पाठेघर खसेका महिलाको उपचार गर्न नगरले लग्यो अस्पताल
खोटाङ, मङ्सिर ९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पाठेघर खसेका महिलालाई उपचारकालागि अस्पताल लगेको छ । वडासम्म पुगेर पाठेघर खसेको महिलाको पहिचान गरी उपचारका लागि काभ्रेको बनेपास्थित सीरमेमोरीयल अस्पताल लगेको हो ।
पाठेघर खसेका महिलाको पहिचान तथा उपचारका लागि नगरपालिकाले हरेक वर्ष कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरपालिकाले अघिल्लो वर्ष सोही अस्पताल पु¥याएर २० जना महिलाको निःशूल्क अप्रेसन गराएको थियो । यो वर्ष थप महिलाहरुको पहिचान भएपछि अप्रेसनका लागि २० जनालाई शनिबार अस्पताल लगिएको मेयर विमला राईले बताउनुभयो ।
अघिल्लो वर्ष जस्तै यो वर्ष पनि सामुदायिक सेवा प्रतिष्ठान नेपालसँगको समन्वयमा महिलाहरुको निःशूल्क अप्रेसन गर्ने ब्यवस्था मिलाईएको उहाँको भनाइ छ । जसअनुसार अस्पतालसम्म जान, आउन, खान, बस्न कुनै पनि शूल्क लाग्ने छैन् । बिरामीसँगै एक जना बिरामीको कुरुवा पनि लगिएको छ । नगरपालिकाले निःशू...









