Thursday, August 27News That Matters

ताजा अपडेट

करेण्ट लाग्दा पाथेकाका एक व्यक्तिको मृत्यु

करेण्ट लाग्दा पाथेकाका एक व्यक्तिको मृत्यु

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ १९ । खोटाङमा करेण्ट लाग्दा एक व्यक्तिको मृत्यु भएको छ । विद्युत मर्मत गर्ने क्रममा करेण्ट लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३७ वर्षीय प्रकाश राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । स्थानीय नाखम खोला हाइड्रोपावर विद्युतको जम्पर जोड्न शनिबार करीब साँझ ६ बजे पोलमा चड्दा करेण्ट लागेर राई घाइते भएका थिए । घाईते राईलाई राती उपचारका लागि फेमिली केयर अस्पताल दिक्तेलमा ल्याउदै गर्दा बाटैमा उनको मृत्यु भईसकेको फेमिली केयर अस्पतालले जनाएको छ । हाल मृतकको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोमनराज अर्यालले जानकारी दिनुभयो । मृतक राईको श्रीमती र चार जना सन्तान रहेका छन् ।...
खोटाङ कांग्रेस : प्रतिनिधिसभा प्रत्यक्षतर्फ १० र समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस

खोटाङ कांग्रेस : प्रतिनिधिसभा प्रत्यक्षतर्फ १० र समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ भदौ १८ । खोटाङबाट नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक उम्मेद्वारहरु सिफारिस गरेको छ । शनिबार बसेको कांग्रेसको जिल्ला कार्य समितिको बैठकले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० र समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ सर्वधन राई, सुवासकुमार पोखरेल, भुपेन्द्र राई, हिरा गुरुङ, डा.राजकुमार राई, रोजन राई, रामप्रसाद आचार्य(आरपी) विष्णुराज राई, योगेन्द्र राई र शरणकुमार राईको नाम सिफारिस भएको छ । यस्तै, समानुपातिकको महिलातर्फ सरस्वती वजिमय र शान्तीदेवी राई तथा पुरुषतर्फ दिनेशकुमार राई, काशिनाथ आचार्य, पदमकुमार निरौला, महेन्द्र कुमार कटुवाल, नवराज केसी, केशवराज कार्की र महेश रेग्मीको नाम जिल्ला कार्य समितिले सिफारिस गरेको छ ।...
खोटाङ प्रदेश ‘ख’ मा कांग्रेसबाट प्रत्यक्षमा ६ र समानुपातिकमा १२ जनाको नाम सिफारिस

खोटाङ प्रदेश ‘ख’ मा कांग्रेसबाट प्रत्यक्षमा ६ र समानुपातिकमा १२ जनाको नाम सिफारिस

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, भदौ १८ । नेपाली कांग्रेस प्रदेश ‘ख’ क्षेत्रिय कार्य समितिले आसन्न निर्वाचनकालागि उम्मेद्वारका आकंक्षीहरुको नाम सिफारिस गरेको छ । दुई दिनसम्म सञ्चालन भएको समितिको बैठकले आज खोटाङ प्रदेशसभा ‘ख’ का लागि प्रत्येक्षमा ६ जना र समानुपातिकमा १२ जनाको नाम सिफारिस गरेको हो । प्रत्येक्षतर्फ बिष्णुकुमार राई, लोकेन्द्र राई, सुमनबाबु आचार्य, कृष्णप्रसाद भट्टराई, शक्भु कार्की र पुर्णबहादुर खड्काको नाम सिफारिस भएको छ । यस्तै, समानुपातिकतमा खुल्ला पुरुषतर्फ शहरमान राई र महिलातर्फ कमला राईको नाम सिफारिस गर्दै अन्य आकांक्षी इच्छुराम राना, निर्मला ढकाल, बसन्त राई, दिपराज राई, प्रतिक्षा राई, कान्ता के.सी बस्नेत, धुव्रकला राई, सपना राई, निर्मला राई र राजु ढकालको नाम पनि समावेश गरेर जिल्ला कार्य समितिलाई पठाएको कांग्रेस प्रदेश ‘ख’ क्षेत्रिय सभापति दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो । प्रदेशसभा ‘क’ क...
आसन्न निर्वाचनमा खोटाङबाट कसले बाजी मार्ला ? यस्तो छ पार्टीहरुको अवस्था

आसन्न निर्वाचनमा खोटाङबाट कसले बाजी मार्ला ? यस्तो छ पार्टीहरुको अवस्था

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
राजकुमार सरगम खोटाङ, भदौ १५ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकीदै गर्दा केही नेता गाउँ पस्न थालेका छन् भने केही नेता सहर छिरेका छन् । चुनावको समयमा मात्र गाउँ आउनेहरु अहिले जनतालाई अनुहार देखाउन आइपुगेका छन् । गाउँमै बस्नेहरु टिकट आफ्नो पक्षमा पार्न ठुला नेता फकाउन सहर पसेका छन् । जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादी पार्टी (एस)ले दुवै सभामा खोटाङबाट प्रत्यक्ष र समानुपातिक उम्मेद्वारकालागि नाम सिफारिस गरिसकेको छ । तीन ठुला पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले पनि उम्मेद्वारको नाम सिफारिस गर्ने तयारी गर्दै छ । केही समय अगाडि भएको स्थानीय तहको निर्वाचनले तताएको गाउँघर सेलाएको थियो । अहिले पुनः चोकमा, चिया पसलमा, चोतारोहरुमा निर्वाचनका कुराहरु हुन थालेका छन् । मानिसहरुको भेटघाट बाक्लीएको छ । राजनीतिक दलहरुले बैठक निरन्तर गरिरहेका छने भने मत आफ्नो पक्ष...
किरात राई यायोक्खा रावा बेसीको अध्यक्षमा बिशाल राई चयन

किरात राई यायोक्खा रावा बेसीको अध्यक्षमा बिशाल राई चयन

ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, भदौ १३ । किरात राई यायोक्खा रावा बेसी गाउँपालिकाको अध्यक्षमा बिशाल राई चयन हुनुभएको छ । यायोक्खाको दोस्रो पालिका सम्मेलनले राईको अध्यक्षतामा सोमबार (आज) १५ सदस्य समिति गठन गरेको हो । यायोक्खा रावा बेसी गाउँपालिकाको उपाध्यक्षमा भुपेन्द्र राई, सचिवमा दिपक राई र कोषाध्यक्षमा भविना राई सर्वसम्मत चयन हुनुभएको नेपाल आदिवासी जनजाति महासंघ खोटाङका सचिव उदिम चाम्लिङले जानकारी दिनुभयो । सेतुमान राईको अध्यक्षतामा गाउँपालिकाको केन्द्र कुभिण्डे हरमटारमा सम्पन्न दोस्रो पालिका सम्मेलनमा किरात राई यायोक्खा जिल्ला सचिव युगसन राई रावा बेसी गाउँपालिकाका अध्यक्ष फट्टिक कुमार श्रेष्ठ ,उपाध्यक्ष कौशिला गुरुङ ,कि.रा.या शाखा कतार प्रथम उपाध्यक्ष गजेन्द्र खालिङ राई, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला उपाध्यक्ष एल वि मगर, किरात राई विद्यार्थी संघ केन्द्रीय सचिवालय सदस्य डार्विन राई लगायतको उपस्थिति रहेको थ...
नवौं राष्ट्रिय प्रतियोगीताका लागि खोटाङबाट १ सय ५८ जना खेलाडी छनोट (सूचीसहित)

नवौं राष्ट्रिय प्रतियोगीताका लागि खोटाङबाट १ सय ५८ जना खेलाडी छनोट (सूचीसहित)

Banner News 3, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, भदौ १३ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि खोटाङबाट १ सय ५८ जना खेलाडी छनोट भएका छन् । भदौ ५ देखि १० गतेसम्म दिक्तेलमा भएको छनोट प्रतियोगिताबाट १४ खेलकालागि १ सय ५८ जना खेलाडी छनोट भएका हुन् । व्यवस्थापन तथा अफिसियलमा ३० जना गरेर जिल्लाबाट प्रदेश छनोट प्रतियोगितामा १ सय ८८ जना जानेछन् । आठौँ राष्ट्रिय प्रतियोगीतामा १० खेलमा खोटाङबाट खेलाडी लगिएको थियो । यो वर्ष नवौँ प्रतियोगितामा ४ खेल थपिएको खेलाडी छनोट समितिका संयोजक सुमन राईले जानकारी दिनुभयो । जिल्लाबाट छनोट भएका खेलाडीहरु अब प्रदेश स्तरीय खेलाडी छनोटमा भाग लिने छन् । प्रदेश छनोट प्रचियोगिता कुन–कुन जिल्लामा हुने भन्ने टुंगो लागिसकेको छैन् । यद्यपी कराते र बुद्धिचाल प्रतियोगिता खोटाङमा हुन सक्ने राईको भनाइ छ । भलिबलमा १८, एथ्लेटिक्समा २२, बुद्धिचालमा ४, तेक्वान्दोमा २२, टेबलटेनिसमा ४, फुटबलमा ३२, व्याडमिन्टनमा ७, भारोत्...
सुन्नै पर्ने गीत ‘सञ्चो छौँ की बिसञ्चो थाहाँ पाइन मैले’

सुन्नै पर्ने गीत ‘सञ्चो छौँ की बिसञ्चो थाहाँ पाइन मैले’

ताजा अपडेट, मनोरञ्जन
खोटाङ, भदौ १३ । साहित्यकार श्रीराम राईको ‘सञ्चो छौ की बिसञ्चो’ बोलको गीत युटुबमा सार्वजनिक भएको छ । सार्बजनिक भएको १८ दिनसम्म गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । नयाँ युटुव च्यानल भएका कारण सोँचे जस्तो भ्यिुज भने नपाएको गीतका लेखक राईले बताउनुभयो । राईको यो दोस्रो गीत हो । २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका राईले पुनः मनमा बी राईको स्वरमा ‘सञ्चो छ कि बिसञ्चो’ बोलको दोस्रो गीत बजारमा ल्याएका हुन् । गीतमा ओमप्रकाश राईले संगीत भरेका छन् । ६ मिनेटको गीतको अडियो ओसन म्यूजिक नेपालको यूटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा स्वर दिएकी मनमा बी खोटाङकै उदीयमान गायिका हुन् । १० बर्से शिक्षण पेसा छाडेर २०७२ सालमा काठमाडौं छिरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७,दोर्पा,चिउरीडाँडाका राई साहित्य लेखन र पत्रकारितामा क्रियाशील छन् ।...
जसपा खोटाङको जिल्ला समिति फेरियो, निर्वाचनकालागि उम्मेद्वारको नाम सिफारिस

जसपा खोटाङको जिल्ला समिति फेरियो, निर्वाचनकालागि उम्मेद्वारको नाम सिफारिस

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ । जनता समाजवादी पार्टी (जसपा) खोटाङको अध्यक्षमा पुर्णराज राई (पि.के खम्बु) चयन हुनुभएको छ । तत्कालिन अध्यक्ष टंक थापा लगायतको समुहले पार्टी छाडेपछि उपाध्यक्ष राईलाई अध्यक्ष बनाएर नयाँ जिल्ला समन्वय समिति गठन गरिएको हो । तत्कालिन अध्यक्ष थापाले पार्टी परित्याग गरेपछि खम्बुको अध्यक्षतामा बसेको बैठकले पार्टीको यथार्थ अवस्था माथिल्लो कमिटीमा लेखी पठाएको र माथिल्लो समिति प्रदेश नम्बर १ समितिले उपाध्यक्षलाई नै अध्यक्षको जिम्मेवारी दिएको पत्रचार गरेपछि अध्यक्षको जिम्मेवारी खम्बुले पाउनुभएको हो । यस्तै, उपाध्यक्षमा नैनबहादुर कटवाल, निर्मल राई र मैया राई, सचिवमा सुनिल चाम्लिङ, उपसचिवमा टिकाराम राई, बिरेन्द्र दर्नाल, आशिस राई र कोषाध्यक्षमा नैनकला राई रहनेगरी ८७ सदस्सीय जिल्ला समन्वय समिति जसपाको जिल्ला बैठकले गठन गरेको छ । यता मुख्य सचिवबाट लेखि पठाएको पार्टीको कुनै पनि समितिमा नरहने गरी १७...
खोटाङ : एसबाट संघमा राजन राई, प्रदेशसभा ‘क’ मा ७ र ‘ख’ मा ८ जनाको नाम सिफारिस

खोटाङ : एसबाट संघमा राजन राई, प्रदेशसभा ‘क’ मा ७ र ‘ख’ मा ८ जनाको नाम सिफारिस

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, भदौ १२ । नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनकालागि खोटाङबाट उम्मेदरका आकांक्षीहरुको नाम पठाएको छ । प्रतिनिधि सभाकालागि पार्टीका पोलिटव्युरो सदस्य राजन राईको नाम सिफारिस भएको छ । हाल प्रदेश नम्बर एकका सामाजिक विकास मन्त्रीसमेत रहनुभएका राईलाई एसले जिल्लाबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको हो । यस्तै प्रतिनिधिसभा समानुपातिकमा जलसेर राई र संगीता राईको नाम सिफारिस भएको पार्टीले जनाएको छ । जिल्लाको प्रदेशसभा ‘क’ मा प्रत्यक्षतर्फ ७ जनाको नाम सिफारिस भएको छ । बीरबलकाजी राई, उदयबहादुर कार्की, राजन आचार्य, भीम राई (बुईपा), भीम राई (बाम्राङ), विष्णु दाहाल र तेजबहादुर राईको नाम प्रत्यक्षतर्फको उम्मेद्वारकालागि पाठाइएको छ भने समानुपातिकमा रमिला गुरुङको नाम सिफारिस भएको छ । प्रदेशसभा ‘ख’ मा प्रत्यक्षतर्फ ८ ज...
आज भारी वर्षाको सम्भावना

आज भारी वर्षाको सम्भावना

Banner News 1, ताजा अपडेट, समाचार, समाज
भदौ १२ । आइतबार बिहानैदेखि देशभर वर्षा भइरहेको छ । आज दिनभर देशैभरिको मौसममा सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका  धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ।  बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आइतबार राती पनि गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना  छ । यी प्रदेशमा सोमबार समेत भारी वर्षा हुने महाशाखाले जनाएको छ ।  भारी वर्षाले पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी ...