हलेसीमा आँखा शिविर सुरु, पहिलो दिन २३ जनाको शल्यक्रिया
खोटाङ, कात्तिक १९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा निशुल्क आँखा शिविर सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने शिविरको शनिबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई र उपमेयर रमेशकुमार राउतले उद्घाटन गरेसँगै सुरु भएको हो ।
हलेसी तुवाचुङ नगरपालिका, नेपाल नेत्र ज्योती संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा उपचार केन्द्र सहयोग समितिले आयोजना गरेको शिविरमा प्राविधिक सहयोग सगरमाथा चौधरी आँखा अस्पताल लाहानको रहेको छ । शिविरमा निशुल्क आँखा जाँच हुनेछ भने मोतिबिन्दु पहिचान भएमा निशुल्क शल्यक्रिया गरिनेछ । आवश्यक अनुसार चस्मा ससुल्क र औषधी निशुल्क प्रदान गरिने आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
शिविरमा मोतिबिन्दुसँगै आँखामा मासु पलाएको, मासुको डल्ला पलाएको र परेलाको भाग भित्र छिरेको पनि शल्यक्रिया मार्फत निशुल्क उपचार हुनेछ । कोभिड–१९ सुर...






