खोटाङका ६ ठुला योजना अलपत्र, २ अपुरै, १ अन्योलमा
राजकुमार भट्टराई (सरगम)
खोटाङ, साउन ३१ । वर्षौ अघि ठेक्का लागेका खोटाङका ६ वटा ठुला योजना अलपत्र रहेका छन् । ठेक्का सम्झौता म्याद सकिए पनि जिल्लाका ६ ठुलो योजना अलपत्र रहेका छन् । ठेक्का सम्झौता म्याद सकिन लागेका २ वटा ठुला योजना अपुरै छन् । एउटा देशकै ठुलो योजना अन्योलमा अवस्थामा छ ।
गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तर्गत खोटाङको महुरे–फोक्सिन्टार सडक र मध्यपहाडी राजमार्ग अन्तरगत सेखुवा–चखेवाभन्ज्याङ सडकको कालोपत्रे गर्ने ठेक्का सम्झौता वर्षौँ अघि लागेको थियो । सम्झौता म्याद सकिए पनि निर्माण कम्पनीको लापारबाहीका कारण अहिले सडकको अवस्था ह्दयवेधी छ । यी दुई सडकमा दिनमा सयौँ यात्रुहरु आवतजावत गर्छन् । तर सडक हिलाम्मे र खाल्डाखुल्डीहुँदा यात्रुहरुको कन्तबिजोग छ । सडकको अवस्था नाजुकहुँदा बिरामीलाई समयमा अस्पताल लान नसक्ने अवस्था रहेको स्थानीय बताउछन् ।
४९ किलोमिटर महुरे–फोक्सिन्टार सडक...









