Monday, May 25News That Matters

राजनीति

खोटाङ कांग्रेस अपडेट : रोकिएको मतगणना सुचारु बिष्णु कुमार राई जित नजिक

खोटाङ कांग्रेस अपडेट : रोकिएको मतगणना सुचारु बिष्णु कुमार राई जित नजिक

Banner News 1, ताजा अपडेट, राजनीति, स्थानीय
हिजो राती करीब साडे १० बजे विबातका कारण स्थगीत भएको नेपाली कांग्रेस खोटाङको मत गणना सुरु भएको छ । राती मत गणनाका क्रममा मतपत्र दुई खालको भेटिएको भन्दै विवाद निस्किएपछि रोकिएको मत गणना दिउँसो १ बजेबाट सुरु भएको हो । रोकिएको मत गणना सुरु भएर १०० मत गणना भएको छ । जम्मा अहिले सम्म एक हजार २ सय मत गणना भईसक्दा बिष्णु कुमार राई ६६ मतले अगाडि रहनु भएको छ । राईले ६१३ मत प्राप्त गर्दा पुर्व राज्यमन्त्री सर्वधन राईले ५४७ मत प्राप्त गर्नु भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपसभापतिमा इवन राईले ६८७, तिर्थराज भट्टराईले ६७२, मनोज तिम्सीनाले ४८७ र राजन सैजुले ३५१ मत प्राप्त गर्नु भएको छ । यस्तै सचिवमा राम कुमार राईले ४६८, रोजन राईले ४९१, समिर राईले ६४० र ज्ञानेन्द्र जोसीले ५७१ मत प्राप्त गर्नु भएको छ । यस्तै सहसचिवमा ध्यान बहादुर राईले ५०६, राजकुमार राईले ५२१, सार्जन राईले ५६५ र सालिकर...
खोटाङ कांग्रेस अपडेट : हजार मत गणना सकियो बिष्णु कुमार राई ७७ मतले अगाडि

खोटाङ कांग्रेस अपडेट : हजार मत गणना सकियो बिष्णु कुमार राई ७७ मतले अगाडि

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत खोटाङ जिल्ला नेतृत्व र महाधिवेशन प्रतिनिधिको लागि भएको मतदानको मतगणना जारी रहेको छ । कांग्रेसको पार्टी कार्यलयमा जारी मतगणनामा जिल्ला सभापतिका लागि सर्वधन राई र बिष्णु कुमार राईको मतान्तर बढ्दै गएको छ । १००० मत गणना हुँदा सम्म बिष्णु ७७ मतले अगाडि रहनु भएको छ । राईले ५२० मत प्राप्त गर्दा सर्वधन राईले ४४३ मत प्राप्त गर्नु भएको छ । उपसभापतिमा इवन राईले ५६९, तिर्थराज भट्टराईले ५७१, मनोज तिम्सीनाले ४०२ र राजन सैजुले २८६ मत प्राप्त गर्नु भएको छ । यस्तै सचिवमा राम कुमार राईले ३९६, रोजन राईले ४०८, समिर राईले ५२० र ज्ञानेन्द्र जोसीले ४७६ मत प्राप्त गर्नु भएको छ । यस्तै सहसचिवमा ध्यान बहादुर राईले ४१८, राजकुमार राईले ४२८, सार्जन राईले ४७१ र सालिकराम बन्जराले ४५३ मत प्राप्त गरेको जिल्ला निर्वाचन समितिले जनाएको छ । जिल्लामा जम्मा १ हजार ३२२ मत खसेको छ ।...
खोटाङ कांग्रेस मतगणना अपडेट : सभापतिमा बिष्णु कुमार राई २२ मतले अगाडी

खोटाङ कांग्रेस मतगणना अपडेट : सभापतिमा बिष्णु कुमार राई २२ मतले अगाडी

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ मंसिर ९ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत खोटाङ जिल्ला नेतृत्व र महाधिवेशन प्रतिनिधिको लागि भएको मतदानको मतगणना जारी रहेको छ । कांग्रेसको पार्टी कार्यलयमा जारी मतगणनामा जिल्ला सभापतिका लागि सर्वधन राई र बिष्णु कुमार राई बिच कडा प्रतिस्पर्धा भईरहेको छ । २०० मत गणना हुँदा सम्म बिष्णु केहि मतले अगाडि रहेपनि ३०० मत गणना हुँदा सर्वधनले उछिन्नु भएको थियो । ४०० मत गणना सकिदा पनि सर्वधन राई केहि मतले अगाडि हुनुहुन्थ्यो तर ५०० मत गणना सकिदा बिष्णुले सर्वधनलाई ८ मतले पछि पार्नु भयो । त्यसपछि लगातार बिष्णु राईले मतान्तर बढाउँदै लानु भएको छ । ७०० मत गणना हुँदा सम्म बिष्णु २२ मतले अगाडि रहनु भएको छ । राईले ३४८ मत प्राप्त गर्दा सर्वधन राईले ३२६ मत प्राप्त गर्नु भएको छ । उपसभापतिमा इवन राईले ३८३, तिर्थराज भट्टराईले ३९६, मनोज तिम्सीनाले २९५ र राजन सैजुले २०० मत प्राप्त गर्नु भएको छ । यस्...
जिल्ला सभापतिमा कडा प्रतिस्पर्धा फेरि बिष्णु कुमार राई केहि मतले अगाडि

जिल्ला सभापतिमा कडा प्रतिस्पर्धा फेरि बिष्णु कुमार राई केहि मतले अगाडि

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ मंसिर ९ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत खोटाङ जिल्ला नेतृत्व र महाधिवेशन प्रतिनिधिको लागि भएको मतदानको मतगणना जारी रहेको छ । कांग्रेसको पार्टी कार्यलयमा जारी मतगणनामा जिल्ला सभापतिका लागि सर्वधन राई र बिष्णु कुमार राई बिच कडा प्रतिस्पर्धा भईरहेको छ । २०० मत गणना हुँदा सम्म बिष्णु केहि मतले अगाडि रहेपनि ३०० मत गणना हुँदा सर्वधनले उछिनेका थिए । ४०० मत गणना सकिदा पनि सर्वधन राई केहि मतले अगाडि थिए तर ५०० मत गणना सकिदा बिष्णुले सर्वधनलाई ८ मतले पछी पारेका छन । ५०० मत सकिदा बिष्णु कुमार राईको पक्षमा २४४ मत परेको छ भने सर्वधन राईको पक्षमा २३७ मत परेको छ । उपसभापतिमा इवन राईले २६८, तिर्थराज भट्टराईले २८०, मनोज तिम्सीनाले २११ र राजन सैजुले १४४ मत प्राप्त गरेका छन । यस्तै सचिवमा राम कुमार राईले २०४, रोजन राईले २०७, समिर राईले २५१ र ज्ञानेन्द्र जोसीले २३५ मत प्राप्त गरेका छन । यस...
कांग्रेस अधिवेशन : खोटाङमा मतदान सम्पन्न, आजै मतगणना हुने संभावना

कांग्रेस अधिवेशन : खोटाङमा मतदान सम्पन्न, आजै मतगणना हुने संभावना

Banner News 1, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ मंसिर ८ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत खोटाङ जिल्ला नेतृत्व र महाधिवेशन प्रतिनिधिको लागि भएको निर्वाचन सम्पन्न भएको छ । कार्य तालिका भन्दा दुई दिन पछि आज बिहान ८ः३० बजेबाट सुरु भएको मतदान साँझ ६ः३० मा सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत शंकर भट्टराईले जानकारी दिनुभयो । जिल्ला सदरमुकाम दिक्तेलमा भएको मतदानमा यति मत खस्यो भन्ने यकिन डाटा निस्कन केहि समय लाग्ने उहाँको भनाई छ । मत गणना आजै गर्ने या भोली गर्ने भन्ने बिषयमा केहि समयपछि छलफल गरेर निर्णय गर्ने अधिकृत भट्टराईले बताउनु भयो । जिल्ला कार्य समितिको लागि पुर्व राज्यमन्त्री सर्वधन राई र पुर्व पार्टी सभापति एवं महासमिति सदस्य बिष्णु कुमार राईको समुह चुनावी मैदानमा उत्रिएका छन । पुर्व राज्यमन्त्री राईको समुहबाट उपसभापतिमा मनोज तिमिल्सीना र राजन सैजु रहनु भएको छ । यस्तै सचिवमा रोजन राई र राम साम्पाङ राई रहनु भएको । सह–स...
कांग्रेस खोटाङ अधिवेशन रोचक मोडमा, सभापतिमा बिष्णु र सर्वधन भिड्दै

कांग्रेस खोटाङ अधिवेशन रोचक मोडमा, सभापतिमा बिष्णु र सर्वधन भिड्दै

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ मंसिर ६ : नेपाली कांग्रेसको १४ औ माहाधिवेशन अन्तरगत खोटाङ जिल्लाको अधिवेश सुरु भएको छ । वडा, पालिका र प्रदेश सभा अधिवेशन सम्पन्न पश्चात सदरमुकाम दिक्तेलमा आजबाट जिल्ला अधिवेशन सुरु भएको हो । यस अघि जिल्ला सभापतिमा चार जना आकंक्षी देखिएपनि अन्तीममा दुई समुह भएर चुनावी मैदानमा जाने भएका छन । आज भएको उम्मेद्वार मनोनयन दर्ता अनुसार दुई समुह चुनावी मैदानमा जाने पक्का भएको हो । यद्यपी उम्मेद्वारको अन्तीम नामवली भने सार्वजनिक हुन बाकी छ । मनोनय दर्ता अनुसार जिल्ला सभापतिको लागि पुर्व पार्टी सभापति एवं महासमिति सदस्य बिष्णु कुमार राई र पुर्व राज्यमन्त्री सर्वधन राई बिच प्रतिस्पर्दा हुने पक्का भएको हो । यस अधि महासमिति सदस्य रवि प्रकाश राई र महाधिवेशन प्रतिनिधि एवं दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेपनि अन्तीममा पुर्व राज्यमन्त्री राईसँ...
जिल्ला अधिवेशनमा सर्वधन र भुपेन्द्रको समुह मिलेर जाने सहमति

जिल्ला अधिवेशनमा सर्वधन र भुपेन्द्रको समुह मिलेर जाने सहमति

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ कार्तिक ५ : नेपाली कांग्रेसको खोटाङ जिल्ला सभापतिका आकंक्षी ४ जना मध्ये पुर्व राज्यमन्त्री सर्वधन राई र महाधिवेशन प्रतिनिध एवं दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राई मिलेर जाने भएका छन । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत खोटाङमा भोली हुने जिल्ला अधिवेशनमा दुई समुह मिलेर जाने सहमति भएको हो । यस अघि दुई जनाले नै सभापतिमा उठ्ने घोषणा गरेपनि अधिवेशन हुन एक दिन बाकी रहदा भुपेन्द्रले सर्वधनलाई सघाउँने सहमती भएको नेता मनोज तिमिल्सीनाले जानकारी दिनुभयो । सभापतिमा पुर्व राज्यमन्त्री राई हुनुहुने छ भने अन्य पदाधिकारीमा दुवै समुहलाई मिलाएर लाने सहमती भएको उहाँको भनाई छ । यद्यपी को कुन पदमा उम्मेद्वार बन्ने बिषयमा छलफल भईरहेको छ । यसअघि राज्यमन्त्री राईको समुहबाट उपसभापतिमा मनोज तिमिल्सीना र सचिवमा रोजन राईले उम्मेद्वारी दिनु भएको छ । यस्तै महाधिवेशन प्रतिनिधि राईको समुहबाट...
कैलाश राई सर्वाधिक मत ल्याएर प्रदेश प्रतिनिधिमा बिजयी

कैलाश राई सर्वाधिक मत ल्याएर प्रदेश प्रतिनिधिमा बिजयी

ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ मंसिर ४ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत खोटाङको प्रदेश सभा ‘क’ मा कैलाश राईले सर्वाधिक मत ल्याएर प्रदेश महाधिवेशन प्रतिनिधिमा बिजयी हुनु भएको छ । जम्मा ६८२ मत खसेकोमा राईले सर्वाधिक ३९३ मत ल्याएर बिजयी हुनु भएको हो । शुक्रबार हलेसीमा सम्पन्न प्रदेश सभा ‘क’ को मतदानको नतिजा शनिबार बिहान ९ बजे सार्वजनिक भएको थियो । हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिमका युवा नेता एवं ब्यवसायि राईसँगै प्रदेश महाधिवेशन प्रतिनिधिमा अन्य १६ जना प्रतिनिधि निर्वाचित हुनु भएको छ । जसमा पृथ्वि बहादुर राउत, सुचन राई, डम्बर कुमारी श्रेष्ठ, यार्मिया राई, दिपक नेपाली, काशीनाथ आचयर्, गोपाल सैजु, सतेन्द्र ठकुरी, प्रमोद राई, सुभाष राई निर्वाचित हुनु भएको छ । यस्तै विराज आचर्य, अन्जना केसी बस्नेत, अनिता गिरी, मञ्जु कार्की बस्नेत, रमेश कुमार गुरुङ र पुरुषोत्तम खनाल बिजयी हुनु भएको छ । यस्तै, प्रदेश सभा ‘क’...
खोटाङ कांग्रेस अधिवेशन : प्रदेश सभा ‘क’ मा राजेन्द्र राईको प्यानल बिजयी

खोटाङ कांग्रेस अधिवेशन : प्रदेश सभा ‘क’ मा राजेन्द्र राईको प्यानल बिजयी

ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ मंसिर ४ : नेपाली कांग्रेको खोटाङ प्रदेश सभा ‘क’ कार्यसमितिमा राजेन्द्र राईको पुरै प्यानलनै बिजयी भएको छ । हलेसीमा हिजो भएको मतदानको मतगणना आज बिहान ९ बजे सम्पन्न हुँदा राईको प्यानलनै बिजयी भएको हो । ७०३ मत मध्ये ६८२ मत खसेको थियो । जसमा ३० मत बदर भएको छ । सभापतिमा राईले ३७२ मत प्राप्त गरेर बिजयी हुँदा उहाँका प्रतिद्वन्द्वी भक्तजङ्ग राईले २८० मत प्राप्त गर्नु भएको छ । यस्तै उपसभापतिा बालकुमार राई ३३८ मत र मित्रलाल पुरीले ३५५ मत प्राप्त गरेर बिजयी हुँदा उद्धव राईले २८० र दिलिपराज गिरिले २२६ मत प्राप्त गरेर पराजित हुनु भएको छ । यस्तै सचिवमा राजन भट्टराईले ३७४ र ज्ञानेन्द्र राईले ३४४ मत ल्याएर बिजयी हुँदा सुमन आचर्यले २५८ र राजकुमार राईले २४७ मत प्राप्त गरेर पराजित हुनु भएको छ । यस्तै सह–सचिवमा पृथ्वी नारायण आचर्यले ३७० मत र भुपेन्द्र खनालले २७० मत प्राप्त गरेर बिजयी हुँदा मनकुमार ताम...
खोटाङ कांग्रेस अधिवेशन : प्रदेश सभा ‘ख’ मा दिनेश घिमिरे बिजयी, ‘क’ मा राजेन्द्र राईको अग्रता

खोटाङ कांग्रेस अधिवेशन : प्रदेश सभा ‘ख’ मा दिनेश घिमिरे बिजयी, ‘क’ मा राजेन्द्र राईको अग्रता

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ मंसिर ४ : नेपाली कांग्रेस खोटाङ प्रदेश सभा ‘ख’ को कार्यसमितिमा एक उपसभापति बाहेक दिनेश घिमिरेको समुह बिजयी भएको छ । आज बिहान सम्पन्न मत गणना अनुसार दिनेश घिमिरे ३३१ मतका साथ सभापतिमा बिजयी हुनु भएको हो । यस्तै उहाँका प्रतिद्वन्द्वी चण्डी कुमार राईले २७५ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृत सुदिप काफ्लेले जानकारी दिनुभयो । ७०३ मत मध्ये ६३५ मत खसेकोमा २९ मत बदर भएको छ । यस्तै उपासभापतिमा घिमिरेको समुहबाट महेन्द्र राईले ३२७ मत र राईको समुहबाट रामचन्द्र केसीले २८८ मत ल्याएर बिजयी हुनु भएको छ । उपसभापतिका अन्य प्रतिद्वन्द्वी रमाहाङ राईले २६७ र हरी बहादुर खड्काले २२८ मत प्राप्त गर्नु भएको छ । यस्तै सचिवमा घिमिरेको समुहबाट समराज राईले २८४ र प्रविण राईले ३२४ मत प्राप्त गरेर बिजयी हुनु भएको छ । सचिवका प्रतिद्वन्द्वी राईको समुहबाट बलराम राई २३८ र मोहन कटुवालले २४१ मत प्राप्त गर्नु भएको छ । ...