Monday, June 29News That Matters

ताजा अपडेट

धितुङका स्वयंसेविकाहरुको निःशूल्क स्वास्थ्य बिमा, स्वास्थ्य चौकीलाई प्रोजेक्टर र ल्यापटप

धितुङका स्वयंसेविकाहरुको निःशूल्क स्वास्थ्य बिमा, स्वास्थ्य चौकीलाई प्रोजेक्टर र ल्यापटप

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ २४ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका स्वयंसेविकाहरुको निःशूल्क स्वास्थ्य बिमा गरिएको छ । धितुङ वडा कार्यालयले वडाका सबै १२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुको निःशूल्क बिमा गरिदिएको जनाएको छ । स्वयंसेविकाहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरेर बिमा गरिएको वडाध्यक्ष टेकराज राईले बताउनुभयो । ‘नागरिकको घरदैलोमा खटिएर स्वास्थ्य सेवा प्रवाह गर्ने स्वयंसेविकाहरुको आफ्नै स्वास्थ्य जोखिम हुन्छ । त्यसैले उहाँहरुको निःशूल्क स्वास्थ्य बिमा वडाले गरिदिएको छ ।’ अध्यक्ष राईले भन्नुभयो । स्वयंसेविकाहरुलाई बुधबार वडाले एक कार्यक्रमका बीच झोलासमेत बितरण गरेको छ । यस्तै, धितुङ स्वास्थ्य चौकीलाई वडाले प्रोजेक्टर र ल्यापटप प्रदान गरेको छ । जनस्वास्थ्य कार्यक्रमका लागि आवश्यक परेकाले वडाले १ लाख ५० हजार बराबरको १/१ वटा प्रोजेक्टर र ल्यापटप प्रदान गरेको वडाध्यक्ष राईले बताउनुभयो । विद्यालयसँगै व...
केपिलासगढी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

केपिलासगढी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ २४ । खोटाङको केपिलासगढी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ । खोप उमेर समुहका सबै बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि गाउँपालिकालाई मंगलबार एक कार्यक्रमका साथ पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । नेपाल सरकारले निःशूल्क प्रदान गर्ने १३ प्रकारका खोप केपिलासगढी गाउँपालिका भित्रका सबै बालबालिकाले लगाएसँगै मंगलबार जिल्ला समन्वय प्रमुख सन बहादुर राई, स्वास्थ्य कार्यालय प्रमुख पुण्यप्रसाद सिक्देलले गाउँपालिका अध्यक्ष समिर राईलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गर्नुभएको हो । घर सर्वेक्षणमा गाउँपालिकाका धेरै बालबालिका खोप लगाउन छुटेको पाइएको छ । उक्त छुटेका बालबालिकालाई यो वर्ष गाउँपालिकाले सबै मात्राको खोप दिएको जनाएको छ । ० देदि १५ महिनासम्मका २ जना बालबालिकाले कुनै पनि खोप नलगाएको र १ जनाको बीचैमा छुटेको पाइएको थियो । उन...
अनेरास्ववियुको जिल्ला सम्मेलन असोजमा, संयोजकमा खड्का र सह–संयोजकमा उपरकोटी

अनेरास्ववियुको जिल्ला सम्मेलन असोजमा, संयोजकमा खड्का र सह–संयोजकमा उपरकोटी

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, जेठ २३ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको खोटाङ जिल्ला सम्मेलन आगामी असोजमा हुने भएको छ । मंगलबार बसेको अनेरास्ववियुको बैठकले २४ औं जिल्ला सम्मेलन असोजको पहिलो साता गर्ने निर्णय गरेको हो । मंगलबारको बैठकलले जिल्ला सम्मेलनको लागि आयोजक कमिटिसमेत गठन गरेको छ । कमिटिको संयोजकमा अनेरास्ववियु खोटाङका वर्तमान उपाध्यक्ष यम खड्का र सह–संयोजकमा सचिव विष्णु उपरकोटी रहेका छन् ।...
रावा बेसी गाउँपालिकाले दिन थाल्यो मासिक १ हजार विधुर भत्ता

रावा बेसी गाउँपालिकाले दिन थाल्यो मासिक १ हजार विधुर भत्ता

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ २३ गते । खोटाङको रावा बेसी गाउँपालिकाले विधुर भत्ता दिन थालेको छ । श्रीमतीको मृत्यु भएका ४५ वर्ष माथिका एकल पुरुषहरुलाई पालिकाले मासिक एक हजार विधुर भत्ता दिन थालेको हो । स्थानीय तहको दोस्रो निर्वाचन पश्चात पहिलो कार्यापालिकाको बैठकलले विधुर भत्ता दिने निर्णय पारित गरेको थियो । सोही अनुसार २०७९ साउन १ गते देखि लागु हुने गरी गाउँपालिकाले कार्यविधि निर्माण गरेर भत्ता प्रदान गरेको छ । साउन १ गते देखिको एकमुस्टमा जेठ २२ गते (सोमबार) विधुर भत्ता प्रदान गरिएको गाउँपालिकाका पञ्जिकरण शाखा प्रमुख गिरिराज रानाले जानकारी दिनुभयो । ६ वडा रहेको पालिकामा पहिलो चरणमा २४ जनाले विधुर भत्ता पाएका छन् । उनिहरुलाई सोमबार गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठ, उपाध्यक्ष कौशिला कुमारी गुरुङ, वडाध्यक्षहरु गेहेन्द्रमान राई, डोलराज बस्नेत र चिरञ्जीवी कार्कीले संयुक्त रुपमा भत्ताको चेक हस्तान्तरण गर्...
वडा स्तरीय भलिबलको उपाधि धितुङलाई

वडा स्तरीय भलिबलको उपाधि धितुङलाई

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ २३ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा भएको वडा स्तरीय भलिबलको उपाधि धितुङले जितेको छ । वडा कार्यालयको आयोजनामा भएको खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि आयोजक टिम धितुङले जितेको हो । वडाको खेल मैदान लावाचुङ मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा धितुङकै अर्को टिमलाई पराजित गर्दै धितुङ (ए) ले उपाधि आफ्नो पक्षमा पारेको हो । उपाधि जितेको धितुङ (ए) ले नगद २० हजारको सामथा मेडल र प्रमाणपत्र पाएको छ । दोस्रो भएको धितुङ कात्तिकेले नगद १५ हजारको साथमा मेडल र प्रमाणपत्र र तेस्रो हुने टिम दुर्छिमले नगद १० हजारसँगै मेडल र प्रमाणपत्र पाएको धितुङका वडाधयक्ष टेकराज राईले बताउनुभयो । प्रतियोगितामा ९ टिमले सहभागि जनाएका थिए । अर्को वर्षबाट वडाध्यक्ष कप आयोजना गर्ने योजना रहेको वडाध्यक्ष राईको भनाइ छ ।...
खोटाङ : ७६ लाख बढी रकमको मौरी ब्लकमा जम्मा ३ घारमा मौरी

खोटाङ : ७६ लाख बढी रकमको मौरी ब्लकमा जम्मा ३ घारमा मौरी

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार सरगम खोटाङ, जेठ १७ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ धोद्रेमा सञ्चालन भएको ७६ लाख ४० हजारको मौरी ब्लकमा ३ घारमा मात्र मौरी छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत कृषि ज्ञान केन्द्र खोटाङको ५० प्रतिशत अनुदानमा सञ्चालित मौरी ब्लक कार्याक्रम सम्झौतामा सिमित देखिएको छ । दुई आर्थिक वर्षमा कृषि ज्ञानकेन्द्रबाट मौरी ब्लकका लागि ३८ लाख २० हजार भुक्तानी भएको छ । सेवाग्राहीकोतर्फबाट ५० प्रतिशत जोड्दा ७६ लाख ४० हजारमा मौरी ब्लक कार्यक्रम सम्झौता भएको हो । ऐसेलुखर्क बहुउद्धेश्यीय कृषि वन नर्शरी तथा पशुपालन फर्मबाट सञ्चालन भएको ऐुेलुखर्क मौरी ब्लक विकास समितिको ब्लकमा अहिले ३ घारमा मात्र मौरी छन् । ब्लकमा जम्मा २२ घार राखिएको छ । ३ घारमा मौरीहुँदा अन्य घार खाली छन् । २ वटा घार निर्माण पुरा भएको देखिदैन, १ वटा घार हावाले उडाएर तल्लो गरामा झारेको देखिन्छ । मौरी ब्लकका लागि पहिलो ...
आगामी आर्थिक वर्षमा खोटाङलाई ३ अर्ब ६९ करोड २० लाख बजेट, कुन स्थानीय तहलाई कति ?

आगामी आर्थिक वर्षमा खोटाङलाई ३ अर्ब ६९ करोड २० लाख बजेट, कुन स्थानीय तहलाई कति ?

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ १६ । खोटाङका दश स्थानीय तहले संघीय सरकारबाट आगामी आर्थिक वर्ष २०८०/०८१ मा ३ अर्ब ६९ करोड २० लाख बजेट प्राप्त गरेका छन् । चालुतर्फ ३ अर्ब २४ करोड ४९ लाख र पुँजीगततर्फ ४४ करोड ७१ लाख गरी जम्मा ३ अर्ब ६९ करोड २० लाख बजेट प्राप्त गरेका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सबै भन्दा धेरै रकम पाएको छ । चालुतर्फ ६१ करोड ५९ लाख र पुँजीगततर्फ ८ करोड ३४ लाख गरी जम्मा ६९ करोड ९३ लाख रकम संघीय सरकारबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाएको हो । यस्तै, हलेसी तुवाचुङ नगरपालिकाले चालुतर्फ ४३ करोड ४ लाख र पुँजीगततर्फ ४ करोड ७३ लाख गरी जम्मा ४७ करोड ७७ लाख रकम पाएको छ । खोटेहाङ गाउँपालिकालाई चालुतर्फ ३५ करोड ८७ लाख र पुँजीगततर्फ ६ करोड ४८ लाख गरी जम्मा ४२ करोड ४५ लाख, ऐसेलुखर्क गाउँपालिकालाई चालुतर्फ ३० करोड ९ लाख र पुँजीगतर्फत २ करोड ३५ लाख गरी जम्मा ३२ करोड ४४ लाख, केपिलासगढी गाउ...
अपाङ्गता भएका ब्यक्तिहरुलाई खोटाङमा कानुनी व्यवस्था सम्बन्धि अभिमुखीकरण

अपाङ्गता भएका ब्यक्तिहरुलाई खोटाङमा कानुनी व्यवस्था सम्बन्धि अभिमुखीकरण

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ १६ । खोटाङका अपाङ्गता भएका ब्यक्तिहरुलाई कानुनी व्यवस्था र कार्यान्वयन प्रक्रिया विषयमा अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । दिक्तेलमा २ दिनसम्म सञ्चालन हुने कार्यक्रमको मंगलबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरुको बिध्यमान कानुनी व्यवस्था र त्यस्को कार्यान्वयनको अवस्थाको विषयमा अभिमुखीकरण गरिने बताइएको छ । राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश र अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा सुरु भएको कार्यक्रममा जिल्लाका अपाङ्गता भएका ब्यक्तिहरुको उपस्थिति रहेको छ । अभिमुखीकरण पश्चात अपाङ्गता भएका ब्यक्तिहरुले आफ्नो कानुनी अधिकार बुझ्ने र आवाज उठाउने आयोजकको विश्वास छ । कार्यक्रममा दश वटै स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्ष, महिला तथा बालबालिका शाखाहरुलाई बोलाइएको भए पनि केही पालिकाका महिला शाखाका प्रतिनिधिहरुको मात्र ...
दलितले छोएको दही खाएको निहुमा अघोषित बहिष्करणमा परेका वृद्धलाई क्षतिपुर्ती दिन सिफारिस

दलितले छोएको दही खाएको निहुमा अघोषित बहिष्करणमा परेका वृद्धलाई क्षतिपुर्ती दिन सिफारिस

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, १५ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले दलितले छोएको दही खाएको निहुमा अघोषित रुपमा सामाजिक बहिष्करणमा पारिएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ८० वर्षीय टंकप्रसाद आचार्यलाई क्षतिपुर्ती दिन सरकार समक्ष सिफारिस गरेको छ । छुवाछुतमुक्त समाज निर्माणका लागि प्रदेश सरकारको अभियान अन्तरगत जिल्ला समन्वय समितिले २०७६ साल जेठ १८ गते आयोजना गरेको सहभोजमा सहभागी हुनेक्रममा दलित युवतीको हातबाट दही खाएको निहुमा सामाजिक बहिष्करणमा परेका आचार्यलाई आयोगले एक लाख क्षतिपुर्ति दिन सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । आयोगको केन्द्रीय कार्यालयले मानसिक पीडा खेप्न वाध्य आचार्यलाई क्षतिपुर्ती दिनका लागि बैसाख १७ गते सिफारिस गर्ने निर्णय गरेको राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश शाखा कार्यालय खोटाङका मानव अधिकार अधिकृत नेत्र गौतमले बताए । आयोगले जातीय छुवाछुत तथा भेदभाव विरुद्धका...
रावा बेसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

रावा बेसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ १५ । खोटाङको रावा बेसी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । गाउँपालिका भित्रका खोप उमेर समुहका सबै बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि गाउँपालिकालाई सोमबार पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । नेपाल सरकारले निःशूल्क प्रदान गर्ने सबै मात्रा खोप रावा बेसी गाउँपालिकाका बालबालिकाले लगाएका छन् । २०७९ वैशाखदेखि ०८० वैशाखसम्म १५ महिनासम्मका  १ सय ९१ जना बालबालिकाले पुर्णमात्रा खोप लगाएको स्वास्थ्य शाखा संयोजक कौशल अधिकारीले बताउनुभयो । गत फागुनमा गरिएको घर सर्वेक्षणमा १६ देखि ५९ महिनाको ४८१ जना बालबालिकाले सबै मात्रा खोप लगाएको पाइएको थियो । एउटा खोप छुटेको ३ जना बालबालिका भेटिएका थिए । उनिहरुलाई पनि खोप लगाएपछि रावा बेसी गाउँपालिका भित्रका सबै बालबालिकाले पुर्ण मात्रा खोप लगाएको संयोजक अधिकारीको भनाइ छ । गाउँपालिका भित्रका सब...