पूर्वपत्रकार दाहालको मृत्यु शंकास्पद भएको भन्दै छानबिन गर्न आफन्त र प्रेस युनियनको माग
खोटाङ, जेठ १४ । खोटाङका पूर्वपत्रकार मणिराम दाहालको मृत्यु शंकास्पद भएको भन्दै आफन्तले छानबिनको माग गरेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ६३ वर्षीय दाहालको रहस्यमय मृत्यु भएको भन्दै आफन्तले शनिबार विरोध प्रदर्शन गरेका छन् ।
दाहालको मृत्युका विषयमा छानबिन गरी दोषी पत्ता लगाइनुपर्ने मागसहित आफन्तले जिल्ला अस्पतालदेखि जिल्ला प्रशासन कार्यालयसम्म नारा जुलुस निकालेका हुन् । मृतकका आफन्तले ‘मणिरामलाई न्याय दे, मोबाइल सार्वजनिक गर, घटस्थास्थलमा खटिएका प्रहरीलाई बर्खास्त गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् । शवको जिल्ला अस्पतालमा पोष्टमार्टम गरिए पनि आफन्तले बुझ्न मानेका छैनन् ।
दाहाल दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको हाटडाँडास्थित क्षितिज बहुउद्देश्यीय सहकारीको कार्यालयसँगै रहेको कोठामा शुक्रबार बिहान मृत फेला परेका थिए । घटनाको सर्जमिन मुचुल्का ...









