खोटाङबाट कांग्रेसको महासमिति सदस्यमा ११ जनानै सर्वसम्मत निर्वाचित
खोटाङ, मङ्सिर २० । खोटाङमा नेपाली कांग्रेसको महासमिति सदस्य सर्वसम्मत चयन भएको छ । आवश्यक भन्दा बढी ब्यक्तिको उम्मेद्वारी नपरेपछि जिल्लाबाट ११ जनालाई सर्वसम्मत निर्वाचित गरिएको नेपाली कांग्रेस खोटाङले जनाएको छ ।
एक प्रतिनिधि निर्वाचन क्षेत्रबाट ११ जना महासमिति बैठकका लागि प्रतिनिधि हुने कांग्रेसको विधानको व्यवस्था छ । सोही अनुसार खोटाङबाट ११ जना महासमिति सदस्यका लागि मङ्सिर १९ र २० गते निर्वाचन मिति तोकिएको थियो । तोकिएको समयमा ११ जनाको मात्रै उम्मेद्वारी परेपछि उहाँहरुलाई विजयी घोषणा गरिएको निर्वाचन अधिकृत एवं नेपाल शिक्षक संघ खोटाङका अध्यक्ष मेजर राईले जानकारी दिनुभयो ।
खोटाङबाट महासमिति सदस्यमा खुलातर्फ सुवास कुमार पोखरेल, शहरमान राई, जितेन्द्र सिंह ठकुरी, रविप्रकाश राई, लोकेन्द्र राजभण्डारी, कमला राई र सरिता खड्का, आदिवासी जनजातीतर्फ भिषण राई र देबकुमारी राई, खस आर्यतर्फ सुमनबाबु आचा...









