स्थानीय तह चुनावको मिति तत्काल घोषणा गर्न अनेरास्ववियु खोटाङको माग
खोटाङ, माघ १७ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु खोटाङले स्थानीय तह चुनावको मिति यथाशीघ्र घोषणा गर्न माग गरेको छ । अनेरास्ववियुले आज जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ध्यानाकर्षणपत्र पठाउँदै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएको हो ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारलाई ध्यानकर्षणपत्र पठाउँदै अनेरास्ववियुले जनताको स्वच्छ जनमतबाट नभई अदालतको परमादेशबाट बनेको अप्राकृतिक गठबन्धनको सरकारले संविधानको वस्तुगत भावना र मर्मविपरीत स्थानीय तहको निर्वाचनको मिति तोक्न आनाकानी गरेर नेपाली जनताको आन्दोलनबाट प्राप्त मुलुकको संघीयतालाई नै कमजोर बनाउने दुस्प्रयास गरिरहेको कुराप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जनताको हक अधिकारलाई हनन गरेर लोकतान्त्रमाथि निर्मम प्रहार ग...








