खोटाङमा मिडिया ग्रुपलाई सक्रिय बनाइने
खोटाङ, वैशाख २५ । खोटाङमा मिडिया ग्रुपलाई सक्रिय बनाइने भएको छ । जिल्लामा ६ वर्ष अघि स्थापना गरिएको मिडिया ग्रुपलाई अब सक्रिय बनाएर लगिने भएको हो ।
जिल्लामा २०७५ सालमा मिडिया ग्रुपको स्थापना गरिएको थियो । हिमाल मिडिया ग्रुप नाम राखेर स्थापना गरिएको ग्रुपले सुरुवाती दिनमा जिल्लाका विभिन्न ठाउँमा पुगेर कार्यक्रमहरु गरेको थियो । केही रेडियोहरुमा प्रायोजन गरेर कार्यक्रमसमेत सञ्चालन गरेको थियो । विगत केही वर्षदेखि सुस्ताएको ग्रुपलाई अब सक्रियरुपमा अघि बढाइने मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।
मिडिया ग्रुपमा अहिले नयाँ कार्यसमितिसमेत चयन गरिएको छ । ज्ञानेन्द्र विश्वकर्मा (कमेडियन) को अध्यक्षमा गठित नयाँ कार्यसमितिले केही समय भित्र दिक्तेलमा कार्यालय स्थापना गरेर विभिन्न काम गर्ने जनाएको छ । कार्यालय स्थापना पश्चात संगीत, नाटक, नृत्य र चित्रकला कक्षा सुरु गर्ने अध्यक्ष विश्वकर्माल...









