रावा बेसीमा वडावडामै योजना सम्झौता, उपभोक्तालाई सहज
खोटाङ, कात्तिक १९ । खोटाङको रावा बेसी गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गरेको छ । गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको छ ।
गाउँपालिकाबाट छनोट भएका पालिका स्तरीय एवं वडाबाट छनोट भएका वडा स्तरीय योजनाहरु सम्बन्धित वडा कार्यालयमा पुगेर सम्झौता गरिएको हो । चालु आर्थिक वर्ष २०८०/०८१ मा विनियोजन भएको बजेटबाट सञ्चालन हुने योजनाहरु उपभोक्ताको सहजताका लागि वडामै पुगेर सम्झौता गरिएको गाउँपालिकाका योजना शाखा प्रमुख विनोद राईले बताउनुभयो । कात्तिक १३ गतेबाट सुरु भएको योजना सम्झौता कार्यक्रम १९ गते अर्थात आइतबार (आज) वडा नम्बर ६ हौँचुरमा सञ्चालन भएको थियो । ६ वटा वडा रहेको रावा बेसी गाउँपालिकामा हालसम्म वडा नम्बर ६ हौँचुरसँगै वडा नम्बर २ खार्पा, ४ डुम्रेधारापानी र ५ दुवेकोलका योजनाहरु सम्झौता भइसकेका छन् । वडा नम्बर १ कुभिण्डेमा २१ गते र वडा नम्बर ३ लामिडाँडामा २३...








