Sunday, October 25News That Matters

Banner News 2

नेपाल नेत्र ज्योति संघद्धारा पत्रकार दमन राई सम्मानित

नेपाल नेत्र ज्योति संघद्धारा पत्रकार दमन राई सम्मानित

Banner News 2, Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २९ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सकृय खोटाङका पत्रकार दमन राई सम्मानित हुनुभएको छ । आफ्नो पाचौँ जिल्ला सभा तथा अधिवेशनको अवसरमा बुधबार नेपाल नेत्र ज्योति संघ खोटाङले पत्रकार राईलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि संघका केन्द्रिय महासचिव भरत बहादुर चन्द, विशिष्ट अतिथि प्रदेश सभापति एवं केन्द्रिय उपाध्यक्ष श्याम सुन्दर उदाशले दोसल्ला ओढाएर सम्मान पत्रले पत्रकार राईलाई सम्मान गर्नु भएको हो । जिल्लाको आँखा सेवाका महत्वपुर्ण पक्षलाई उजागर गर्ने समाचारलाई स्थानीय देखि अन्तराष्ट्रिय स्तरसम्म पु¥याउन खेलेको महत्वपुर्ण भूमिकाको उच्च मुल्याङकन गर्दै पत्रकार राईलाई सम्मान गरिएको नेपाल नेत्र ज्योति संघ खोटाङका सभापति इन्द्र कसजुले बताउनुभयो । २०६३ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियासिल राई हाल नेपाल वाइड डटकमको सम्पादकसँगै, ग्यालेक्सी फोरके टेलिभिजन र हिमाल खबरकामा आवद्ध ...
छुवाछुत अन्त्यका लागि खोटेहाङमा सहभोज कार्यक्रम

छुवाछुत अन्त्यका लागि खोटेहाङमा सहभोज कार्यक्रम

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २८ । खोटाङको खोटेहाङ गाउँपालिकामा छुवाछुत अन्त्यका लागि सहभोजको आयोजना गरिएको छ । वडा नम्बर १ लिकुवापोखरी र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ लिकुवापोखरीको संयुक्त आयोजनामा सोमबार सहभोजको आयोजना गरी सबैले एकै ठाउँमा सँगै बसेर खाना खाएका छन् । देशमा जातीय विभेद विरुद्धमा कानून बनेता पनि व्यवहारमा अझै लागू नभएका कारण छुवाछुतमुक्त समाज निर्माणमा टेवा पु¥याउन सहभोजको आयोजना गरिएको बताइएको छ । ‘दलित समुदायले छोएको खान हुन्न’ भन्ने अन्धबिश्वास तोड्ने प्रयास स्वरुप सर्वसाधारणदेखि गाउँपालिका अध्यक्ष उदिमबहादुर राई, उपाध्यक्ष रुपेश राई, प्रमुख प्रशासकीय अधिकृत अजम्बर राई लगायतको सहभागीतामा सहभोज गरिएको युवराज कालिकोटेले बताउनुभयो । सहभोजमा विभिन्न वडाका वडाध्यक्ष, राजनीतिक दलका पालिका तथा वडा स्तरिय नेता, शिक्षक, कर्मचारी, बुद्धिजिवी, सर्वसाधारण दलित र गैर–दलित गरी १५० जनाको सहभागीता...
रावा बेसीका लिचीमा देखा परेका किरा नियन्त्रण गर्न कृषकलाई स्प्रेयर र विषादी प्रदान

रावा बेसीका लिचीमा देखा परेका किरा नियन्त्रण गर्न कृषकलाई स्प्रेयर र विषादी प्रदान

Banner News 2, अर्थ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, चैत २७ । कृषकको दरिलो आम्दानीको स्रोत रहेको लिचीमा विभिन्न प्रकारका किराको प्रकोप देखिन थाले पछि रावा बेसी गाउँपालिका त्यसको नियन्त्रणमा जुटेको छ । पालिका भित्रका अधिकांश क्षेत्रमा उत्पादन भइरहेको लिची फललाई प्रवद्र्धन गरिरहेको पालिकाले देखा परेका किरा नियन्त्रणका लागि कृषकलाई स्प्रेयर र विषादी प्रदान गरेको हो । चैत ७ गते बाली संरक्षण प्रयोकशाला विराटनगर, कृषि ज्ञानकेन्द्र खोटाङ, रावा बेसी गाउँपालिका लगायतको विज्ञ टोलीको अनुगमनले लिचीमा माइट, बोरर, पतेरो जस्ता किराको प्रकोप रहेको समस्या पहिचान गरेको थियो । उक्त किराको नियन्त्रणका लागि सोमबार कृषकलाई ४ थान पावर स्प्रेयर सहितको सेट, ६ सय बोतल विषादी, ५० बोतल सुक्ष्मखाद्य तत्व लगायतको सामाग्री ४ वटा कृषक समुहला्ई प्रदान गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक मुगाधन राईले बताउनुभयो । प्रदान गरिएको सामाग्रीले किरा नियन्त्रण गर्न फिल्डमै ग...
कार्यकर्ता परिचालन गरी सांसद पाँचकर्णलाई दुर्व्यवहारको दुष्प्रयास गरेको भन्दै एमालेको आपत्ति

कार्यकर्ता परिचालन गरी सांसद पाँचकर्णलाई दुर्व्यवहारको दुष्प्रयास गरेको भन्दै एमालेको आपत्ति

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, चैत २६ । खोटाङ प्रदेश सभा ‘क’ का सांसद पाँचकर्ण राई (पि.के) लाई पहिचान पक्षधरको नाममा पार्टीका कार्यकर्तालाई परिचालन गरी दुव्र्यवहारको दुष्प्रयास गरेको भन्दै एमालेले विज्ञप्तिमार्फत आपत्ति जनाएको छ । सांसद तथा एमालेका नेता राईलाई प्रदेश नामकरणको विषयलाई लिएर केही जनप्रतिनिधिको संलग्नतामा पार्टीका कार्यकर्ताद्धारा दुव्र्यवहारको दुष्प्रयास भएको भन्दै एमालेले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । कार्यक्रममा अतिथिको रुपमा आमन्त्रण गरी केही पार्टीका नेताहरुको इसारामा योजनाबद्ध ढंगले जिल्ला सभाको रोस्टम प्रयोग गरेर आक्रण गरिएको एमालेको आरोप छ । प्रदेश नामकरणको निर्णय प्रक्रियामा भाग लिएका राजनीतिक दलकै नेता तथा जनप्रतिनिधिको इसारामा एमालेबाट निर्वाचित सांसदलाई मात्र एकतर्फी दोषारोपण गरेर निरन्तर प्रहार गरिएको प्रति घोर भ्रत्र्सना गरिएको एमालेले निकालेको विज्ञप्तिमा उल्लेख छ । जिल्ला समन्...
बाक्सिलामा वैशाख ६ गते गायिका मेलिना राई लगायतका कलाकारले नचाउने

बाक्सिलामा वैशाख ६ गते गायिका मेलिना राई लगायतका कलाकारले नचाउने

Banner News 2, ताजा अपडेट, मनोरञ्जन, समाचार, स्थानीय
खोटाङ, चैत २४ । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा सांगीतिक कार्यक्रम हुने भएको छ । नयाँ वर्ष २०८० सालको अवसरमा वैशाख ६ गते हुन लागेको सांगीतिक कार्यक्रममा नेपालको चर्चित गायिका मेलिना राई लगायतका कलाकारहरुको प्रस्तुति रहेने बताइएको छ । केपिलासगढी गाउँपालिकाको आर्थीक सहयोगमा ग्रामीण युवा विकास मञ्च केपिलासगढीको आयोजनामा सांगीतिक एवं नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम हुन लागेको हो । कार्यक्रममा चर्चित गायिका मेलिना राईसँगै, गायक तथा संगीतकार विक्रम राई, बिनोद खम्बु, राकेश किराती, पदम थुलुङ, सुरेश कोयी राई र उमेश दुमी राईको सांगीतिक प्रस्तुति रहने आयोजक समितिका अध्यक्ष पवन श्रेष्ठले जानकारी दिनुभयो । गीत संगीतमार्फत मनोरञ्जन दिदै पर्यटन प्रवद्र्धनका लागि सांगीगितक कार्यक्रमको आयोजना गरिएको आयोजक समितिका सदस्य प्रताप राईले बताउनुभयो । बाक्सिलास्थित पृथ्वी माध्यमिक विद्यालयको...
धितुङका ४ आमा समुहलाई कुटानी पिसानी मिल

धितुङका ४ आमा समुहलाई कुटानी पिसानी मिल

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २३ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ४ आमा समुहले कुटानी पिसानी मिल पाएका छन् । उनिहरुको दैनिकीमा सहजता ल्याउन वडाले बिहिबार मिल प्रदान गरेको जनाएको छ । चालु आर्थीक वर्ष २०७९\०८० मा वडाबाट विनियोजित २ लाख बजेटबाट ४ वटा कुटानी पिसानी मिल खरिद गरेर आमा समुहलाई प्रदान गरिएको वडाध्यक्ष टेकराज राईले जानकारी दिनुभयो । वडाले प्रदान गरेको मिल भाडबेँसी, पन्थे, दियाले र नयाँ बस्तीका आमासमुहरुले पाएका छन् । अन्य आमा समुहले पनि माग गरिरहेकोहुँदा नगरपालिकासँग समन्वय गरेर आगामी दिनमा मिल उपलब्ध गराइने वडाध्यक्ष राईले बताउनुभयो । हाल ढिकी जाँतोमा अन्न पिस्दै आएका आमाहरुको सहजताका लागि मिल प्रदान गरिएको उहाँको भनाइ छ । कुटानी पिसानी मिलले आमाहरुको घरायसी कामको केही बोझ हटाउनेमा विश्वस्त रहेको उहाँले सुनाउनुभयो ।...
दिक्तेल नगरपालिकाको नगर ‘सद्भावना दूत’मा गायक राजेश पायल राई

दिक्तेल नगरपालिकाको नगर ‘सद्भावना दूत’मा गायक राजेश पायल राई

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, रोचक, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २१ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चर्चित गायक राजेश पायल राई (राई इज किंग) लाई नगरपालिकाको ‘सद्भावना दूत’मा राखेको छ । नगर कार्यपालिकाको चैत १९ गतेको निर्णयले गायक राईलाई ‘सद्भावना दूत’मा राखिएको मंगलबार पत्रकार सम्मेलन गरेर मेयर तीर्थराज भट्टराईले जानकारी दिनुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा जन्मनु भएका राई हाल देशकै चर्चित गायकको रुपमा स्थापित हुनुहुन्छ । गायक राईलाई नगरपालिकाले शान–मान र स्वाभिमानकोरुपमा लिएकाले समृद्धि र पहिचानका लागि नगर ‘सद्भावना दूत’मा राखिएको मेयर भट्टराईले बताउनुभयो । गायक राईले पनि समृद्धि र पहिचानका लागि आफु लागि पर्ने प्रतिबद्धता दिएको उहाँको भनाइ छ । गायक राईको देश तथा विदेशमा हुने नियमित भ्रमणले नगरपालिकाको पहिचान अझ स्थापित हुनेमा विश्वस्त रहेको मेयर भट्टराईले बताउनुभयो । यस्तै, सोही कार्यपालिकाले विभिन्न सल्ला...
हलेसी तुवाचुङको ग्रामीण सडक कालोपत्रे गर्न शिलान्यास

हलेसी तुवाचुङको ग्रामीण सडक कालोपत्रे गर्न शिलान्यास

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत १३ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका भित्रको साँढे १० किलोमिटर ग्रामीण सडक कालोपत्रे हुने भएको छ । नगरपालिकाको वडा नम्बर ३ च्यास्मिटारबाट डिकुवा हुँदै बाहुनीडाँडाको वडा कार्यालय पुग्ने साँढे १० किलोमिटर ‘च्यास्मिटार–डिकुवा–कुर्लेघाट’ सडकको सोमबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले शिलान्यास गर्नुभएको हो । सडक विभागको २७ करोड ४ लाख ७५ हजार बजेटमा ३ वर्षमा सक्नेगरी फेवा पोखराले २०७९ पुष २० सडकको ठेक्का सम्झौता गरेको छ । ड्रेनसहित नौ मिटरको कालोपत्रे सडक बन्ने कन्ट्रक्सनका प्रतिनिधि पत्थर सिं राई राईले बताए ।...
रावा बेसी कर्मचारी युनियनको अध्यक्षमा गिरिराज र स्वास्थ्यकर्मीको अध्यक्षमा अमिर

रावा बेसी कर्मचारी युनियनको अध्यक्षमा गिरिराज र स्वास्थ्यकर्मीको अध्यक्षमा अमिर

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, चैत १० । नेपाली कांग्रेस निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी युनियन रावा बेसी गाउँपालिकाको अध्यक्षमा गिरिराज मगर निर्वाचित भएका छन् । शुक्रबार भएको पालिका अधिवेशनले मगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा उद्दब बास्तोला, समावेशी उपाध्यक्षमा देविका राई, सचिवमा निराज रावल कोषाध्यक्षमा भोजराज आचार्य चयन भएका छन् । सदस्यहरुमा गायस भट्टराई, विवेक ढकाल, सेसेना लिम्बु, प्रियंका राई, श्याम बहादुर राना, सन्जय किशोर यादव र लह कुमार राई चयन भएका छन् । यस्तै युनियनको सल्लाहकार समितिको संयोजकमा अर्जुन कुमार पोखरेल, सदस्यहरुमा सन्दीप कुमार राय, विशाल कुमार कार्की र ललित कुमार बस्नेत सर्वसम्मत चयन भएका हुन् । यसैबिच, शुक्रबार नै भएको स्वास्थ्यकर्मी संघको पालिका अध्यक्षमा अमिर विश्वकर्मा सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा तृष्णा राई र केशव कुमारी...
आफ्नै शरीरमा आगो लगाएर घाईते भएका खोटाङका बास्तोलाको मृत्यु

आफ्नै शरीरमा आगो लगाएर घाईते भएका खोटाङका बास्तोलाको मृत्यु

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत १० । आफ्नै शरीरमा आगो लगाएर घाईते भएका खोटाङका एक ब्यक्तिको मृत्यु भएको छ । पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएर आत्मदहको प्रयास गर्दा घाईते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २८ वर्षिय भलकाजी बास्तोलाको मृत्यु भएको हो । बास्तोलाले चैत ३ गते राती आफ्नै शरीरमा आगो लगाउदा घाईते भएका थिए । किर्तीपुर बर्न अस्पताल, काठ्माडौंले थप उपचार हुननसक्ने भन्दै बिहिबार डिस्चार्ज दिएपछि बास्तोलालाई फर्काएर जिल्ला अस्पताल दिक्तेलमा राखिएको थियो । उनको उपचारका क्रममा बिहिबार राती २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । जिल्ला अस्पतालले रेफर गरेपछि घाईते बास्तोलालाई चैत ४ गते किर्तीपुर बर्न अस्पताल, काठ्माडौं लगिएको थियो । तर बास्तोलाको स्वास्थ्य अवस्था सुधार हुनुको सट्टा ‘क्रिटिकल’ हुँदैगएपछि बर्न अस्पतालले डिस्चार्ज दिएको थियो । बास्तो...