधिवेशन मंसिर ६ गते हुँदैछ । अधिवेशन आफ्नो पक्षमा पार्नको लागी यतिबेला कांग्रेसका नेता कार्यकर्ता गाउँगाउँमा पुगेका छन । सातौँ जिल्ला अधिवेशनमा जिल्ला तहको नेतृत्वका लागि कांग्रेस पूर्व जिल्ला सभापति एवं महासमिति सदस्य विष्णुकुमार राईको समूह नै घोषणा भएको छ । राईको समूहबाट उपसभापतिमा इवन राई र तीर्थराज भट्टराई, सचिवमा ज्ञानेन्द्र जोशी र समीर राई उम्मेद्वार रहनुभएको छ । यस्तै सह–सचिवमा सार्जन राई र शालिकराम बञ्जारालाई उम्मेद्वार बनाइएको छ । यस्तै, पुर्व राज्यमन्त्री सर्वधन राईले जिल्ला सभापतिमा आफ्नो उम्मेद्वा...
खोटाङमा बन्दको प्रभाव : काठमाण्डौको लागि छुटेनन् बस, पसलहरु फाट्टफुट्ट खुले

खोटाङमा बन्दको प्रभाव : काठमाण्डौको लागि छुटेनन् बस, पसलहरु फाट्टफुट्ट खुले

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक ३० : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले बन्दको आह्वान गरेको हो । नेपाल बन्दको काठमाडौं उपत्यकामा आंशिक प्रभाव देखिएको छ । बन्दका कारण उपत्यकामा सार्वजनिक सवारीसाधन कम चलेका छन । यता खोटाङमा पनि बन्दको प्रभाव परेको छ । जिल्लाबाट राजधानी काठमाण्डौ लगाएत तराईका लागी छुट्ने बस बन्दको कारण आज नछुटेको जिल्ला ट्राफिक इन्चार्ज दिल बहादुर खत्रीले जानकारी दिनुभयो । यद्यपी बाहिरबाट आएका रात्रीबसहरु भने जिल्ला प्रवेश गरेका छन । बाहिरबाट प्रवेश गरेका सवारी साधनहरुलाई गन्तव्य सम्म पु¥याउने काम भईरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । सदरमुकाम दिक्तेल र हलेसी बजारका पसलहरु फट्टफुट्ट खुलेका छन । जिल्लामा बन्दकर्ताहरुको सहभागीता नदेखिएपनि सडकह...