Monday, June 29News That Matters

ताजा अपडेट

दुवेकोलका वृद्धवृद्धालाई निःशुल्क न्यानो कपडा र विद्यार्थीलाई पोशाक

दुवेकोलका वृद्धवृद्धालाई निःशुल्क न्यानो कपडा र विद्यार्थीलाई पोशाक

Banner News 3, ताजा अपडेट, स्थानीय
खोटाङ, फागुन ११ । रावाबेसी गाउँपालिका–५, दुवेकोलका वृद्धवृद्धाले न्यानो कपडा र विद्यार्थीले पोशाक निःशुल्क पाएका छन् । वडाभित्रका ७५ वर्षमाथिका वृद्धवृद्धालाई ऊनको स्वेटर र टोपी, विद्यार्थीलाई विद्यालय पोशाक वडाले निःशुल्क प्रदान गरेको हो । वडाबाट आर्थिक वर्ष २०७८/०७९ मा विनियोजित रु. ३ लाख बजेटबाट पोशाक वितरण गरिएको वडासचिव शेरबहादुर दाहालले जानकारी दिनुभयो । ७५ वर्षमाथिका ६२ जना वृद्धवृद्धाले ऊनको न्यानो स्वेटर र टोपी पाएका छन् । यस्तै वडामा रहेका तीन वटा विद्यालय गंगोदय माध्यामिक, कालिका आधारभूत, खेती प्राथामिक विद्यालय र बालविकास केन्द्रका गरी जम्मा ४०० जना विद्यार्थीले विद्यालय पोशाक पाएका छन् । विद्यालय पोशाकमा छात्रलाई शर्ट पाइन्ट र छात्रालाई शर्ट फ्रक वितरण गरिएको सचिव दाहालले बताउनुभयो । हिजो र आज दुई दिन सम्पन्न वितरण कार्यक्रमको प्रमुख अतिथि रावाबेसी गाउँपालिकाका अध्यक्ष लिलान...
नक्कली लालपूर्जा देखाएर ३३ लाख ठगी गर्ने ओखलढुंगाका एकजना पक्राउ

नक्कली लालपूर्जा देखाएर ३३ लाख ठगी गर्ने ओखलढुंगाका एकजना पक्राउ

Banner News 3, ताजा अपडेट, समाज
फागुन ११ । जग्गाको नक्कली लालपूर्जा देखाएर बिक्री गर्ने भन्दै ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले ओखलढुंगाका एक जनालाई पक्राउ गरेको छ । नक्कली लालपूर्जा र नक्सा देखाएर जग्गा बिक्री गर्न भन्दै ३३ लाख बैना लिएको आरोपमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ का ३९ वर्षका हितबहादुर बुढाथोकीलाई काठमाडौंको कपनबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार बुढाथोकीमाथि काठमाडौंको साँखुस्थित साल्खा–६ (ख) मा रहेको दुई रोपनीमध्ये आठ आना जग्गा ३५ लाखमै पास गरिदिन्छु भनी पीडितसँग ३३ लाख लिएको आरोप छ । बुढाथोकीले रकम लिएर जग्गा पास गर्न आलटाल गरेपछि पीडितले मालपोत कार्यालयमा बुझ्दा सो जग्गा अर्कैको नाममा दर्ता भएको थाहा पाएपछि जाहेरी दिएको प्रहरीको भनाइ छ । एसपी कृष्ण कोइरालाका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धानका लागि बुढाथोकीलाई महानरी...
एमसीसीबारे खोटाङमा सडक जनमत संग्रह

एमसीसीबारे खोटाङमा सडक जनमत संग्रह

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, फागुन ११ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे खोटाङमा सडक जनमत संग्रह गरिएको छ । नेकपा माआवोदी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को जिल्ला कमिटीले सदरमुकाम दिक्तेलस्थित त्रिवेणीचोकमा सडक जनमत संग्रह गरेको हो । संसदमा पेश भएको एमसीसी यथास्थितिमा पारित गर्ने वा नगर्ने भन्ने विषयमा सर्वसाधरण, बुद्धिजीवी, व्यापारीलगायतलाई मतदान गराइएको अनेरास्ववियू (क्रान्तिकारी) का विद्यार्थी नेता पारश विराटले जानकारी दिनुभयो । मतदानमा सहभागी २०७ जनामध्ये १९२ जनाले यथास्थितिमा एमसीसी पारित गर्न नहुने र १४ जनाले बिना संशोधन पारित गर्न सकिनेमा मत दिएका थिए भने १ मत बदर भएको थियो । संग्रह गरिएको जनमतसहित जिल्ला प्रशासन कार्यालमार्फत भोलि सरकारलाई ज्ञापनपत्र पठाइने अखिल (क्रान्तिकारी) प्रदेश नम्बर १ का सचिव एवं खोटाङ जिल्ला संयोजक डिआर खड्काले बताउनुभयो ।  एमसीसीका कतिपय बुँदा र...
हलेसी तुवाचुङद्वारा ३ कृषक समुह र १३ आमासमूहलाई कुटानी पिसानी मिल प्रदान

हलेसी तुवाचुङद्वारा ३ कृषक समुह र १३ आमासमूहलाई कुटानी पिसानी मिल प्रदान

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, फागुन १० । हलेसी तुवाचुङ नगरपालिकाले ३ कृषक समुह र १३ वटा आमासमूहलाई विद्युतीय कुटानी पिसानी मिल प्रदान गरेको गरेको छ । मागमा आधारित कार्यक्रम अन्तर्गत नगरपालिकाले विनियोजन गरेको बजेटबाट मिल खरिद गरी आज नगरपालिकामा आयोजित कार्यक्रमका बीच मिल हस्तान्तरण गरिएको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले जानकारी दिनुभयो । घरायसी काममा महिलारूको कार्यबोझ घटाउने उद्देश्यले विद्युतीय मिल सहयोग गरिएको मेयर इवन राईले बताउनुभयो । कार्यक्रमका लागि नगरपालिकामा निवेदन दिएकाहरूमध्येबाट छनोट गरी मिल प्रदान गरिएको नगरपालिकाले जनाएको छ । यसबाट महिलाहरूको दैनिक घरायसी काममा श्रम कम पर्ने र समयको पनि बचत हुने मेयर राईको विश्वास छ ।...
बुलापन्थे माविमा सरोज राई स्मृति अक्षय कोष स्थापना

बुलापन्थे माविमा सरोज राई स्मृति अक्षय कोष स्थापना

Banner News 2, ताजा अपडेट, स्थानीय
खोटाङ, फागुन ९ । हलेसि तुवचुङ नगरपालिका–८ धितुङका स्वर्गीय सरोज राईको स्मृतिमा अक्षय कोष स्थापना भएको छ । सोहि गाउँ स्थीत बुलापन्थे माध्यमिक विद्यालयमा स्वर्गीय राईको परिवारले जेहेन्दार, लगनशील, विपन्न एवं आर्थिक अबस्था कमजोर परिवारका विद्यार्थीलाई बार्षिक रूपमा छात्रवृत्ति प्रदान गर्नेगरी कोष स्थापना गरेको हो । अक्षय कोष स्थापना गर्दै स्वर्गीय राईका वुबा कमलराज राई र दाई दुर्गमणि राईले १ लाख ११ हजार १ सय ११ रुपैयाँ विद्यालयलाई आज हस्तान्त्रण गर्नुभएको नेपाली कांग्रेस धितुङका वडा सभापति टेकराज राईले जानकारी दिनुभयो । कोष स्थापनासँगै विद्यालयका केहि विद्यार्थीलाई आजै छात्रवृत्ति पनि प्रदान गरिएको उहाँको भनाई छ । स्वर्गीय सरोज राईको २५ वर्षको उमेरमा गत जेठ ३० गते उदयपुरमा काठ काट्दै गर्दा काठ्ले किचेर मृत्यु भएको थियो ।...
स्वास्थ्यकर्मी संघ खोटाङको जिल्ला अधिवेशन फागुन १३ गते

स्वास्थ्यकर्मी संघ खोटाङको जिल्ला अधिवेशन फागुन १३ गते

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, फागुन ९ । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, खोटाङको दोस्रो जिल्ला अधिवेशन फागुन १३ गते हुने भएको छ । फागुन १३ गते बिहान १० बजे जिल्ला समन्वय समितिको समीक्षालय हल, दिक्तेलमा अधिवेशन गर्ने निर्णय भएको अधिवेशन संयोजक तीर्थराज आचार्यले जानकारी दिनुभयो । ‘सम्पूर्ण स्वास्थ्यकर्मीहरू एकजुट होऔँ’ भन्ने नारासहित हुने अधिवेशनले संघको ४१ सदस्यीय नयाँ जिल्ला कार्यसमिति, २ जना केन्द्रीय प्रतिनिधि र २ जना प्रदेश प्रतिनिधि चयन गर्नेछ । जिल्ला कार्यसमिति निर्विरोध चयन गर्ने तयारी भएको विश्वस्त स्रोतले जनाएको छ । केन्द्रीय प्रतिनिधिको हकमा संशोधित नयाँ विधान अनुसार ५० जना सदस्य बराबर महिला र पुरुषको प्रतिनिधित्व हुने गरी प्रतिनिधि चयन हुनेछ । यसअघि माघ ७ गते गर्ने भनिएको जिल्ला अधिवेशन कोरोना भाइरस संक्रमण बढेपछि स्थगित गरिएको थियो ।...
खोटाङ : स्ववियु निर्वाचन गर्न दबाबका लागि नमुना मतदान

खोटाङ : स्ववियु निर्वाचन गर्न दबाबका लागि नमुना मतदान

Banner News 3, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, फागुन ९ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु खोटाङले स्ववियुको नमुना निर्वाचन गरेको छ । लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन आवश्यक ‘छ’ वा ‘छैन’ भन्ने बुझ्न अनेरास्ववियुले दिक्तेल बहुमुखी क्याम्पसमा नमुना निर्वाचन गरेको हो । मतदानमा सहभागी २ सय ७८ जना विद्यार्थीहरूमध्ये २ सय १८ जनाले स्ववियु निर्वाचनको पक्षमा र ४७ जनाले विपक्षमा मतदान गरेका छन् । १३ मत भने बदर भएको अनेरास्ववियु खोटाङका सचिव विष्णु उपरकोटीले जानकारी दिनुभयो । स्ववियु निर्वाचन गराउन सम्बन्धित निकायलाई दबाब दिने उद्देश्यले विद्यार्थीको मत सर्वेक्षण गरिएको अनेरास्ववियु खोटाङका अध्यक्ष मोहन संग्रामले बताउनुभयो । स्ववियुको यो कार्यक्रमले नजिकिँदै गरेको स्थानीय तह निर्वाचनमा पहिलोपटक मतदान गर्ने नयाँ मतदाताहरूलाई पनि सहयोग पुगेको संग्रामको भनाइ छ । मतदानका लागि आवश्यक सामग्री जिल्ला निर्वाचन कार्य...
विद्यार्थी यातायात सहुलियत तत्काल कार्यान्वयन गर्न अनेरास्ववियु खोटाङको माग

विद्यार्थी यातायात सहुलियत तत्काल कार्यान्वयन गर्न अनेरास्ववियु खोटाङको माग

Banner News 1, अर्थ, ताजा अपडेट, स्थानीय
खोटाङ, फागुन ८ । विद्यार्थीलाई यातायातमा सहुलियतको माग गर्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु खोटाङले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ । विद्यार्थीले यातायातमा पाउने ४५ प्रतिशत छुट तत्काल कार्यान्वयनको मागसहित अनेरास्ववियुले सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाएको हो । ‘...अनेरास्ववियुका पूर्व अध्यक्ष दिवंगत कमरेड रवीन्द्र अधिकारी नेतृत्वको आन्दोलनबाट प्राप्त भएको यातयातको क्षेत्रमा ४५ प्रतिशत विद्यार्थी सहुलियतको विषय आज कार्यान्वयनभन्दा टाढा पुगेको छ ।’ ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘अझ हाम्रो जिल्लाको हकमा भन्ने हो भने यसको सानो अंश पनि बाँकी छैन ।’ विद्यार्थीहरूले रगत र पसिना बगाएर प्राप्त गरेको उक्त उपलब्धिलाई कार्यान्वयन नगरिएकोप्रति अनेरास्ववियु खोटाङले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अनेरास्वविययुको आन्दोलनबाट मुलु...
मोटरसाईकल दुर्घटनामा रावाबेसी गाउँपालिकाका इन्जिनियर ढुंगानाको मृत्यु

मोटरसाईकल दुर्घटनामा रावाबेसी गाउँपालिकाका इन्जिनियर ढुंगानाको मृत्यु

Banner News 2, ताजा अपडेट, समाचार, समाज
खोटाङ, फागुन ८ । दुर्घटनामा परेर खोटाङको रावाबेसी गाउँपालिकामा कार्यरत ३१ वर्षीय इन्जिनियर दिपक ढुंगानाकाको मृत्यु भएको छ । मोटरसाईकल दुर्घटनामा गम्भीर घाईते इन्जिनियरको उपचारकालागि काठ्माण्डौं लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । ऐसेलुखर्क गाउँपालिका–७ माक्पा घर भएका स्टाफको बहिनीको बिहेमा गएर फर्कनेक्रममा दुई जना सवार प्रदेश ३–०–२–००७ प ५३३३ नम्बरको मोटरसाईकलमा माक्पा फेदी सडक खण्डमा शनिबार राती करीब ७ बजे दुर्घटना भएको हो । सडकबाट करीब २ सय ५० मिटर तल खसेका इन्जिनियर ढुंगानाको टाउको र छातीमा गहिरो चोट लागेको थियो । दुर्घटनामा घम्भिर घाइते ढुंगानाको स्वास्थ्यचौकी माक्पामा प्राथमिक उपचार पछि तथ उपचारकालागि एम्बूलेन्सबाट काठ्माण्डौं लैजानेक्रममा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार पुगेपछि रातको करीब १२ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सू...
दिक्तेल बजारमा नक्कली मह बिक्री गरिरहेका एक जना पक्राउ

दिक्तेल बजारमा नक्कली मह बिक्री गरिरहेका एक जना पक्राउ

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन ७ । नक्कली मह बिक्री गरिरहेको अवस्थामा खोटाङमा १३ वर्षीय एक किशोर पक्राउ परेका छन् । जिल्ला सदरमुकाम दिक्तेल बजारबाट महजस्तो देखिने ५ केजी पदार्थसहित अन्देश करौडीलाई आज (शनिबार) प्रहरीले पक्राउ गरेको हो । बजारमा नक्कली मह बिक्री भइरहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । करौडीसँगै मह बिक्री गरिरहेका अर्का एक जना फरार रहेका छन् । उनको खोजिभइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो । जिल्लामा नक्कली मह बिक्री भइरहेको भन्दै यसअघि उद्योग बाणिज्य संघ खोटाङले सबैलाई सचेत रहन आग्रह समेत गरेको थियो ।...