दिक्तेल नगरको अभियान : डेंगुबाट बच्न लामखुट्टेको लार्भा खोज्दै नष्ट गर्दै
खोटाङ, असोज ४ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको स्वास्थ्य शाखाले डेंगु रोग सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान सुरु गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालसमेतको सहकार्यमा स्वास्थ्य शाखाले मंगलबार दिक्तेल बजारमा लार्भा खोज्दै नष्ट गर्ने कार्य गरेको छ ।
नगर प्रमुख तिर्थराज भट्टराई, जिल्ला अस्पतालका प्रमुख डाक्टर नितु लामा, स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत जीवन चौलागाइ लगायत स्वास्थ्यकर्मीहरुको उपस्थितिमा बजार भित्र लार्भा खोज्दै नष्ट गर्ने र डेंगुबाट बच्ने चेतना नागरिकलाई दिदै बजार परिक्रमा गरिएको नगरका जनस्वास्थ्य निरीक्षक खेमराज आचार्यले जानकारी दिनुभयो । ‘दिक्तेल बजारका हरेक घरमा पुगेर आज हामीले डेंगुका लार्भा खोज्दै नष्ट गर्ने काम गर्यौ । साथै डेंगुबाट कसरी बच्न सकिन्छ भनेर नगरिकहरुलाई भन्यौँ । बिशेषगरी पानी जम्न नदिन भन्यौँ ।’ आचार्याले भन्नुभयो...









