Friday, May 1News That Matters

ताजा अपडेट

खोटाङमा शिक्षकहरुको जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

खोटाङमा शिक्षकहरुको जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, फागुन २३ । खोटाङमा शिक्षकहरुको जिल्ला स्तरीय एकल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल पोखरीस्थित सरस्वती आधारभूत विद्यालयको आयोजनामा मंगलबारबाट ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विसन राईलेले उद्घाटन गर्नुभएको हो । प्रमुख भट्टराई र उपप्रमुख राई बीच उद्घाटन खेलसँगै नगरपालिका र उद्योग बाणिज्य संघ खोटाङ बीच मैत्रिपुर्ण खेल भएको थियो । जसमा उद्योग बाणिज्य संघले नगरपालिकाको टिमलाई पराजित गरेको छ । विद्यालयको प्रांगणमा उद्घाटन खेल पश्चात अन्य खेल माटिकोरेस्थित कबर्डहलमा सञ्चालन भइरहेको आयोजक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अजय बस्नेतले जानकारी दिनुभयो । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जम्मा १५ शिक्षकले सहभागि जनाएका छन् । प्रतियोगितामा प्रथम हुनेले नगद ११ ...
महिला दिवसमा पूर्व मन्त्री झाक्री, कांग्रेस केन्द्रीय सदस्य खतिवडा र प्रेरक वक्ता मानव हलेसी आउने

महिला दिवसमा पूर्व मन्त्री झाक्री, कांग्रेस केन्द्रीय सदस्य खतिवडा र प्रेरक वक्ता मानव हलेसी आउने

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन २२ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले फागुन २४ गतेका दिन मनाइने १३३ औं अन्तर्राष्ट्रिय महिला दिवस भब्यताका साथ मनाउने भएको छ । देशका दुई चर्चित महिला नेता, सामाजिक अभियान्ता प्रेरक वक्तासहितको उपस्थितिमा विभिन्न साँस्कृतिक कार्यक्रम गरिने नगरपालिकाले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्न पुर्वशहरी विकास मन्त्री एवं नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाक्री, नेपाली कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मी खतिवडा र प्रेरक वक्ता सुमी मानव हलेसी आउने नगरपालिकाका मेयर बिमला राईले जानकारी दिनुभयो । राईले भन्नुभयो, ‘उहाँहरु नेपालको उच्च ठाउँमा पुग्नु भएको छ । हरेक म्हिलाहरुलाई त्यो ठाउँमा पुग्ने मन हुन्छ, अझ भनौँ उहाँहरुको कुरा सुनेर सबैलाई प्रेरणा मिलोस् की त्यो ठाउँमा पुग्ने सबैको इच्छा चाहना बनोस् । त्यसैले उहाँहरुलाई कार्यक्रममा निमन्त्रणा गरिएको हो ।’ अहिले हरेक व्यक्ति, परिवार र...
देशभरका चाम्लिङ राईहरुको खोटाङमा भेला, मेयर भट्टराई सम्मानित

देशभरका चाम्लिङ राईहरुको खोटाङमा भेला, मेयर भट्टराई सम्मानित

Banner News 3, ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन २२ । देशभरका चाम्लिङ राईहरु खोटाङमा भेला भएका छन् । चाम्लिङ राई भाषा सम्बन्धि कार्ययोजना निर्माणका लागि पुर्वको ईलाम, झापा, धनकुटा, सुनसरी, उदयपुरदेखि काठ्माडौंसम्मका १२ जिल्लाका चाम्लिङ राई दिक्तेलमा भेला भएका हुन् । किरात राई चाम्लिङ खाम्बातिम जिल्ला कार्यसमिति खोटाङको व्यवस्थापन एबं किरात राई चाम्लिङ खाम्बातिम केन्द्रीय कार्यसमितिको आयोजनामा आइतबारदेखि सुरु भएको सम्मान तथा भाषिक कार्ययोजना निर्माण भेलामा पुर्व–पश्चिमका चाम्लिङ राई एउटै थलोमा भेला भएका हुन् । चाम्लिङ राई समुदायको बाहुल्यता रहेको ठाउँका विद्यालयमा चाम्लिङ भाषाको पठन–पाठनलाई व्यापक बनाउने र चाम्लिङ भाषी समुदायको बाहुल्यता रहेको स्थानीय तहमा चाम्लिङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा ल्याउने कार्ययोजना निर्माणका लागि तीन दिने भेला आयोजना गरिएको खाम्बातिमका खाम्वातिमका महासचिव जितकुमार राईले बताउनुभय...
रावा बेसीका खेतमा लहलह तोरी, तेल पेल्न मिल खरिद गर्दै गाउँपालिका

रावा बेसीका खेतमा लहलह तोरी, तेल पेल्न मिल खरिद गर्दै गाउँपालिका

Banner News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन २० । खोटाङको रावा बेसी गाउँपालिका क्षेत्रमा तोरीका बोट लहलह देखिएका छन् । ६ वटा वडा रहेको पालिकाको बेँसी क्षेत्रका खेतहरुमा प्राय तोरी लहलह भएको देख्न सकिन्छ । वडा नम्बर १ कुभिण्डेको खैरेनि, चालिसे, कुखुरे र वेल्टार, वडा नम्बर २ खार्पाको दसमुरे र जलजले, वडा नम्बर ३ लामिडाँडाको तिर्पा बेँसी, वडा नम्बर ४ डुम्रे धारापानीको कटहरे बेँसी र खार्पाटार, वडा नम्बर ५ दुवेकोलको राउटार र वडा नम्बर ६ हौँचुरको हौँचुर बेँसी, गिद्दे बेँसी र टार बेँसीमा यतिबेला मनै लोभ्याउने गरी तोरी फुलेका÷फलेका छन् । बेँसीसँगै गाउँका खेतबारीमा पनि कतीपय कृषकले तोरी लगाएका हुन् । अघिल्ला वर्षहरुमा पनि कृषकले थोरै मात्रमा तोरी खेती गर्दै आएका थिए । तर यो वर्ष गाउँपालिकाले तोरीको तेलमा आत्मनिर्भर बन्ने अवधारणा अघि सारेर उन्नत जातको बिउ वितरण गरेपछि अहिले प्राय कृषकको खेतबारीमा तोरी लहलह भएको छ । चितवन लोकल र म...
बाक्सीलामा निर्माणधिन ११ करोडको सव–स्टेशन अलपत्र

बाक्सीलामा निर्माणधिन ११ करोडको सव–स्टेशन अलपत्र

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, फागुन १९ । खोटाङमा निर्माणधिन रहेको ११ करोड लागतको सव–स्टेशन अलपत्र परेको छ । जिल्लाको केपिलासगढी गाउँपालिका–४ बाक्सिला सिमपानीस्थित विद्युत प्राधिकरणको सव–स्टेशन लामो समयदेखि अलपत्र छाडिएको हो । निर्माणस्थलमा सव–स्टेशनको विद्युतीय उपकरणहरु असरल्ल छरिएका छन् । कतिपय उपकरण पानीले भिज्दा बिग्रीने भएपनि खुला आकाशमा राखिएको छ । खुला चौंर भरी थुपारिएका महंगा उपहकरणहरु काम नलाग्ने अवस्थामा पुगेको अनुमान छ । कतिपय संरचनाको पिलर मात्र ठड्याइएको छ भने क्वाटर र कन्ट्रोल बिल्डिङको निर्माणको काम पनि पुरा भएको छैन् । खुला चौरमा छोडिएको सामान हेर्दा राज्यमा नियमन गर्ने कुनै निकाय नै छैन जस्तो देखिने स्थानीय नागरिक बताउछन् । बिराटनगरमा रहेका ट्रान्सफर्मरहरु निर्माणस्थलमा नलगिएको बताइएको छ । भारतीय ठेकेदार कम्पनी एटुजेड इन्फ्रा इन्जियरिङ लिमिटेडले बुईपा–बाक्सिला प्रशारण ल...
नारी दिवसको अवसरमा दिक्तेल नगरका महिला सदस्यहरु बीच वक्तृत्वकला

नारी दिवसको अवसरमा दिक्तेल नगरका महिला सदस्यहरु बीच वक्तृत्वकला

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन १९ । नारी दिवसको अवसरमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका निर्वाचित महिला सदस्यहरुको लागि वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । फागुन २४ गते पर्ने ११३ औं नारी दिवसको अवसरमा ‘नगरको समृद्धिमा महिला जनप्रतिनिधिको भूमिका’ विषयमा महिला सदस्यहरुको वक्तृत्वकला प्रतियोगिता हुने नगरपालिकाले जनाएको छ । नारी दिवसको अवसरमा प्रशासनिक र शैक्षिक क्षेत्रमा कार्यरत महिला कर्मचारी एवं शिक्षिकाहरुलाई सम्मानसमेत गरिने भएको छ । यस्तै, दिक्तेलस्थित रत्नपार्क (किरात चोक)देखि जिल्ला समन्वय समितिको हलसम्म ¥याली निकालेर कार्यक्रमको सुरुवात हुने प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलले बताउनुभयो । यसैबिच, जिल्लाको केपिलागढी र रावा बेसी गाउँपालिकाले नारी दिवसको अवसरमा दोहोरी प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरेका छन् ।...
संयोजक र सह–संयोजक तोकेर स्ववियु निर्वाचनमा लाग्यो अनेरास्ववियु (क्रान्तीकारी) खोटाङ

संयोजक र सह–संयोजक तोकेर स्ववियु निर्वाचनमा लाग्यो अनेरास्ववियु (क्रान्तीकारी) खोटाङ

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, फागुन १९ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तीकारी) खोटाङले (स्ववियु) निर्वाचनका लागि संयोजकमा रविन खम्बुलाई तोकेको छ । पार्टीका जिल्ला संयोजक दिपक पाण्डे (आकाश), सचिव जीवन राई (संगीन), प्रदेश सदस्य टंक थापा लगायत विद्यार्थी संगठनमा आबद्धहरुको उपस्थितिमा बसेको बैठकले खम्बुलाई संयोजक तोकेको हो । निर्वाचनलाई मर्यादित तथा व्यवस्थित गर्नका लागि अनेरास्ववियु (क्रान्तीकारी) खोटाङले निर्माण गरेको (स्ववियु) निर्वाचन तथा परिचालन समितिको सह–संयोजकमा डार्बिन चाम्लीङलाई तोकिएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ गते हुँदैछ । शुक्रबार क्याम्पसमा संगठन दर्ता गर्नु पर्ने त्रिभुवन विश्वविद्यालयको कार्यतालिका रहे पनि खोटाङको कुनै पनि क्याम्पसले निर्वाचन प्रक्रिया नै अगाडि नबढाएको भन्दै अनेरास्ववियु (क्रान्तीकारी) खोटाङले प्रेस विज्ञप्तिमार्फत आपत्ति जनाएको छ । त...
खोटाङमा काम गर्न आएका एक मजदुर सुतेकै ठाउँमा मृत फेला

खोटाङमा काम गर्न आएका एक मजदुर सुतेकै ठाउँमा मृत फेला

Banner News 2, ताजा अपडेट, समाचार, समाज
खोटाङ, १९ फागुन । खोटाङमा काम गर्न आएका एक मजदुर सुतेकै ठाउँमा मृत फेला परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुढेस्थित नेपाली सेनाको भवन निर्माणका लागि आएका सिराहा लौकिया महियानी गाउँपालिका ४० वर्षीय कासिन्दर सदा सुतेकै ठाउँमा मृत भेटिएका हुन् । सदा दुई तीन दिनदेखि बिरामी परेका सदा बिहिबार भने काममा जान सकेका थिएनन् । शुक्रबार बिहान सुतेकै ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले जानकारी दिनुभयो । नियमित जाँडरक्सी सेवन गर्ने सदा बिहिबार बेलुका मकै खाएर सुतेका बताइएको छ । उनले राती वान्ता पनि गरेको खुलेको प्रहरीले जनाएको छ । लेवरको काम गर्न आएका सदा मुढेका राजकुमार तामाङको घरमा बस्दैआएका थिए ।...
स्ववियु निर्वाचनका लागि अनेरास्ववियुले खोटाङका सबै क्याम्पसमा संगठन दर्ता गरायो

स्ववियु निर्वाचनका लागि अनेरास्ववियुले खोटाङका सबै क्याम्पसमा संगठन दर्ता गरायो

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, फागुन १९ । नेकपा एमाले निकट अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि खोटाङका सातै वटा क्याम्पसमा संगठन दर्ता गरेको छ । चैत ५ गते हुने (स्ववियु) निर्वाचनमा भाग लिन अनेरास्ववियुले जिल्लाका सबै क्याम्पसहरुमा संगठन दर्ता गरेको हो । त्रिभुवन विश्वविद्यालयको कार्यतालिका अनुसार शुक्रबार सबै क्याम्पसमा पुगेर संगठन दर्ता गरिएको अनेरास्ववियु खोटाङका जिल्ला कमिटि सदस्य कैलाश खड्काले बताउनुभयो । दिक्तेल बहुमुखी क्याम्पस र हलेसी क्याम्पसमा संगठनका जिल्ला सचिव विष्णु उपरकोटीको नेतृत्वमा, साकेला क्याम्पसमा उपाध्यक्ष यम खड्काको नेतृत्वमा, चिसापानी र सिम्पानी क्याम्पसमा सह–सचिव सुरेश प्रदानको नेतृत्वमा, खोटाङ क्याम्पसमा प्रदेश सदस्य संकर खनालको नेतृत्वमा र रावा क्याम्पसमा जिल्ला सदस्य युवराज कट्वालको नेतृत्वमा संगठन दर्ता गरिएको खड्काको भनाइ छ ।...
‘प्रेमपत्र लेख्दै पातपातमा’ चर्चित गीतका गायक ताम्राकारको निधन

‘प्रेमपत्र लेख्दै पातपातमा’ चर्चित गीतका गायक ताम्राकारको निधन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन १९ । ‘प्रेमपत्र लेख्दै पातपातमा’ चर्चित गीतका गायक आशिष ताम्राकारको निधन भएको छ । २०३५ साल जेठ ७ गते जन्मिएका गायक ताम्राकारको टिचिङ अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान ७.२५ बजे ४४ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल घर भएका ताम्राकार काठ्माठौं सिनामंगलमा परिवारसहित बस्दै आउनुभएको थियो । कलेजो, मिर्गौला लगायतको समस्यबाट पिडित गायक ताम्राकार दुई तीन हप्तादेखि बिरामी हुनुहुन्थ्यो । उहाँलाई केही समय अल्कामा उपचार गरेर टिचिङ अस्पताल लगिएको थियो । ताम्राकारका आखिर, प्रेमपत्र लगायतका एल्बम प्रकाशित छन् । उहाँका ‘प्रेमपत्र लेख्दै पातपातमासहित, मलाई पनि सँगै लैजाउ, एक्लै रुनु कति रुनु, बिहानीको घाम हौ कि’ लगायतका दर्जनौं गीत चर्चित छन् । उहाँका श्रीमती र दुई छोरी छन् । ताम्राकारको पशुपति आर्यघाटमा दाहसंस्कार ग...