दिक्तेल रुपाकोट : खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिका लागि आवेदन माग
खोटाङ, साउन ३२ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा शिक्षा ऐन अनुसार प्रधानाध्यापक नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको छ । नगरपालिकाको कार्यविधि, नगर शिक्षा ऐन र संघीय शिक्षा ऐन अनुसार खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिका लागि नगरपालिकाले सूचना निकालेको हो ।
खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्ने भन्दै साउन ७ गते बसेको नगरकार्यपालिकाको बैठकलले सबै प्रधानाध्यापकलाई हटाउने निर्णय गरेको थियो । सोही अनुसार अहिले तत्कालिन प्रधानाध्यापकहरुले निमित्तकोरुपमा विद्यालयको कामकाज गरिरहनु भएको मेयर तीर्थराज भट्टराईले बताउनुभयो ।
विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्तिका लागि नगरपालिकाले बुधबार सूचना प्रकाशन गरेको छ । माध्यमिक तह, आधारभूत तह को (कक्षा १–८) र (कक्षा १–५) सम्मको विद्यालयका लागि नगरपालिकाले छुट्टा छुट्टै सूचना निकालेको छ । दिक्तेल ...









