Wednesday, August 26News That Matters

ताजा अपडेट

खोटाङ : कांग्रेसको छैटौँ बैठकले कोषाध्यक्षमा नवराज राईलाई मनोनीत गर्यो (अरु के–के भए निर्णय)?

खोटाङ : कांग्रेसको छैटौँ बैठकले कोषाध्यक्षमा नवराज राईलाई मनोनीत गर्यो (अरु के–के भए निर्णय)?

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, चैत १५ । नेपाली कांग्रेस खोटाङ जिल्ला कार्य समितिको कोषाध्यक्षमा नवराज राई मनोनीत हुनुभएको छ । निर्वाचित जिल्ला सदस्यलाई सभापतिले सिफारिस गर्ने र जिल्ला कार्यसमितिले मनोनीत गर्ने कांग्रेसको बिधान अनुसार छैटौँ बैठकले राईलाई कोषाध्यक्षमा मनोनीत गरेको हो । सदरमुकाम दिक्तेल स्थित कांग्रेसको पार्टी कार्यालय बिपि स्मृती भवनमा आज बसेको जिल्ला कार्य समितिले बैठकले कोषाध्यक्षमा राईलाई मनोनीतसँगै अन्य चार वटा निर्णय समेत गरेको छ । वडागत संगठन बिस्तार सुदृढीकरण र अनुगमन समितिले पेस गरेको प्रतिबेदन अध्यान गर्नका लागि उप–सभापति तिर्थराज भट्टराईको संयोजकत्वमा अध्यान समिति गठन गरिएको कांग्रेसका जिल्ला सभापति बिष्णुकुमार राईले जानकारी दिनुभयो । सो समितिले चैत ३० गते भीत्रमा प्रतिबेदनको अध्यान गरी सार प्रतिवेदन पार्टीको जिल्ला कार्यालयमा बुझाउनु पर्नेछ । यस्तै प्रदेश क्षेत्रीय समितिले वडा र पालिका...
खोटाङ : बहुमूल्य धातु पुल्ली उत्खनन गरेको आरोपमा पाँच जना पक्राउ

खोटाङ : बहुमूल्य धातु पुल्ली उत्खनन गरेको आरोपमा पाँच जना पक्राउ

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत १४ । बहुमूल्य धातु पुल्ली उत्खनन गरेको आरोपमा खोटाङमा पाँच जना पक्राउ परेका छन् । खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित बारीमा पुल्ली उत्खनन गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा पाचँथरको फिदिम नगरपालिका–९ का ५१ वर्षीय गोकुल आङ्दाङबे, २४ वर्षीय अशोक आङ्दाङबे, २६ वर्षीय झिलन आङ्दाङबे, ५७ वर्षीय डिल्ली आङ्दाङबे र झापाको धाइजन गाउँपालिका–७ का ७३ वर्षीय सुनबहादुर चेम्जोङ रहेका प्रहरीले जनाएको छ । बहुमूल्य धातु पुल्लीको उत्खनन भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट २ थान सेतो कालो पाटे पुल्ली, १ थान कालो भेडी सेतो, १ थान कालो टेका भेडी, २ थान रातो टेका माला, ६ थान खैरो टेका माला र ५ थान बेल्चा बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।...
खोटाङको एक विद्यालयमा पानी पिउदा तीन विद्यार्थी बिरामी

खोटाङको एक विद्यालयमा पानी पिउदा तीन विद्यार्थी बिरामी

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, चैत १४ : खोटाङको एक विद्यालयमा पानीको कारण तीन जना विद्यार्थी बिरामी परेका छन् । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा स्थीत दाम्ली माध्यमिक विद्यालयमा अध्यानरत तीन जना विद्यार्थी सोही विद्यालयमा पानी पिउने क्रममा बिरामी परेका हुन् । विद्यालय नजिकैको धाराबाट जारमा पानी ल्याएर राखिएको अवस्थामा पानी पिउदा ती विद्यार्थी बिरामी परेका डिकुवाका वडाध्यक्ष हरीकुमार खड्काले बताउनुभयो । जारमा राखिएको पानी अन्य विद्यार्थीले पिउदा केही नभएपनि अन्तिममा पानी पिउने तीन जना विद्यार्थी बिरामी परेका हुन् । पानी पिउदै गर्दा बिषाधीको गन्ध आएको विद्यार्थीले बताएका थिए । विद्यार्थी बिरामी परेपछि हेर्दा पानीमा मेटासीट जस्तो सेतो तरलपदार्थ भेटिएको खड्काको भनाइ छ । जारमा राखेको पानीमा कसैले बिषाधी मेसाइदिएको हुन सक्ने आशंका गरिएको छ । विद्यार्थी बिरामी परेपछि हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई सहि...
ओखलढुंगाबाट धरानकालागि छुटेको र्फोस गाडि उदयपुरमा दुर्घटना, तीन जनाको अवस्था गम्भिर

ओखलढुंगाबाट धरानकालागि छुटेको र्फोस गाडि उदयपुरमा दुर्घटना, तीन जनाको अवस्था गम्भिर

Banner News 3, ताजा अपडेट, समाचार, समाज
खोटाङ, चैत १३ । ओखलढुंगाबाट धरानकालागि छुटेको र्फोस गाडि उदयपुरमा दुर्घटना भएको छ । उदयपुरको कटारी नगरपालिका–११ हर्देनी स्थीत सिद्धिचरण राजमार्गमा प्रदेश–०७–००१ ज ००११ नम्बरको र्फोस गाडि आज दिउँसो २ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । धरानजादै गरेको र्फोस गाडि आफै अन्यन्त्रित भइ सडकबाट करीब ५ मिटर तल खसकेको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी (डिएसपी) वेद प्रसाद गौतमका अनुसार गाडिमा १४ जना सवार थिए । जसमा तीन जना गम्भिर घाइते भएका छन् भने अरुको अवस्था सामान्य छ । गम्भिर घाइते हुनेहरुमा ओखलढुंगा मोलुङ गाउँपालिका–२ का एकराज दाहाल, ओखलढुंगा कै सुनकोसी गाउँपालिका–४ का खेमबहादुर कार्की र सोही ठाउँका चुडामणी अधिकारी रहेका छन् । उनिहरुको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
प्रधानमन्त्री ज्यु पाँच दल हैन अझै थप्नुहोस्, एमाले एक्लै लड्छ : प्रमुख सचेतक भट्टराई

प्रधानमन्त्री ज्यु पाँच दल हैन अझै थप्नुहोस्, एमाले एक्लै लड्छ : प्रमुख सचेतक भट्टराई

Banner News 2, ताजा अपडेट, राजनीति
खोटाङ, चैत १३ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले गठबन्धनमा रहेका पाँच दल मात्र पर्याप्त नभए अन्य दल पनि थप्न सुझाव दिनुभएको छ । तर, पनि एमालेलाई पराजित गर्न नसक्ने उहाँको दावी छ । गृह जिल्ला खोटाङ आउनु भएका भट्टराईले ऐसेलुखर्क युवा संघले आयोजना गरेको पुरुष एवं महिला भलिबल प्रतियोगिताको आइतबार उद्घाटन गर्दै भन्नुभयो “हिजो मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले बलियो छ एक्लै लड्न सकिदैन, त्यसैले हामी मिलौँ भनेर भन्नु भएछ । पाँच वटा दलले पुग्दैन भने प्रधानमन्त्री ज्यु अरु पनि छरियाका कोही छन् भने मिलाउनुहोस् एमाले यक्लै लड्छ ।” एमालेको पोलिटब्युरो सदस्य समेत रहनुभएका प्रमुख सचेतक भट्टराईले एमालेले कसैसँग गठबन्धन नगर्ने र सूर्य बाहेक अन्य चुनाव चिन्हमा भोट पनि नमाग्ने बताउनुभयो । सबै राजनीतिक दल एक ठाउँमा उभिएपनि आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा एमालेले एक...
खोटाङको मुख्य निर्वाचन अधिकृतमा न्यायाधीश आचार्य, कुन पालिकामा को निर्वाचन अधिकृत तोकिए ?

खोटाङको मुख्य निर्वाचन अधिकृतमा न्यायाधीश आचार्य, कुन पालिकामा को निर्वाचन अधिकृत तोकिए ?

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, चैत १३ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि खोटाङको मुख्य निर्वाचन अधिकृतमा खोटाङका जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्य नियुक्त हुनुभएको छ । निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै ७७ वटै जिल्लाका ७५३ वटै स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । जसअन्तर्गत जिल्ला अदालत खोटाङमा कार्यरत न्यायाधीश आचार्यलाई जिल्लाको मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको हो । उहाँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा खटिने गरी मुख्य निर्वाचन अधिकृतमा नियुक्त हुनुभएको हो । हलेसी तुवाचुङ नगरपालिकामा जिल्ला सरकारी वकिलको कार्यालय खोटाङमा कार्यरत जिल्ला न्यायाधिवक्ता संगीता न्यौपाने ढुंगेल निर्वाचन अधिकृतमा नियुुक्त हुनुभएको छ । ऐँसेलुखर्क गाउँपालिकामा खोटाङ जिल्ला अदालतका श्रेस्तेदार रामाकान्त यादव, केपिलासगढी गाउँपालिकामा इलाका प्रशासन कार्यालय साँखु काठमाडौँम...
जसपा निकट विद्यार्थी र युवाको नगर समिति गठन

जसपा निकट विद्यार्थी र युवाको नगर समिति गठन

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, चैत्र १२ । जनता समाजवादी पार्टी (जसपा) निकट विद्यार्थी संगठन र युवा संगठनको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका समति गठन भएको छ । शनिबार दिक्तेलस्थित जिल्ला समन्वय समितिको हलमा सम्पन्न प्रथम नगर सम्मेलनले विद्यार्थी संगठन र युवा संगठनको नगर समिति गठन गरेको समाजवादी विद्यार्थी युनियन प्रदेश १ का मुख्य सचिव कृष्ण गिरीले जानकारी दिनुभयो । जसपाका केन्द्रीय सदस्य तथा किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राईको प्रमुख आतिथ्यता र समाजवादी युवा संघ खोटाङका अध्यक्ष गजेन्द्र राईको अध्यक्षतामा भएको सम्मेलनले समाजवादी विद्यार्थी युनियनमा सञ्जीव राईको अध्यक्षतामा २३ सदस्यीय नगर समिति गठन गरेको छ । युनियनको उपाध्यक्षमा कविता राई, सचिवमा रामप्रसाद घिमिरे, सहसचिवमा संगम राई र कोषाध्यक्षमा उषा परियार चयन हुनुभएको छ । यस्तै सुरेन्द्र राईको अध्यक्षतामा ३५ सदस्यीय युवा संघको  नगर समिति गठन गरिएको छ ।...
इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन खोटाङको आग्रह

इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन खोटाङको आग्रह

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ११ । आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्रशासनले जिल्लाभित्र इजाजत लिई राखेका हातहतियार आफूलाई पायक पर्ने नजिकैको प्रहरी इकाइमा यही चैत मसान्तसम्म बुझाइसक्न आग्रह गरेको हो । निमित्त प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले निश्पक्ष, शान्तिपूर्ण, मर्यादित एवं भयरहित वातावरण तयार गरी निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन हातहतियार बुझाउन आग्रह गरिएको बताउनुभयो । तोकिएको म्यादभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही हुने उहाँको भनाइ छ । प्रहरीलाई बुझाइएका हातहतियार निर्वाचन सम्पन्न भएपछि पुनः सम्बन्धित धनीलाई नै फिर्ता गरिने पनि प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । यसअघि राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ शाखा कार्यालय खोटाङले ...
हलेसी तुवाचुङ  : ‘बालिका बचत’ कार्यक्रम प्रभावकारी बन्दै

हलेसी तुवाचुङ  : ‘बालिका बचत’ कार्यक्रम प्रभावकारी बन्दै

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, चैत ११ । हलेसी तुवाचुङ नगरपालिकाले सुरु गरेको ‘बालिका बचत’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नगरपालिकाले अघिल्लो वर्षबाट सुरु गरेको ‘बालिका बचत’ कार्यक्रम प्रभावकारी बन्दै गएको हो । नगरपालिकाको ७ नम्बर वडा महादेवस्थानका बालिकाको नाममा खोलिएको खातामा जम्मा गरिदिएको रकमको भौचर आज नगरपालिकाले सम्बन्धित बालिकाका आमाहरुलाई हस्तान्तरण गरेको छ । भौचर बुझ्दै बालिकाका आमाहरुले नगरपालिकाको सानो कामले आफुहरुलाई ठुलो सहयोग पुग्ने बताएका छन् । नगरपालिकाले वार्षिक रुपमा ४ हजारका दरले तीन वर्षमा १२ हजार रकम जम्मा गरिदिने र त्यसमा घरपरिवारले पनि सकेको रकम जम्मा गर्ने आमाहरुको भनाई छ । यसबाट छोरीहरुको भविष्य उज्वल बन्ने आमाहरुको विश्वास छ । नगरपालिकाले छोरीको सम्मान र प्रोत्साहनका लागि सुरु गरेको ‘बालिका बचत’ कार्यक्रम अन्तर्गत खाता खोलिएका बालिकाको नाममा नगरपालिकाले जम्मा गरिदिएको भौचर सम्बन्धि...
आदिवासी जनजाति महासंघ रावाबेसीको अध्यक्षमा मगर र सचिवमा राई चयन

आदिवासी जनजाति महासंघ रावाबेसीको अध्यक्षमा मगर र सचिवमा राई चयन

ताजा अपडेट, समाज, स्थानीय
प्रेम श्रेष्ठ खोटाङ, चैत १० । आदिवासी जनजाति महासंघ रावाबेसी गाउँपालिका गाउँसमितिमाको अध्यक्षमा राजन मगर र सचिवमा भविन राई चयन भएका छन् । महासंघको दोस्रो अधिवेशनले मगर र राईलाई सर्वसम्मत अध्यक्ष र सचिवमा चयन गरेको हो । यस्तै समितिको उपाध्यक्षमा चित्र बहादुर श्रेष्ठ, सह–सचिवमा मनमाया तामाङ र कोषाध्यक्षमा मनिला सुनुवारसँगै ९ जना सदस्य सर्वसम्मत चयन भएका छन् । बाकी अन्य सदस्य नवनिर्मित समितिले चयन गर्ने बताइएको छ । रावाबेसी गाउँसमितिका संयोजक शिवराज राईको अध्यक्षतामा बिहिबार भएकोे अधिवेशनको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय पुर्व महासचिव आङकाजी शेर्पा र बिशेष अतिथिको रुपमा रावाबेसी गाउँपालिका अध्यक्ष लिलानाथ निरौला र महासंघ खोटाङका अध्यक्ष फुर्वा शेर्पा रहनुभएको थियो । यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष समला राई, रावाबेसी गा.पा.–१ कुभिण्डेका वडा अध्यक्ष लिलानारायण श्...