जिल्ला अदालत खोटाङबाट चार महिनामा ५१ वटा मुद्दाको फैसला
०८ मंसिर, खोटाङ । जिल्ला अदालत खोटाङले चालु आर्थिक वर्ष २०७८/०७९ को चार महिनामा ५१ वटा मुद्दाको फैसला गरेको छ । एक आर्थिक वर्षभित्र २४१ वटा मुद्दा फस्र्यौट गर्ने लक्ष्य लिएको अदालतले चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म विभिन्न प्रकृतिका ५१ मुद्दा किनारा लगाएको हो ।
अदालतका नायब सुब्बा बाबुराम बस्नेतका अनुसार एक आर्थिक वर्षभित्र २८८ वटा मुद्दा दर्ता हुने अनुमान गरिएकोमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १२९ वटा र नयाँ ९३ वटा गरी यस अवधिमा २२२ वटा मुद्दा दर्ता भएका छन् । दुनियावादी देवानी १२० मध्ये ३५ वटा, सरकारवादी फौजदारी ८८ मध्ये १४ वटा र दुनियावादी फौजदारी १४ मध्ये २ वटा मुद्दाको फैसला भएको र बाँकी प्रक्रियामा रहेको नासु बस्नेतले जानकारी दिनुभयो ।
अदालतले हालसम्म वार्षिक लक्ष्यको २१ दशलमव १६ प्रतिशत मुद्दा फस्र्यौट गरिसकेको छ । १७१ वटा मुद्दा चालुु अवस्थामा रहेको अदालतले जना...









