एमाले खोटाङ : जिल्ला कमिटीको जिम्मेवारी बाँडफाँड, पालिका इन्चार्ज र सह–इन्चार्ज पनि तोकिए
खोटाङ, फागुन १७ । नेकपा एमाले खोटाङको सातौँ जिल्ला अधिवेशनपछि आज पहिलो सचिवालय बैठक बसेको छ । गत पुस २३ र २४ गते सम्पन्न अधिवेशनबाट चयन भएको पार्टीको जिल्ला कमिटीको सचिवालय बैठक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सभाहलमा बसेको हो ।
पार्टीका पोलिटब्युरो सदस्य, संसदीय दलका प्रमुख सचेतक एवं जिल्ला इन्चार्ज विशाल भट्टराईको प्रमुख आतिथ्यता, केन्द्रीय कमिटी सदस्य जिल्ला सह–इन्चार्ज उषाकला राईको विशेष आतिथ्यता र जिल्ला कमिटी अध्यक्ष रामप्रसाद दंगालको अध्यक्षतामा बसेको बैठकले १०९ सदस्यीय जिल्ला कमिटीका पदाधिकारीलाई जिम्मेवारी बाँडफाँड गरेको छ । यस्तै बैठकले जिल्लाका १० वटै पालिकामा इन्चार्ज र सह–इन्चार्ज तोकेको छ ।
नगरपालिकातर्फ दिक्तेल रुपाकोट मझुवागढी इन्चार्जमा वीणादेवी राई र सह–इन्चार्जमा दिनेश साम्पाङ र अनिशा खनाल, हलेसी तुवाचुङ इन्चार्जमा रमेश तिवारी र सह–इन्चार्जमा किशोर श्रेष्ठ र कुम...









