Wednesday, August 26News That Matters

ताजा अपडेट

४ लाख बाट सुरु भएको सत्यश्वर कृषि सहकारीको सम्पत्ति पाँचबर्षमा ३ करोड बढी

४ लाख बाट सुरु भएको सत्यश्वर कृषि सहकारीको सम्पत्ति पाँचबर्षमा ३ करोड बढी

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस २४ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा सञ्चालित सत्यश्वर साना किसान कृषि सहकारी संस्था लिमिटेडले एक वर्षमा ८ लाख बढी नाफा कमाएको छ । सहकारीले गत आर्थिक वर्ष २०७७\०७८ मा ८ लाख ५७ हजार ७ सय ५ रुपैयाँ नाफा कमाएको हो । मंगलटारस्थित पीपलडाँडा मा.वि.मा आज सम्पन्न छैटौँ वार्षिक साधरणसभामा आम्दानी, खर्च र नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सहकारीका प्रबन्धक खम्बराज कार्किले सो जानकारी दिनुभएको हो । सहकारीका अध्यक्ष अकिलकुमार राईको अध्यक्षतमा सम्पन्न साधरणसभाले चालु आर्थिक वर्ष २०७८\०७९ को नीति, बजेट र गत आर्थिक वर्षको आम्दानी र खर्च पारित गरेको छ । पाँच वर्ष अगाडि ४ लाख ९१ हजार लगानीबाट सञ्चालनमा ल्याइएको सहकारीको सम्पत्ति अहिले ३ करोड ४६ लाख ४४ हजार पुगेको छ भने ६ सय ३४ जना शेयर सदस्य सहकारीमा आबद्ध छन् । यस्तै, कार्यक्रमको विशेष अतिथिको रुपमा बोल्दै मंगलटारका वडाध्यक्ष रमे...
पब्जी खेलका कारण खोटाङकी एक युवतीको ज्यान गयो

पब्जी खेलका कारण खोटाङकी एक युवतीको ज्यान गयो

Banner News 3, ताजा अपडेट, समाचार, समाज
पुस २३ । पब्जी खेलका कारण खोटाङकी एक युवतीको ज्यान गएको छ । पब्जीबाट नजिएका खोटाङकी २२ वर्षीया युसिना राई र संखुवासभाका २५ वर्षीय अनिस जिमी २०–२२ दिन देखि सँगै बस्दै आएका थिए । गएराति काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धको राधाकृष्ण मन्दिरस्थित एक घरको कोठामा उनिहरु दुवैजना मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । प्रहरीका अनुसार उनीहरू भिडिओ गेम पब्जीबाट नजिकिए लिभिङ टुगेडर बसेका थिए । घटनामा कुनै तेस्रो व्यक्तिको संलग्नता छ कि छैन भन्ने अनुसन्धान भइरहेको छ । गएराति अनिस र युसिना दुबै मासु र चिउरा खाएर सुतेका थिए । ’उनीहरू धेरैजसो पब्जी खेल्ने गर्थे । खेल खेल्दा हानहान, मारमार भन्ने जस्तो शब्द बोल्थे । तर राति भने अरूबेलाको जस्तो आवाज थिएन । झगडा गरेकोजस्तो आवाज आएको रहेछ,’ प्रहरी वरिष्ठ उपरीक्षक गिरीले भन्नुभयो, ’१२ बजेतिर आम...
रावाबेसी : पालिका कार्यलय देखि विद्यालय सम्म स्वच्छ पिउने पानी

रावाबेसी : पालिका कार्यलय देखि विद्यालय सम्म स्वच्छ पिउने पानी

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस २२ । खोटाङको रावाबेसी गाउँपालिकामा स्वच्छ पिउने पानीकोलागि फिल्टर प्लान्ट जडान गरिएको छ । गाउँपालिकाको ४ लाख लागतमा गाउँपालिकाको कार्यलयमा र प्रदेश सरकार सामाजिक विकास मन्त्रलायको ५\५ लाख लागतमा दुई वटा विद्यालयमा फिल्टर मेशिन जडान गरिएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिनुभयो । गाउँपालिकाको कार्यलय हरमटारमा पानी शुद्धीकरण गर्ने उपकरण जडान गरेर तीन वटा धारा निर्माण गरिएको छ । उपकरण जडानसँगै गाउँपालिकामा आउने जोकोहिले शुद्द पानी पिउन थालेको उहाँले बताउनु भयो । यस्तै वडा नम्बर ६ हौँचुर स्थीत शारदा माध्यमिक विद्यालय र वडा नम्बर १ कुभिण्डे स्थीत रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालयमा पनि पानी शुद्धीकरण गर्ने उपकरण जडान पश्चात विद्यार्थीले स्वच्छ पानी पिउन पाएको विद्यालयले जनाएका छन । गाउँपालिकामा जडान भएका उक्त उपकरणबाट पानी शुद्धीकरण गरेर जार तथा बोतलमा बिक्रि गर्ने ...
कोरोनाबाट प्रभावित पठनपाठन पुर्तालका लागि शिक्षकको हिउँदे बिदा ७ दिन कटौती

कोरोनाबाट प्रभावित पठनपाठन पुर्तालका लागि शिक्षकको हिउँदे बिदा ७ दिन कटौती

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २२ । खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिकाले शिक्षकहरूको हिउँदे बिदा ७ दिन कटौती गरेको छ । कोभिड–१९ का कारण चालुु शैक्षिक सत्रमा विद्यालयहरू समयमा खुलाएर पठनपाठन सुचारु गर्न नसकिएकाले उक्त समय पुर्ताल गर्न बिदा कटौती गरिएको गाउँपालिकाका शिक्षा शाखा संयोजक मणिकुमार गिरीले जानकारी दिनुभयो । कोभिडका कारण शिक्षा क्षेत्रमा भएको अपूरणीय क्षतिलाई मध्यनजर गरेर शिक्षकहरूले नियामानुसार पाउने १५ दिने हिउँदे पुरै बिदा दिन नसकिएको उहाँको भनाइ छ ।  अत्यधिक चिसो बढेपछि बालबालिकालाई पठनपाठनमा असहजता पैदा भएको भन्दै गाउँपालिकाले आज एक सूचना जारी गरेर आजदेखि माघ १ गतेसम्म गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा पठनपाठन बन्द गर्न निर्देशन दिएको छ । हेर्नुहोस् गाउँपालिकाले जारी गरेको सूचना...
केपिलासगढीका २ सय ६० परिवारलाई न्यानो कम्बल

केपिलासगढीका २ सय ६० परिवारलाई न्यानो कम्बल

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, पुस २२ । खोटाङको केपिलासगढी गाउँपालिकामा चिसोबाट जोगिन कम्बल बितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ३,४ र ५ का २ सय ६० घर परिवारलाई बुधबार न्यानो कम्बल बितरण गरिएको हो । नेकपा (एकीकृत समाजवादी) पार्टीको अगुवाइमा अमेरिकन संस्था होप एण्ड हेल्पीङ ह्याण्डले प्रदान गरेको भारतीय कम्बल (एस)का पोलिटव्युरो सदस्य एवं खोटाङ प्रदेश सभा ‘क’ का सांसद राजन राईले बितरण गर्नु भएको हो । गाउँपालिकाको अन्य वडा मध्ये १ र २ मा शुक्रबार, ६ र ७ नम्बर वडामा शनिबार बितरण गरिने नेकपा (एस) पार्टीका खोटाङ जिल्ला सह–सचिव माइतिराज राईले जानकारी दिनुभयो । चिसो मौसममा न्यानो कम्बल पाएका नागरिकले थोरै भएपनि राहत मिलेको बताएका छन । ...
यी व्यक्तिले प्रायोजन गरे भञ्ज्याङ मेलामा आयोजित कार्यक्रमको पुरस्कार

यी व्यक्तिले प्रायोजन गरे भञ्ज्याङ मेलामा आयोजित कार्यक्रमको पुरस्कार

ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस २२ । खोटाङको वराहपोखरी गाउँपालिका–१, भञ्ज्याङमा माघे संक्रान्तिको अवसरमा आयोजना गरिएको खुल्ला पुरुष भलिबल र सामूहिक मौलिक नृत्य प्रतियोगिताको पुरस्कारका लागि आर्थिक सहयोग जुटेको छ । जनजागृति युवा क्लब खोटाङ र नेपाल मगर संघ वराहपोखरी गाउँपालिकाले आयेजना गरेको प्रतियोगिताको पुरस्कार वराहपोखरी घर भई विभिन्न पेशामा आबद्ध व्यक्तिले प्रायोजन गरेका हुन् । भलिबलतर्फको प्रथम पुरस्कार नेकपा माओवादी केन्द्र वराहपोखरी गाउँपालिकाका अध्यक्ष युवराज थापा मगर, द्वितीय पुरस्कार गोर्खा सैनिक प्रदिप खपाङ्गी मगर र मगर संघ कुवेतका कोषाध्यक्ष केदार आले मगर तथा तृतीय पुरस्कार माओवादी केन्द्र वराहपोखरी–१ का अध्यक्ष तथा समाजसेवी महेन्द्र खपाङ्गी मगरले प्रायोजन गर्नुभएको छ । यस्तै मौलिक सामूहिक नृत्यतर्फको पुरस्कार समाजसेवी धनप्रसाद खपाङ्गी मगरले प्रायोजन गर्नुभएको छ । जनजागृति युवा क्लब खोटाङ र नेप...
एमाले खोटाङ अधिवेशन : सर्वसम्मत नेतृत्व चयन गर्दै पार्टीलाई एकढिक्का बनाइने

एमाले खोटाङ अधिवेशन : सर्वसम्मत नेतृत्व चयन गर्दै पार्टीलाई एकढिक्का बनाइने

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, पुस २१ । नेकपा एमालेको भूगोलतर्फका ७७ वटा जिल्लाको अधिवेशन पुस २३ गते हुँदैछ । अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल रूपमा उद्घाटन गरेर सुरु हुने एमालेले जनाएको छ । एमालेको खोटाङ जिल्ला अधिवेशन सदरमुकाम दिक्तेल स्थीत माटिकोरे कभर्ड हलमा हुने तयारी छ । अधिवेशनकोलागि तयारी लगभग पुरा भएको जिल्ला अध्यक्ष राम प्रसाद दंगालले जानकारी दिनुभयो । जिल्ला भरीबाट करीब १ हजार प्रतिनिधि सहित १ हजार ५ सय बढी नेता कार्यकर्ता उपस्थित रहने अधिवेशनको मुख्य अतिथिको रुपमा पार्टीका पोलिटव्युरो सदस्य एवं संसदियदलका प्रमुख सचेतक विशाल भट्टराई जिल्ला आइसक्नु भएको छ । अन्य पार्टीबाट एमालेमा प्रवेश गरेका नेता कार्यकर्तालाई समेत मिलाएर सर्वसम्मत नेतृत्वय चयन गर्दै पार्टीलाई एकढिक्का बनाउने तयारी रहेको अध्यक्ष दंगालले बताउनुभयो । सर्वसम्मत रुपमा नेतृत्व चयन हुने र समावेशी जिल...
खाल्लेका १७ महिलालाई सिलाइ कटाइ तालिम

खाल्लेका १७ महिलालाई सिलाइ कटाइ तालिम

अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २१ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका महिलालाई सिलाइ कटाइसम्बन्धी सीप विकास तालिम दिन थालिएको छ । घरेलु तथा साना उद्योग कार्यालयले पुस १२ गतेदेखि ८ दिनसम्म सञ्चालन गरेको उद्यमशीलता विकास तालिम लिएका १७ जना महिलालाई सिलाइ कटाइ सम्बन्धी तीन महिने आधारभूत तालिम दिन थालिएको हो । नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त आयोजनामा सञ्चालन भइरहेको तालिमको मंगलबार नगरपालिकाकी उपप्रमुख वीणादेवी राईले उद्घाटन गर्नुभएको हो । तालिम उद्घाटनपछि राईले तालिमले महिलाहरूमा सीप विकास गरेर आर्थिक रूपमा आत्मनिर्भर बनाउने विश्वास व्यक्त गर्नुभयो । सीपको विकास, प्रविधिको उपयोग र स्रोतको परिचालन गरी महिलालाई स्वरोजगार बनाउन नगरपालिकाका हरेक वडामा कार्यक्रम भइरहेको उहाँको भनाइ छ । वडा कार्यालय खाल्लेमा सञ्चालन भइरहेको तालिमका सहभागीलाई सबै उमेरका मानिसले लगाउने कपडा स...
जिल्ला प्रशासनद्वारा सशस्त्र द्वन्द्वमा घाइते तथा अपांगता भएकाहरूको निवेदन माग

जिल्ला प्रशासनद्वारा सशस्त्र द्वन्द्वमा घाइते तथा अपांगता भएकाहरूको निवेदन माग

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २१ । जिल्ला प्रशासन कार्यालय खोटाङले सशस्त्र द्वन्द्व र माओवादी जनआन्दोलनको क्रममा घाइते तथा अपांगता भएका व्यक्तिहरूको निवेदन माग गरेको छ । गृह मन्त्रालयको परिपत्रबमोजिम कार्यालयले घाइते तथा अपांगता प्रतिशत र श्रेणी निर्धारणका लागि निवेदन माग गरेको हो । द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत संकलन कार्यदलको प्रतिवेदनमा नाम समावेश भएका तर हालसम्म घाइते तथा अपांगता प्रतिशत निर्धारण नभएका र साविकको घाइते तथा अपांगताको अवस्थामा हेरफेर भएका व्यक्तिले निवदेन दिन सक्ने कार्यालयले जनाएको छ । आजको मितिले तीन महिनाभित्र त्यस्ता व्यक्तिहरूले निवदेन दिन सक्ने घाइते तथा अपांगता निर्धारण एवं पुनरावलकोन सिफारिस समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिनुभयो । सरकारद्वारा गठित कार्यदलको प्रतिवेदनमा उल्लेख भएको घाइते तथा अपांगता प्रतिशत र श्रेणीको आधारमा ...
पुस २५ भित्र खोटाङका सबै नागरिकलाई कोरोना बिरुद्धको खोप लगाइने

पुस २५ भित्र खोटाङका सबै नागरिकलाई कोरोना बिरुद्धको खोप लगाइने

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २१ । खोटाङमा यहि पुस २५ गते भित्र कोरोना बिरुद्धको खोप लगाउन मिल्ने सबै नागरिकलाई लगाइसकिने भएको छ । सोहि योजना अनुसार हाल जिल्लाका सबै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ । भेरोसेल, एष्ट्राजेनिका कोभिशिल्ड गरी तिन प्रकारको खोप जिल्ला भित्रिएकोमा हाल सम्म ७४ हजार ७ सय ७४ जनाले पहिलो मात्रा र ५२ हजार ३ जनाले पुर्ण मात्रा खोप लगाएका छन । २५ गते भित्र सबै नागरिकलाई पहिलो मात्रा खोप लगाइसकिने योजना रहेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङका प्रमुख पुण्य प्रसाद सिक्देलले बताउनु भयो । जिल्लामा अहिले १२ देखि १७ बर्षका बालबालिकालाई लगाइने मोर्डना खोप कार्यक्रम पनि सञ्चालन भईरहेको उहाँको भनाई छ । जिल्लाको रावाबेसी, खोटेहाङ, दिप्रुङ चुईचुम्मा, बराहपोखरी, साकेला, ऐसेलुखर्क गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकामा खोप कार्यक्रम सम्पन्न भइसकेको छ ...