संयोजक र सह–संयोजक तोकेर स्ववियु निर्वाचनमा लाग्यो अनेरास्ववियु (क्रान्तीकारी) खोटाङ
खोटाङ, फागुन १९ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तीकारी) खोटाङले (स्ववियु) निर्वाचनका लागि संयोजकमा रविन खम्बुलाई तोकेको छ । पार्टीका जिल्ला संयोजक दिपक पाण्डे (आकाश), सचिव जीवन राई (संगीन), प्रदेश सदस्य टंक थापा लगायत विद्यार्थी संगठनमा आबद्धहरुको उपस्थितिमा बसेको बैठकले खम्बुलाई संयोजक तोकेको हो ।
निर्वाचनलाई मर्यादित तथा व्यवस्थित गर्नका लागि अनेरास्ववियु (क्रान्तीकारी) खोटाङले निर्माण गरेको (स्ववियु) निर्वाचन तथा परिचालन समितिको सह–संयोजकमा डार्बिन चाम्लीङलाई तोकिएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ गते हुँदैछ ।
शुक्रबार क्याम्पसमा संगठन दर्ता गर्नु पर्ने त्रिभुवन विश्वविद्यालयको कार्यतालिका रहे पनि खोटाङको कुनै पनि क्याम्पसले निर्वाचन प्रक्रिया नै अगाडि नबढाएको भन्दै अनेरास्ववियु (क्रान्तीकारी) खोटाङले प्रेस विज्ञप्तिमार्फत आपत्ति जनाएको छ । त...







