वडामा योजना सम्झौतादेखि सामाजिक सुरक्षा भत्ता, घरमै पुगेर अपाङगता कार्ड
खोटाङ, पुस २५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले वडामै पुगेर योजना सम्झौता देखि सामाजिक सुरक्षा भत्ता वितरणसम्मको सेवा प्रदान गरेको छ । नागरिकको सहजताका लागि नगरपालिकाले सोमबार वडा नम्बर ११ राजापानीको वडा कार्यालयमा पुगेर सेवा प्रदान गरेको हो ।
नगरपालिकाका कर्मचारी, जनप्रतिनिधिहरुको उपस्थितीमा वडागत योजना सम्झौता, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, बालिका विकास बचत भौचर हस्तान्त्रण र ज्येष्ठ नागरिक तथा अपाङगता परिचयपत्र वितरण गरिएको छ । वंैकसँगको सहकार्यमा सामाजिक सुरक्षाभत्ता पनि वडामै वितरण गरिएको छ ।
सामाजिक सुरक्षा भत्ता अन्तरगत बृद्ध भत्ता लिन बृद्धबृद्धाहरु लट्ठीको सहारामा वडा कार्यालयसम्म आएका थिए । सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण सुरु भएपछि भत्ता बुक्र्न बैंकसम्म पुग्नु पर्ने बाध्यता छ । राजापानीदेखि हलेसीसम्म पुगेर फर्किदा भत्ताको आधा रकम सकिएको सुनाउदै हाल...








