देशभरका जनप्रतिनिधिले तलब लिन नहुने खोटाङका ज्येष्ठ नागरिकको माग
खोटाङ, जेठ २ । खस्किएको देशको अर्थतन्त्र सुधार गर्न देशभरका जनप्रतिनिधिले तलब नलिन खोटाङका ज्येष्ठ नागरिकले माग गरेका छन् । वडा सदस्यदेखि राष्ट्रपतिसम्मका जनप्रतिनिधिहरुले २०८४ सालसम्म भ्रमण र बैठक भत्ता बाहेक अन्य सेवा सुविधा लिन नहुने ज्येष्ठ नागरिकको माग रहेको छ ।
नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै हुने अवस्थामा पुगेको छ । कर्मचारीहरुलाई तलब दिने पैसासमेत अभाव भइसकेको हुँदा अब जनप्रतिनिधिहरुले निशूल्क जनताको सेवा गर्नु पर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत प्रधानमन्त्रीलाई ज्येष्ठ नागरिक संघ खोटाङले मंगलबार ज्ञापन पत्र पठाएको हो ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाइले तत्काल प्रधानमन्त्री साथै गृहमन्त्रीको कार्यालयमा पठाउने बताउनुभएको छ । जनप्रतिनिधिले तलब नलिनेसँगै हालसम्म भएको बेरुजु कानुन बमोजित तिर्नु पर्ने रकम एक वर्ष भित्रमा फछ्र्यौट गर्ने...









