खोटाङ : कुन स्थानीय तहमा कुन राजनीतिक दलको अवस्था कस्तो ? २०७४ को मत परिणाम सहित हेर्नुहोस्
राजकुमार भट्टराई (सरगम)
खोटाङ, बैशाख ७ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले यतिबेला सबैको ध्यान तानेको छ । निर्वाचनमा भाग लिएका राजनीतिक दलहरु उम्मेद्वार छनोटमा व्यस्त छन भने कुन राजनीतिक दलको उम्मेद्वार कस्ता आउनेहुन भन्ने मतदाताको चासो बिषय बनेको छ ।
आसन्न स्थानीय तहको निर्वाचनमा खोटाङमा गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति जुटेको छ । निर्वाचनमा गठनबन्धनलाई कायम राख्न सहमत भएका दलहरू अन्ततः चुनावमा तालमेल गर्न तयार भएका हुन् । यता प्रमुख प्रतिपक्षी दल एमालेले पनि केन्द्रमा अन्य राजनीतिक दलहरुसँग तालमेल गर्ने निर्णय गरेपनि खोटाङमा ती राजनीतिक दलको प्रभाव भने देखिदैन ।
दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा ४ पालिकामा कांग्रेसबाहेकको गठबन्धन बन्ने भएको छ । हलेसी तुवाचुुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा, केपिलासगढी र साकेला गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित का...









