पत्रकारले पेशागत मर्यादा सधैँ ख्याल गर्नुपर्नेमा जोड
खोटाङ, चैत २८ । नेपाल प्रेस युनियन जिल्ला शाखा खोटाङले ‘स्थानीय तहको निर्वाचनमा पत्रकारको भूमिका’ विषयमा अन्तरक्रिया गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित नवकिरण सेवा समाजको हलमा बसेको युनियनको तेस्रो विस्तारित बैठकमा प्रेस युनियन आबद्ध जिल्लाका पत्रकार तथा सञ्चारकर्मीहरूबीच निर्वाचन केन्द्रित छलफल भएको हो ।
निर्वाचनको समयमा पत्रकार तथा सञ्चारकर्मीले समाचार लेखन, प्रकाशन तथा प्रसारण गर्दा ध्यान दिनुपर्ने विषयमा बैठकमा वृहत छलफल भएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार कृष्ण आचार्य, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दीलिप खत्री र नेपाल प्रस युनियन खोटाङका अध्यक्ष उत्तम चौलागाईंले पत्रकार तथा सञ्चारकर्मीले आफ्नो पेशागत मर्यादा सधैँ ख्याल राख्नुपर्नेमा जोड दिनुभयो । पत्रकार आम नागरिकको विश्वासपात्र भएकाले सोही अनुसार काम गर्नुपर्ने उहाँहरूको भनाइ थियो ।
समाजमा भ्रम सिर्जना गरी...









