Thursday, April 30News That Matters

ताजा अपडेट

अन्धो हुन्छ माया भन्दै बजारमा आए विश्वास गजमेर

अन्धो हुन्छ माया भन्दै बजारमा आए विश्वास गजमेर

ताजा अपडेट, मनोरञ्जन
साउन ८ । नेपाल जन्मथलो भई लामो समयदेखि अमेरिका कर्मथलो बनाईरहेका गायक विश्वास गजमेरले अन्धो हुन्छ माया बोलको गितको भिडियो सार्वजनिक गरेका छन । गीतमा विश्वासको स्वर विकास संगम राईको शब्द, विक्रम राईको संगीत र देबेश राईको एरेन्ज रहेको छ । सार्वजनिक भिडियोमा सुभम चाम्लिङ्ग राई र पुजा तामाङ्गको अभिनय, बिशाल थापाको छायाँकन र ज्वाला राईको निर्देशन तथा सम्पादन रहेको छ । https://youtu.be/LrYVhBcRhOE...
भ्रष्टाचार मुद्दा लागेपछि खोटाङका सिडियो भोजराज खतिवडा निलम्बित

भ्रष्टाचार मुद्दा लागेपछि खोटाङका सिडियो भोजराज खतिवडा निलम्बित

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन ७ । खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा निलम्बनमा परेका छन् । यस अघि ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा विद्युत् विस्तारमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेपछि खतिवडा निलम्बनमा परेका हुन् । आर्थिक वर्ष २०७५/०७६ मा सिद्धिचरण नगरपालिकाको वडा नं. १० मा विद्युतीकरणको कार्यमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । विद्युत विस्तारमा आवश्यक तार, पोल ट्रान्सफर्मर खरिद एवं निर्माण आयोजनामा भ्रष्टाचार भएको अख्तियारले जनाएको छ । उनिहरुले फर्जी बिल बनाएर ४ लाख ७७ हजार ८ सय ९९ रुपैयाँ भ्रष्टाचार गरेको अदालतको ठहर छ । खतिवडासँगै विद्युत प्राधिकरण, ओखलढुंगा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख सञ्जीव साह, वडा नम्बर १० का तत्कालीन वडा अध्यक्ष दामोदर धमला, तत्कालीन इन्जिनियर ...
ऐसेलुखर्क बजार गएकी महिला बाटोमा मृत अवस्थामा फेला

ऐसेलुखर्क बजार गएकी महिला बाटोमा मृत अवस्थामा फेला

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन ७ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ स्थित ऐसेलुखर्क बजार गएकी महिला बाटोमा मृत अवस्थामा फेला परेकि छिन् । शनिबार साप्ताहिक हाट भर्न घरबाट हिडिकी ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीकी करीब ४५ वर्षीया मेगमाया तामाङ मृत अवस्थामा भेटिएकी हुन् । बजारबाट अपरान्ह ५ बजेसम्म घर नफर्किएपछि परिवार र आफन्तले उनको खोजी गरेका थिए । बाटोमा खोजतलासी गर्दै जादा मृत अवस्थामा फेला परेको बताइएको छ । इलाका प्रहरी कार्यालय ऐसेलुखर्कलाई जानकारी आएपश्चात गएर हेर्दा ढुंगामा अड्किएको अवस्थामा लास फेला परेको थियो । बाटो भन्दा करीब ५ सय मिटर तल कटुञ्जे खोला भित्र ढुंगामा अड्किएको अवस्थामा लास भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । मृत अवस्थामा भेटिएकी तामाङ बाटोमा हिड्दै गर्दा चिप्लिएर लडेको हुन सक्ने प्रहरीको अनुमान छ । मृत तामाङको आजै पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय खो...
एमालेले खोटाङमा माल्यापर्ण गरेर मनायो पुष्पलालको ४५ औँ स्मृति दिवस

एमालेले खोटाङमा माल्यापर्ण गरेर मनायो पुष्पलालको ४५ औँ स्मृति दिवस

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, साउन ७ । नेपाल कम्युनिस्ट पार्टी एमाले खोटाङले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस शालिकमा माल्यार्पण गरेर मनाएको छ । जिल्ला पार्टी कार्यालय अगाडी निर्माण गरिएको श्रेष्ठको शालिकमा आज बिहान माल्यार्पण गरेर ४५औँ स्मृति दिवस मनाएको हो । पुष्पलालले सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राखेर २००६ सालमा भारतको कोलकतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभएको थियो । नेकपाका संस्थापक महासचिव उनै श्रेष्ठको ४५औँ स्मृति दिवसको अवसरमा आज देश तथा विदेशमा विभिन्न कम्युनिस्ट पार्टीहरुले कार्यक्रमको आयोजना गरी मनाउँदैछन् । सोही अवसरमा खोटाङमा एमालेले श्रेष्ठको शालिकमा माल्यर्पण गरेको हो । कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराई, एमालेका जनसंगठन कोशी प्रदेशका इन्चार्ज यज्ञराज सुनुवार, एमाले खोटाङका इन्चार्ज...
रास्वपाको लफ्याङ पश्चात बाम्राङमा वडा कमिटी गठन

रास्वपाको लफ्याङ पश्चात बाम्राङमा वडा कमिटी गठन

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, असार ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खोटाङमा दोस्रो वडा कमिटी गठन गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ पश्चात वडा नम्बर ३ बाम्राङमा शनिबार वडा कमिटी गठन गरिएको (रास्वपा) ले जनाएको छ । बाम्राङमा भएको भेलाले भानुभक्त खत्री (रोशन) को संयोजकत्वमा ११ सदस्य समिति गठन गरेको छ । समितिको सह–संयोजकमा आस्विन राई (किरण), सचिवमा मीना आचार्य पाण्डे, सह–सचिवमा कुमार थापा, कोषाध्यक्षमा दुर्गा रम्तेल, सदस्यहरुमा कल्पना बस्नेत, शिव दाहाल, सन्दीप दाहाल, नबिन थापा, ज्ञान बहादुर दाहाल र सबिन राई रहेको निर्वाचन क्षेत्र समिति सदस्य मुकुन्द कृष्ण थापाले जानकारी दिए । कमिटी गठन कार्यक्रममा तदर्थ जिल्ला समितिका कोषाध्यक्ष पर्शुराम थापा (आशिष), सचिव किशोर आचार्य, प्रदेश समितीको गुनासो ब्यवस्थापन बिभागका प्रस्तावित सदस्य बिजय मिश्र, लफ्याङका संयोजक सोनाम हाङ राई लगायतको उपस्थिति...
खोटाङ सुन्तला पकेट क्षेत्र : ३५ रुपैयाँमा बिरुवा खरिद, १०० को बिल बनाएर फछ्र्योट

खोटाङ सुन्तला पकेट क्षेत्र : ३५ रुपैयाँमा बिरुवा खरिद, १०० को बिल बनाएर फछ्र्योट

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, असार ३० । खोटाङको खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा सञ्चालित सुन्तला पकेट क्षेत्रमा अनियमितता भएको पाइएको छ । पकेट क्षेत्रको सुन्तलाको बिरुवा खरिदमा अनियमितता भएको पाइएको हो । आर्थिक वर्ष २०७९/०८० को प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्तर्गत लिकुवापोखरी सुन्तला पकेट क्षेत्रलाई ५० प्रतिशत अनुदानमा रु १२ लाख रकम विनियोजन भएको थियो । स्थानीय सयपत्री कृषक समुहबाट सञ्चालन भएको सुन्तला पकेट क्षेत्रको काममा बिरुवा खरिदको बिल बढाएको पाइएको छ । ३५ रुपैयाँ गोटा बिरुवा खरिद गरेर रु १०० को बिल बनाएर कार्यक्रम फछ्र्योट गरिएको पाइएको हो । उपभोक्ता समितिले दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाबाट ४ हजार ५०० बिरुवा खरिद गरेर कृषकहरुलाई वितरण गरेको थियो । प्रत्येक बिरुवाको १०० का दरले बिल बनाएर समितिले कार्यक्रम फछ्र्योट गरिसकेको छ । तर सुन्तलाको बिरुवा याम्खास्थित...
रुखबाट झरेको पात चराहरुले टिपेर फाल्ने खोटाङको पञ्चकन्या पोखरी

रुखबाट झरेको पात चराहरुले टिपेर फाल्ने खोटाङको पञ्चकन्या पोखरी

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, असार २८ । खोटाङको पञ्चकन्या पोखरी, कतिले देखेको हो, कतिले सुनेको हो भने कतिले नसुनेको नाम हो । यो पोखरी खोटाङको सुदूर दक्षिणी भेग जन्तेढुंगा गाउँपालिका–१ देविस्थानमा पर्छ । सुनकोसी र बुँवा खोलाको संगमस्थल नजिकै रहेको पञ्चकन्या पोखरीले भर्खरै मात्र पुनर्जीवन पाएको हो । खोटाङको तराई भनेर चिनिने मैनटार गाउँ नजिकै रहेको यो पोखरी वि.स. २०४१ सालमा बुँवा खोलामा आएको बाढीले पुरिदिएको थियो । दैनिक दर्शनार्थी आइरहने पञ्चकन्या पोखरी एकाएक बगरमा परिणत भयो । त्यसपछि स्थानीयले खेल मैदानमा प्रयोग गर्न थाले । खेल मैदान बनेको पञ्चकन्या पोखरीले लामो समय पछि पुनर्जीवन पाएको छ । जन्तेढुंगा गाउँपालिकाले केही वर्ष अगाडि पोखरीको पुनर्निर्माण गरेको हो । पोखरीको पुनर्निर्माणसँगै अहिले फाट्टफुट्ट दर्शनार्थीहरु आउने गरेको स्थानीय रिपुधन तामाङ बताउनुहुन्छ । पोखरीको नजिकै मन्दिर पनि नि...
दुर्गा प्रसाईंलाई हत्या गर्ने धम्की दिएर पक्राउ पर्नेमा खोटाङका रमेश कुमार गुरुङ

दुर्गा प्रसाईंलाई हत्या गर्ने धम्की दिएर पक्राउ पर्नेमा खोटाङका रमेश कुमार गुरुङ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
असार २६ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हत्या गर्ने धम्की दिएर पक्राउ पर्नेमा खोटाङका रमेश कुमार गुरुङ रहेका छन् । खोटाङको रावा बेसी गाउँपालिका–१ कुभिण्डे स्थायी घर भएका गुरुङ हाल काठमाडौ बस्दै आएका थिए । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बार्गेनिङ पछि फिरौती लिन आएको अवस्थामा गुरुङलाई मंगलबार पक्राउ गरेको हो । प्रसाईले प्रहरीमा दिएको उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा अभियुक्तसम्म पुग्न सफल भएको बताइएको छ । उनलाई आवश्यक अनुसन्धान कारवाहीको लागिप्रहरी वृत्त महाराजगन्ज पठाइएको ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक संजय सिंह थापाले जानकारी दिए । व्यवसायी प्रसाईंलाई अपरिचित नम्बरबाट तीन हप्ताअगाडि फोन आयो । फोन गर्ने व्यक्तिले सीधै भने– तपाईंको हत्या योजना छ । ज्यानको माया छ भने ३० करोड रूपैयाँ ठीक पार्नुस् । धम्कीबाट अलिकति तर्सिए पनि प्रसाईं हड्बडाएनन् । उनले तत्कालै प्रहरीमा जान...
मैसाङ डाँडालाई चिया बगान बनाउदै दिप्रुङ चुइचुम्मा गाउँपालिका

मैसाङ डाँडालाई चिया बगान बनाउदै दिप्रुङ चुइचुम्मा गाउँपालिका

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार २४  । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले मैसाङ डाँडालाई चियाको बगानमा परिणत गर्न सुरु गरेको छ । वडा नम्बर ६ छितापोखरीस्थित मैसाङ डाँडामा रहेको करीब ४० रोपनी सरकारी जग्गामा गाउँपालिकाले ७ हजार चियाका बिरुवा रोपेको छ । सुम्निमा पारुहाङ पार्क रहेको मैसाङ डाँडा हाल आन्तरिक पर्यटकको एक गन्तव्य हो । आगामी दिनमा आन्तरिक पर्यटकको बृद्धिसँगै बाह्य पर्यटक भित्र्याउन र कृषिबाट रोजगारी दिन मैसाङ डाँडालाई चियाको बगान बनाउन सुरुवात गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो । जिल्लाका विभिन्न भूभागसँगै हिमाल र तराईका फाँटको दृश्य अवलोकन गर्न सकिने मैसाङ डाँडामा हरेक दिन आन्तरिक पर्यटक घुम्न आउने स्थानीय उत्तम खड्काको भनाइ छ । यो वर्ष ७ हजार चियाको बिरुवा रोपेको गाउँपालिकाले अन्य वर्ष बिरुवा थप्दै जाने गाउँपालिका अध्यक्ष राईको भनाइ छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत ...
खोटाङ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

खोटाङ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार २३ । खोटाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । खोप उमेर समुहका सबै बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि खोटाङलाई शनिबार एक कार्यक्रमका साथ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । नेपाल सरकारले निःशूल्क प्रदान गर्दै आएको १३ प्रकारको खोपको मात्र १५ महिना मुनीका सबै बालबालिकाले लगाएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङको प्रतिवेदनमा उल्लेख छ । हाल जिल्लामा १ वर्ष मुनिका ३ हजार ३४४ जना, २ वर्ष मुनिका ६ हजार ४९२ जना र ५ वर्ष मुनिका १६ हजार ५०५ जना बालबालिका रहेका छन् । उनिहरु सबैले खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले बताउनुभयो । खोप तालिका अनुसार सबै बालबालिकाले लगाए नलगाएको भनेर १६ देखि ५९ महिनासम्मका ...