खोटाङ सेवा समाज कतारद्धारा जिल्ला कारागारलाई पुस्तक सहयोग
खोटाङ, मङ्सिर १० । खोटाङ सेवा समाज कतारले जिल्ला कारागार खोटाङलाई पुस्तक सहयोग गरेको छ । कारागारमा जेल जीवन बिताइरहेका कैदिबन्दीलाई लक्षित गर्दै सेवा समाजले विभिन्न प्रकारका पुस्तकहरु सहयोग गरेको हो । कारागारमा यस अघि नै पुस्तकालय स्थापन भइसकेको छ । जसमा आवश्यक पुस्तकसँगै अन्य समाग्री सेवा समाजले कारागारलाई सहयोग गरेको बताइएको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राई, सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाह लगायतको हातबाट सेवा समाजले पुस्तक लगायतका अन्य आवश्यक सामाग्री हस्तान्त्रण गरेको छ । २ सय ५५ थान पुस्तक, २ थान पुस्तक राख्ने र्याक र एक/एक थान टेबल र बेन्च कारागारलाई प्रदान गरिएको खोटाङ सेवा समाज कतारका वरिष्ठ उपाध्यक्ष डिल्लीशेर खड्काले बताउनुभयो ।
विभिन्न कारणले जेलमा सजाय भोगिरहेका ब्यक्तिहरुले पुस्तक पढेर नयाँ ज्ञान आर्ज...






