खोटाङमा गठबन्धनको अग्रता कायमै, पासाङ र भुपेन्द्र ४ सय बढी मतले अगाडि
खोटाङ, मंसिर ६ । खोटाङमा प्रतिनिधिसभा र प्रदेशसभा दुवै क्षेत्रमा बाम लोकतान्त्रीक गठबन्धनका उम्मेद्वारले अग्रता बढाउदै लगेका छन् । हाल प्रतिनिधिसभाको हलेसी तुवाचुङ नगरपालिका क्षेत्रको मत गणना भइरहेको छ । प्रदेश सभा ‘क’ मा केपिलासगढी गाउँपालिकाको सकेर ऐसेलुखर्क गाउँपालिका र प्रदेशसभा ‘ख’ मा खोटेहाङ गाउँपालिका क्षेत्रको मत गणना जारी छ ।
प्रतिनिधिसभामा ६ हजार २ सय ९५ मत गणना हुँदा गठबन्धनका उम्मेद्वार रामकुमार राई (पासाङ) ले एमालेका उम्मेद्वार विशाल भट्टराईलाई ४ सय ९ मतले पछि पार्नुभएको छ । राईले ३ हजार १ मत पाउदा भट्टराईले २ हजार ५ सय ९२ मत प्राप्त गर्नुभएको छ । हालसम्मको बदर मत ८७ रहेको छ । जिल्लामा जम्मा ६७ हजार ७ सय ३ मत खसेको छ ।
प्रदेशसभा ‘क’ तर्फ गठबन्धनका उम्मेद्वार एकीकृत समाजवादीका वीरवलकाजी राईले ३ हजार २ सय ६६ मत पाउदा एमालेका पाँचकर्ण राईले ३ हजार २ सय २६ मत पाउनुभएको छ । जसपाक...









