हलेसी तुवाचुङका १६ आमा समुहलाई नगरपालिकाले दियो १/१ लाख बिउ पुँजी रकम
खोटाङ, असार ९ । हलेसी तुवाचुङ नगरपालिकाले आमा समुहलाई बिउ पुँजी रकम प्रदान गरेको छ । १६ वटा आमा समुहलाई १/१ लाखका दरले नगरपालिकाले बिउ पुँजी रकम प्रदान गरेको हो ।
नियमित बचत गर्दै आएका आमा समूहलाई शनिबार नगर प्रमुख विमला राई, उपप्रमुख रमेशकुमार राउत र प्रमुख प्रशासकीय अधिकृत कैलाश बहादुर ठकुराठीले १/१ लाखका दरले बिउ पुँजी बापतको रकम हस्तान्त्रण गर्नुभएको हो । आमाहरुलाई आम्दानीमूलक क्षेत्रमा लगानी गरेर आयआर्जनमा टेवा पु¥याउने लक्ष्यका साथ बिउ पुँजी कार्यक्रमको सुरुवात गरिएको नगर प्रमुख विमला राईले बताउनुभयो ।
नगरपालिकाले माग गरेको आवेदन अनुसार छनोट भएका १६ आमा समुहलाई शनिबार बिउ पुँजी बापतको रकम प्रदान गरेसँगै हालसम्म बिउ पुँजीको रकम लिने आमासमुहको संख्या ५० वटा पुगेको छ । आमा समुहमा भइरहेको नियमित बचत कोषमा नगरपालिकाले उपलव्ध गराएको १ लाख रकम पनि जम्मा हुनेछ । उक्त रकमबाट बाख्रा, बंगुर, ...









