Wednesday, April 29News That Matters

Banner News 2

बाक्सिलामा वैशाख ६ गते गायिका मेलिना राई लगायतका कलाकारले नचाउने

बाक्सिलामा वैशाख ६ गते गायिका मेलिना राई लगायतका कलाकारले नचाउने

Banner News 2, ताजा अपडेट, मनोरञ्जन, समाचार, स्थानीय
खोटाङ, चैत २४ । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा सांगीतिक कार्यक्रम हुने भएको छ । नयाँ वर्ष २०८० सालको अवसरमा वैशाख ६ गते हुन लागेको सांगीतिक कार्यक्रममा नेपालको चर्चित गायिका मेलिना राई लगायतका कलाकारहरुको प्रस्तुति रहेने बताइएको छ । केपिलासगढी गाउँपालिकाको आर्थीक सहयोगमा ग्रामीण युवा विकास मञ्च केपिलासगढीको आयोजनामा सांगीतिक एवं नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम हुन लागेको हो । कार्यक्रममा चर्चित गायिका मेलिना राईसँगै, गायक तथा संगीतकार विक्रम राई, बिनोद खम्बु, राकेश किराती, पदम थुलुङ, सुरेश कोयी राई र उमेश दुमी राईको सांगीतिक प्रस्तुति रहने आयोजक समितिका अध्यक्ष पवन श्रेष्ठले जानकारी दिनुभयो । गीत संगीतमार्फत मनोरञ्जन दिदै पर्यटन प्रवद्र्धनका लागि सांगीगितक कार्यक्रमको आयोजना गरिएको आयोजक समितिका सदस्य प्रताप राईले बताउनुभयो । बाक्सिलास्थित पृथ्वी माध्यमिक विद्यालयको...
धितुङका ४ आमा समुहलाई कुटानी पिसानी मिल

धितुङका ४ आमा समुहलाई कुटानी पिसानी मिल

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २३ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ४ आमा समुहले कुटानी पिसानी मिल पाएका छन् । उनिहरुको दैनिकीमा सहजता ल्याउन वडाले बिहिबार मिल प्रदान गरेको जनाएको छ । चालु आर्थीक वर्ष २०७९\०८० मा वडाबाट विनियोजित २ लाख बजेटबाट ४ वटा कुटानी पिसानी मिल खरिद गरेर आमा समुहलाई प्रदान गरिएको वडाध्यक्ष टेकराज राईले जानकारी दिनुभयो । वडाले प्रदान गरेको मिल भाडबेँसी, पन्थे, दियाले र नयाँ बस्तीका आमासमुहरुले पाएका छन् । अन्य आमा समुहले पनि माग गरिरहेकोहुँदा नगरपालिकासँग समन्वय गरेर आगामी दिनमा मिल उपलब्ध गराइने वडाध्यक्ष राईले बताउनुभयो । हाल ढिकी जाँतोमा अन्न पिस्दै आएका आमाहरुको सहजताका लागि मिल प्रदान गरिएको उहाँको भनाइ छ । कुटानी पिसानी मिलले आमाहरुको घरायसी कामको केही बोझ हटाउनेमा विश्वस्त रहेको उहाँले सुनाउनुभयो ।...
दिक्तेल नगरपालिकाको नगर ‘सद्भावना दूत’मा गायक राजेश पायल राई

दिक्तेल नगरपालिकाको नगर ‘सद्भावना दूत’मा गायक राजेश पायल राई

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, रोचक, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २१ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चर्चित गायक राजेश पायल राई (राई इज किंग) लाई नगरपालिकाको ‘सद्भावना दूत’मा राखेको छ । नगर कार्यपालिकाको चैत १९ गतेको निर्णयले गायक राईलाई ‘सद्भावना दूत’मा राखिएको मंगलबार पत्रकार सम्मेलन गरेर मेयर तीर्थराज भट्टराईले जानकारी दिनुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा जन्मनु भएका राई हाल देशकै चर्चित गायकको रुपमा स्थापित हुनुहुन्छ । गायक राईलाई नगरपालिकाले शान–मान र स्वाभिमानकोरुपमा लिएकाले समृद्धि र पहिचानका लागि नगर ‘सद्भावना दूत’मा राखिएको मेयर भट्टराईले बताउनुभयो । गायक राईले पनि समृद्धि र पहिचानका लागि आफु लागि पर्ने प्रतिबद्धता दिएको उहाँको भनाइ छ । गायक राईको देश तथा विदेशमा हुने नियमित भ्रमणले नगरपालिकाको पहिचान अझ स्थापित हुनेमा विश्वस्त रहेको मेयर भट्टराईले बताउनुभयो । यस्तै, सोही कार्यपालिकाले विभिन्न सल्ला...
हलेसी तुवाचुङको ग्रामीण सडक कालोपत्रे गर्न शिलान्यास

हलेसी तुवाचुङको ग्रामीण सडक कालोपत्रे गर्न शिलान्यास

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत १३ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका भित्रको साँढे १० किलोमिटर ग्रामीण सडक कालोपत्रे हुने भएको छ । नगरपालिकाको वडा नम्बर ३ च्यास्मिटारबाट डिकुवा हुँदै बाहुनीडाँडाको वडा कार्यालय पुग्ने साँढे १० किलोमिटर ‘च्यास्मिटार–डिकुवा–कुर्लेघाट’ सडकको सोमबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले शिलान्यास गर्नुभएको हो । सडक विभागको २७ करोड ४ लाख ७५ हजार बजेटमा ३ वर्षमा सक्नेगरी फेवा पोखराले २०७९ पुष २० सडकको ठेक्का सम्झौता गरेको छ । ड्रेनसहित नौ मिटरको कालोपत्रे सडक बन्ने कन्ट्रक्सनका प्रतिनिधि पत्थर सिं राई राईले बताए ।...
रावा बेसी कर्मचारी युनियनको अध्यक्षमा गिरिराज र स्वास्थ्यकर्मीको अध्यक्षमा अमिर

रावा बेसी कर्मचारी युनियनको अध्यक्षमा गिरिराज र स्वास्थ्यकर्मीको अध्यक्षमा अमिर

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, चैत १० । नेपाली कांग्रेस निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी युनियन रावा बेसी गाउँपालिकाको अध्यक्षमा गिरिराज मगर निर्वाचित भएका छन् । शुक्रबार भएको पालिका अधिवेशनले मगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा उद्दब बास्तोला, समावेशी उपाध्यक्षमा देविका राई, सचिवमा निराज रावल कोषाध्यक्षमा भोजराज आचार्य चयन भएका छन् । सदस्यहरुमा गायस भट्टराई, विवेक ढकाल, सेसेना लिम्बु, प्रियंका राई, श्याम बहादुर राना, सन्जय किशोर यादव र लह कुमार राई चयन भएका छन् । यस्तै युनियनको सल्लाहकार समितिको संयोजकमा अर्जुन कुमार पोखरेल, सदस्यहरुमा सन्दीप कुमार राय, विशाल कुमार कार्की र ललित कुमार बस्नेत सर्वसम्मत चयन भएका हुन् । यसैबिच, शुक्रबार नै भएको स्वास्थ्यकर्मी संघको पालिका अध्यक्षमा अमिर विश्वकर्मा सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा तृष्णा राई र केशव कुमारी...
आफ्नै शरीरमा आगो लगाएर घाईते भएका खोटाङका बास्तोलाको मृत्यु

आफ्नै शरीरमा आगो लगाएर घाईते भएका खोटाङका बास्तोलाको मृत्यु

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत १० । आफ्नै शरीरमा आगो लगाएर घाईते भएका खोटाङका एक ब्यक्तिको मृत्यु भएको छ । पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएर आत्मदहको प्रयास गर्दा घाईते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २८ वर्षिय भलकाजी बास्तोलाको मृत्यु भएको हो । बास्तोलाले चैत ३ गते राती आफ्नै शरीरमा आगो लगाउदा घाईते भएका थिए । किर्तीपुर बर्न अस्पताल, काठ्माडौंले थप उपचार हुननसक्ने भन्दै बिहिबार डिस्चार्ज दिएपछि बास्तोलालाई फर्काएर जिल्ला अस्पताल दिक्तेलमा राखिएको थियो । उनको उपचारका क्रममा बिहिबार राती २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । जिल्ला अस्पतालले रेफर गरेपछि घाईते बास्तोलालाई चैत ४ गते किर्तीपुर बर्न अस्पताल, काठ्माडौं लगिएको थियो । तर बास्तोलाको स्वास्थ्य अवस्था सुधार हुनुको सट्टा ‘क्रिटिकल’ हुँदैगएपछि बर्न अस्पतालले डिस्चार्ज दिएको थियो । बास्तो...
निर्वाचनलाई लिएर खोटाङ उद्योग वाणिज्य संघमा विवाद

निर्वाचनलाई लिएर खोटाङ उद्योग वाणिज्य संघमा विवाद

Banner News 2, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ८ । खोटाङ उद्योग वाणिज्य संघमा विवाद देखिएको छ । संघको ११ औं अधिवेशनलाई लिएर छुट्टा छुट्टै गरिएका निर्णयले विवाद उत्पन्न भएको हो । गत फागुन २३ गते निर्वाचन हुने गरी फागुन १३ गते उद्घाटन भएको संघको निर्वाचन राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको आचारसंहिता लागू भएपछि चैत्र ९ गतेलाई सारिएको थियो । निर्वाचन सरेपछि फागुन १७ गते बसेको संघको सचिवालय बैठकले सदस्यता नविकरण गर्न बाँकी रहेका सदस्यहरुका लागि फागुन ३० गतेसम्म सदस्यता नविकरण खुल्ला गर्ने र उनीहरुलाई चैत्र ९ गते हुने निर्वाचनमा सहभागी हुन पाउने निर्णय गरेको थियो । तर सचिवालयले गरेको निर्णय चैत्र ५ गते बसेकोे पूर्ण बैठकले अनुमोदन गर्न नमानेपछि संघमा विवाद सुरु भएको देखिन्छ । फागुन १७ गते गरिएको निर्णय आधारिक हुने एक पक्षको माग रहेको छ । चैत ५ गते गरिएको निर्णय निर्वाचनलाई प्रभावित गर्ने गरि भएको भन्दै असन्तुष्ट पक्षले खारे...
नगरपालिकाको सहयोगमा साइनो कला केन्द्रले निःशूल्क संगीत प्रशिक्षण गर्ने

नगरपालिकाको सहयोगमा साइनो कला केन्द्रले निःशूल्क संगीत प्रशिक्षण गर्ने

Banner News 2, ताजा अपडेट, मनोरञ्जन, समाचार, स्थानीय
खोटाङ, चैत ६ । खोटाङमा लामो समयदेखि गीत संगीतको क्षेत्रमा काम गरिरहेको संस्था साइनो कला केन्द्रले आर्थीक अवस्था कमजोर भएका ब्यक्तिहरुलाई निःशूल्क संगीत प्रशिक्षण गर्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थीक सहयोगमा केन्द्रले करीब १५ जना विद्यार्थीलाई निःशूल्क संगीत प्रशिक्षण गर्ने भएको जनाएको छ । संगीत प्रशिक्षणका लागि नगरपालिकाले ३ लाख रकम दिएको बताइएको छ । सोमबार सार्वजनिक सुनुवाइ गर्दै केन्द्रका कोषाध्यक्ष दशरत राईले नगरपालिकाले दिएको रकम मध्ये १ लाख ५० हजार बाध्यबादन खरिद गर्न खर्च गरेको बताउनुभयो । बाकी १ लाख ५० हजार प्रशिक्षकलाई तलब र कार्यालय व्यवस्थापनमा खर्च गरिने उहाँको भनाइ छ । संगीत प्रशिक्षणका लागि आएका धेरै ब्यक्तिहरु शुल्क तिर्न नसकेर बीचैमा कक्षा छाडिरहेकाले उनीहरुलाई नगरपालिकाको आर्थीक सहयोगमा निःशूल्क कक्षाको व्यवस्था गरिएको साइनो कला केन्द्रका अध्यक्ष भक्...
खोटाङमा शिक्षकहरुको जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

खोटाङमा शिक्षकहरुको जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, फागुन २३ । खोटाङमा शिक्षकहरुको जिल्ला स्तरीय एकल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल पोखरीस्थित सरस्वती आधारभूत विद्यालयको आयोजनामा मंगलबारबाट ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विसन राईलेले उद्घाटन गर्नुभएको हो । प्रमुख भट्टराई र उपप्रमुख राई बीच उद्घाटन खेलसँगै नगरपालिका र उद्योग बाणिज्य संघ खोटाङ बीच मैत्रिपुर्ण खेल भएको थियो । जसमा उद्योग बाणिज्य संघले नगरपालिकाको टिमलाई पराजित गरेको छ । विद्यालयको प्रांगणमा उद्घाटन खेल पश्चात अन्य खेल माटिकोरेस्थित कबर्डहलमा सञ्चालन भइरहेको आयोजक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अजय बस्नेतले जानकारी दिनुभयो । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जम्मा १५ शिक्षकले सहभागि जनाएका छन् । प्रतियोगितामा प्रथम हुनेले नगद ११ ...
रावा बेसीका खेतमा लहलह तोरी, तेल पेल्न मिल खरिद गर्दै गाउँपालिका

रावा बेसीका खेतमा लहलह तोरी, तेल पेल्न मिल खरिद गर्दै गाउँपालिका

Banner News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन २० । खोटाङको रावा बेसी गाउँपालिका क्षेत्रमा तोरीका बोट लहलह देखिएका छन् । ६ वटा वडा रहेको पालिकाको बेँसी क्षेत्रका खेतहरुमा प्राय तोरी लहलह भएको देख्न सकिन्छ । वडा नम्बर १ कुभिण्डेको खैरेनि, चालिसे, कुखुरे र वेल्टार, वडा नम्बर २ खार्पाको दसमुरे र जलजले, वडा नम्बर ३ लामिडाँडाको तिर्पा बेँसी, वडा नम्बर ४ डुम्रे धारापानीको कटहरे बेँसी र खार्पाटार, वडा नम्बर ५ दुवेकोलको राउटार र वडा नम्बर ६ हौँचुरको हौँचुर बेँसी, गिद्दे बेँसी र टार बेँसीमा यतिबेला मनै लोभ्याउने गरी तोरी फुलेका÷फलेका छन् । बेँसीसँगै गाउँका खेतबारीमा पनि कतीपय कृषकले तोरी लगाएका हुन् । अघिल्ला वर्षहरुमा पनि कृषकले थोरै मात्रमा तोरी खेती गर्दै आएका थिए । तर यो वर्ष गाउँपालिकाले तोरीको तेलमा आत्मनिर्भर बन्ने अवधारणा अघि सारेर उन्नत जातको बिउ वितरण गरेपछि अहिले प्राय कृषकको खेतबारीमा तोरी लहलह भएको छ । चितवन लोकल र म...