Friday, May 1News That Matters

ताजा अपडेट

दिप्रुङ चुइचुम्मा गाउँपालिका केन्द्र र बैंक टाढा हुँदा नागरिकलाई सास्ती

दिप्रुङ चुइचुम्मा गाउँपालिका केन्द्र र बैंक टाढा हुँदा नागरिकलाई सास्ती

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ २३ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका केन्द्र र बैंक टाढा हुँदा नागरिकलाई सास्ती भएको छ । करीब एक घण्टाको दुरीमा पालिका केन्द्र र बैंक रहदा सास्ती खेप्नु परेको नागरिकले गुनासो गरेका छन् । सामान्य कागजपत्र नमिलेर बैंक र पालिका कार्यालय २/३ पटकसम्म ओहोरदोहोर गर्दा पुरै एक दिन लाग्ने गरेको नागरिकहरुले गुनासो गरेका हुन् । गाउँपालिकाको केन्द्र वडा नम्बर ५ स्थित याङसोलाटारमा रहेको छ । पालिका भित्र रहेको एक मात्र बैंक सानिमा बैंकको कार्यालय वडा नम्बर २ स्थित ओख्रेमा छ । पैदल हिडेर पालिका कार्यालयबाट बैंकसम्म पुग्न करीब एक घण्टा लाग्छ । सवारी साधन हुनेलाई धेरै समस्या नभएपनि नहुनेले सास्ती खेप्नु परेको डाँडागाउँका स्थानीय रोसन रोक्काले बताउनुभयो । ‘खास भन्ने हो भने यो उपभोक्ता समितिमा बस्नेहरुलाई धेरै समस्या हुँदो रहेछ । वडाबाट सिफारिस लिएर पालिका आयो अनि बैंकमा गयो । कहिलेकाहीँ का...
भीमकन्या प्राविको कन्त विजोग : डेढ वर्षदेखि कार्यालय सहयोगी मात्र, भवन पनि जीर्ण

भीमकन्या प्राविको कन्त विजोग : डेढ वर्षदेखि कार्यालय सहयोगी मात्र, भवन पनि जीर्ण

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, माघ २२ । खोटाङको एक विद्यालय डेढ वर्षदेखि कार्यालय सहयोगीको भरमा रहेको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित भीमकन्या प्राथमिक विद्यालयमा डेढ वर्षदेखि एक जना कार्यालय सहयोगी मात्र रहेको पाइएको हो । २०७८ भदौ १२ गते उक्त विद्यालयमा रहनु भएका एक जना शिक्षक सरुवा भएर गएपछि विद्यालयको पुरै जिम्मा कार्यालय सहयोगी हिरा थापा मगरको काँधमा आएको हो । कक्षा १–३ सम्म सञ्चालन भइरहेको उक्त विद्यालयमा अहिले १४ जना विद्यार्थी अध्ययनरत छन् । ३ वटै कक्षाका विद्यार्थीलाई डेढ वर्षदेखि कार्यालय सहयोगी मगरले अध्यापन गराइरहनु भएको छ । विद्यालयमा अन्य शिक्षक नभएपछि विरामी हुँदासमेत विद्यालय जानु पर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ । ‘विद्यालय बन्द गर्न मिलेन, त्यसैले विरामी हुँदा पनि जानु पर्ने समस्या छ । ओढ्ने ओछ्याउने कपडा लिएर जान्छु विद्यालय र आराम गर्दै विद्य...
प्रेस चौतारीको स्थापना दिवसमा पूर्व अध्यक्षद्वय पौडेल र आचार्य सम्मानित

प्रेस चौतारीको स्थापना दिवसमा पूर्व अध्यक्षद्वय पौडेल र आचार्य सम्मानित

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ २२ । प्रेस चौतारी नेपाल खोटाङले आइतबार आफ्नो २५ औँ स्थापना दिवसका अवसरमा दुई पूर्व अध्यक्षलाई सम्मान गरेको छ । चौतारीको खोटाङ शाखाका संस्थापन अध्यक्ष रमेश पौडेल र पूर्व अध्यक्ष हरीबोल आचार्यलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको हो । पत्रकारिता छाडेर राजनीतिमा लाग्नु भएका संस्थापन अध्यक्ष पौडेल अहिले नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ । सम्मानित अर्का पूर्व अध्यक्ष आचार्य प्रेस चौतारीको केन्द्रीय सदस्य तथा प्रदेश नम्बर एकको सह–इन्चार्जको जिम्मेवारीमा हुनुहुन्छ । पूर्व अध्यक्षद्वयले प्रेस चौतारी नेपाल संगठनलाई जिल्लामा स्थापीत गर्न दिनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको जिल्ला कार्य समितिका सचिव दिवस रिजालले बताउनुभयो । कार्यक्रममा उपस्थित हुन असम्भव रहेकाले अन्य पूर्व अध्यक्षहरुलाई सम्मान गर्न नसकिएको उहाँको भनाइ छ । बिहान जिल्ला अस्पतालमा उपचाररत ८ जना बिरामीला...
बिरामीलाई फलफुल दिएर मनाइयो प्रेस चौतारी खोटाङको स्थापना दिवस

बिरामीलाई फलफुल दिएर मनाइयो प्रेस चौतारी खोटाङको स्थापना दिवस

Banner News 1, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ २२ । प्रेस चौतारी नेपाल खोटाङले आफ्नो स्थापना दिवस जिल्ला अस्पतालमा उपचाररत बिरामीलाई फलफुल दिएर मनाएको छ । बिरामीहरुको स्वास्थ्य लाभको कामना गर्दै प्रेस चौतारीले आइतबार २५ औं स्थापना दिवस मनाएको हो । अस्पतालमा उपचाररत ८ जना बिरामीलाई केरा, अंगुर, स्याउ लगायतका फलफुल प्रदान गरिएको प्रेस चौतारी नेपाल खोटाङका सचिव दिवस रिजालले बताउनुभयो । फलफुल वितरणमा प्रेस चौतारीमा आवद्ध तथा अन्य संगठनमा आवद्ध पत्रकारहरु, चौतारी खोटाङका संस्थापक अध्यक्ष एवं नेकपा एमालेका केन्द्रीय सदस्य रमेश पौडेल, जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राई, उपप्रमुख शुरेस तामाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश साह, एमाले खोटाङका सचिव कुमार आचार्य लगायतको उपस्थिति रहेको थियो । साथै आजै दिउँसो प्रेस चौतारी नेपाल खोटाङका सस्ंथापक अध्यक्ष पौड...
ठेक्का तोडिन लागेपछि ठेकेदारले सुरु गर्यो चखेवाभञ्ज्याङ–सेखुवा सडकको काम

ठेक्का तोडिन लागेपछि ठेकेदारले सुरु गर्यो चखेवाभञ्ज्याङ–सेखुवा सडकको काम

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ २१ । ठेक्का तोड्न सिफारिस गरेपछि चखेवाभञ्ज्याङ–सेखुवा सडकखण्डको काम बल्ल सुरु गरिएको छ । खोटाङस्थित पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवाभञ्ज्याङ–सेखुवा सडक (१० किलोमिटर) खण्ड कालोपत्रे योजनाको काम लामो समय अलपत्र पर्यो । पटक पटक म्याद थप्दा पनि काम पुरा गर्ने छाँटकाट नदेखिएपछि मध्य पहाडी लोकमार्ग कार्यालय धुलिखेलले ठेक्का तोड्न सडक विभाग समक्ष सिफारिस गरेको छ । जब ठेक्का तोड्न सिफारिस गरियो तब निर्माण कम्पनीले काम गर्न सुरु गरेको छ । भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्दिसाईले २०७५ फागुन ३० सम्ममा सम्पन्न गर्ने गरि २०७२ चैत २ गते चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रेको सम्झौता गरेको थियो । तर सम्झौता अनुसार काम नगरेपछि थप भएको पहिलो म्याद २०७७ पुस १३, दोश्रो म्याद २०७८ असार १३ र तेश्रोपल्ट थप भएको म्याद २०७८ फागुन ३० गते मै गुज्रिसकेको छ । रु ३२ करोडमा कालोपत्रेको जिम्मा लिएका न...
बाँझेच्यानडाँडा दाजु बहिनीले हाँकिरहेको वडा

बाँझेच्यानडाँडा दाजु बहिनीले हाँकिरहेको वडा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ २१ । खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा दाजु बहिनीले हाँकिरहेका छन् । उक्त वडाको वडाध्यक्ष हेमन राई र वडा सचिव नमी राई दाजु बहिनी हुन् । बहिनी नमी यस अघि भोजपुरको टेम्केमैयुङ गाउँपालिका कार्यरत हुँदा यता वर्तमान वडाध्यक्ष दाई हेमन वडा सदस्य थिए । वि.स. २०७४ सालमा भएको स्थानीय तहको चुनावमा वडा सदस्य जितेका राई ०७९ मा भएको स्थानीय तहको दोस्रो चुनावमा वडाध्यक्ष भए । केही समय पछि बहिनी नमी राईको सरुवा साकेला गाउँपालिकामा भयो । बाँझेच्यानडाँडा अर्थात दाई हेमन वडाध्यक्ष भएकै वडाको सचिवको जिम्मा नमीको काँधमा आयो । अहिले दाई वडाध्यक्ष र बहिनी वडा सचिव भएर वडा कार्यालय हाँकिरहेका छन् । ३ छोरा र ४ छोरी रहेको परिवारमा वडाध्यक्ष हेमन जेठा छोरा हुन् । वडा सचिवकोरुपमा कार्यरत नमी माइली छोरी हुन् । ठुला छैनन् सपना तर महत्वपुर्ण छन् सदस्यबाट वडाध्यक्षमा अपग्रेड भएका राई ठुला सपना न...
खोटाङमा भिरबाट लडेर एक वृद्धको मृत्यु

खोटाङमा भिरबाट लडेर एक वृद्धको मृत्यु

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ २१ । खोटाङमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । रावा बेसी गाउँपालिका–४ डुम्रेधापानीका ६४ वर्षिय बिर्ख बहादुर गुरुङको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको हो । शुक्रकार साँझ आहालेस्थित आफ्नै घर नजिकको भिरबाट हिड्दै गर्दा लडेका गुरुङ गम्भीर घाइते भएका थिए । करीब २०० मिटर अग्लो भिरबाट लडेर घाइते भएका गुरुङलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउदै गर्दा कुभिण्डे वडा कार्यालय नजिक बाटैमा मृत्यु भएको स्थानीयले बताएका छन् । मृतक गुरुङको शव शुक्रबार राती नै ऐँसेलुखर्क लगेर शनिबार बिहान पोस्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बेनु कुमार कार्कीले बताउनुभयो ।...
सुर्तिजन्य पदार्थ सेवनको न्युनिकरण सम्बन्धि विद्यालयमा सचेतना

सुर्तिजन्य पदार्थ सेवनको न्युनिकरण सम्बन्धि विद्यालयमा सचेतना

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ २० । खोटाङको केपिलासगढी गाउँपालिकाले विद्यालयमा सुर्तिजन्य पदार्थ सेवनको न्युनिकरण सम्बन्धि विद्यालयमा सचेतना कार्यक्रम गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले शुक्रबार सुङदेलको सुर्य माध्यमिक बिद्यालयमा सुर्तिजन्य पदार्थको सेवनलाई न्युनिकरण गर्न सचेतना कार्यक्रम गरेको हो । युवा, महिला तथा बालबालिका अवस्थाका नागरिकहरुलाई सुर्तिजन्य पदार्थको प्रयोग गर्नबाट बचाउने उद्देश्यले सचेतना कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा वडा सदस्यहरु, माविका प्रधानाध्यापक, शिक्षक, विधार्थी तथा समाजसेवी, स्वास्थ्यकर्मी, संघसंस्थाका प्रमुख÷प्रतिनिधि, बाल क्लवका प्रतिनिधि लगायत गरी सय जनाको सहभागिता थियो । सचेतना कार्यक्रमलाई स्वास्थ्य संयोजक शिव कुमार राई, हेल्थ असिस्टेन्ट चुडामणी जैसी र अहेव रामप्रसाद आचार्यले सहजीकरण गर्नुभएको थियो । सुर्तिजन्य पदार्थ सेवन नगरेमा ९० प्रतिशत फोक्सोका...
एमाले खोटाङको नयाँ सुरुवात : जिल्ला कमिटिको बैठक गाउँ गाउँमा

एमाले खोटाङको नयाँ सुरुवात : जिल्ला कमिटिको बैठक गाउँ गाउँमा

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, माघ १८ । देशमा एकात्मक ब्यवस्थाको समाप्ति पश्चात संघीय शासन पद्धती अनुसार गाउँ गाउँमा सिंहदरबार पु¥याउने प्रयत्न गरिएको छ । तर अझै पनि कतिपय स–साना काम लिएर नागरिकहरु जिल्ला सदरमुकाम नै धाउनु पर्ने बाध्यता छ । यस को अर्थ संघीयता कार्यन्वयनको पाटो मै छ भन्न सकिन्छ । संघीयताको खास अर्थ शक्ति विकेन्द्रीकरण नै हो । संघीयता कार्यन्वयनको लागि शासनको शक्ति मात्र हैन विकेन्द्रीकरण यहाँ हरेक शक्तिहरुको हुन आवश्यक छ । सोही अनुसार नेकपा एमाले खोटाङले एउटा नयाँ कामको सुरुवात गरेको छ । जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको जिल्ला कमिटिको बैठक अब एमालेले गाउँ गाउँमा गएर बस्ने छ । जसको सुरुवात जिल्ला कमिटिको सातौँ बैठक बराहपोखरीमा राखेर गरेको छ । यसरी नै आगामि अन्य जिल्ला कमिटिको बैठक पनि जिल्लाका विभिन्न गाउँमा गएर गर्ने एमाले खोटाङका अध्यक्ष राम प्रसाद दंगालले बताउनुभयो । ‘राजनीतिक दल शहर बजार ...
हलेसी तुवाचुङ : घरमै पुगेर पाठेघरको उपचार, ३२ जनाको निःशुल्क शल्यक्रिया गरिदै

हलेसी तुवाचुङ : घरमै पुगेर पाठेघरको उपचार, ३२ जनाको निःशुल्क शल्यक्रिया गरिदै

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ १७ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पाठेघरको समस्या भएका आमाहरुको घरमै पुगेर उपचार गरिदिएको छ । पाठेघरको रोग पहिचान र उपचारका लागि माघ १ देखि ९ गतेसम्म नगरपालिकाका सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । नगरपालिका भरीका ३२ जनाको पाठेघर खसेका महिलाहरुको शल्यक्रिया गर्नुपर्ने देखिएको नगर स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले जानकारी दिनुभयो । उहाँहरुको नगरपालिकाले आफ्नै खर्चमा निःशुल्क शल्याक्रिया गरिदिने भएको छ । नगरपालिकाले नौ दिन घरघरमापुगेर पाठेघरको परीक्षण तथा उपचार गर्दा २२५ जनाले सेवा लिएका छन् । जसमध्ये ३२ जनाको जटिल अवस्थामा पुगेकाले शल्यक्रियामार्फत उपचार गर्नुपर्ने देखिएको हो । तत्कालै १०६ जना महिलाको पाठेघरमा रिङ प्रेसरी राखिएको छ । १०४ जना महिलाको पिआइडी(पाठेघर सम्बन्धी संक्रामक रोगको उपचार) गरिएको छ । आवश्यकता अनुसार औषधि वितरण र परामर्श दिइएको संयोजक घिम...