हरम्टारमा रा.वा. बैंकको शाखा विस्तारको लागि सम्झौता, पुस ७ गते उद्घाटन हुने
खोटाङ मंसिर ९ : खोटाङको रावाबेसी गाउँपालिकामा पहिलोपटक बैंकको शाखा विस्तार हुने भएको छ । जिल्लाका अन्य सबै पालिकामा विभिन्न बैंकका शाखा विस्तार भइसक्दा रावाबेसीमा भने हालसम्म कुनै पनि बैंकको शाखा विस्तार हुन सकेको थिएन । जनप्रतिनिधि र कर्मचारीको लामो समयको पहलपछि गाउँपालिका केन्द्र हरम्टार कुभिण्डेमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार हुने भएको हो ।
राष्ट्रिय वाणिज्य बैंकले यसअघि जिल्लाका विभिन्न चार स्थानमा शाखा विस्तार गरिसकेको छ । रावाबेसीमा बैंकको ५ औँ शाखा विस्तार हुन लागको हो । त्यसका लागि आवश्यक सम्झौता भएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिनुभयो ।
भवन निर्माणको आवश्यक प्रक्रिया अगाडि बढाउन रा.वा.बैंक १ नं. प्रदेश कार्यालय विराटनगर, रा.वा. बैंक शाखा कार्यालय दिक्तेल र गाउँपालिकाबीच आज (बिहिबार) सम्झौता भएको छ । तत्काललाई पुस ७ गते बैंकको उद्घाटन गरेर गाउँ पालिकाको ...







